Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #छठ
  • #‘जेरी अन टप’
Search Here
माैसम
  • Home
  • माैसम
  • अझै चिसो बढ्ने,सावधानी अपनाउन आग्रह
अझै चिसो बढ्ने,सावधानी अपनाउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १८, २०७९
mausam chiso
Hardik health
काठमाडाैं - देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक/दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ। जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाडाैं उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ । बिहान र बेलुका चिसो अझै बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, सुत्केरी लगायतलाई समस्या भएको छ । चिसोकै कारण कतिपय विद्यालय बन्द भएका छन् । चिसो बढ्ने क्रम अझै एक, दुई दिनसम्म रहने जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन्  । अहिले हावाको गति उत्तरबाट पश्चिम हुँदै दक्षिणतर्फ रहेकोले हिमालको हावाका कारण र समुद्रको तापक्रम घटेकोले चिसो बढेको उजले बताए । अहिले समुद्रको तापक्रम बितेको ५० वर्षको तुलनामा कम रहेकोले त्यसको असर नेपालमा पनि देखिएको उनले बताए  । डा. उप्रेतीले चिसो बढेकाले बिहानको समयमा सकेसम्म बाहिर हिँडडुल नगर्ने, न्यानो लुगा लगाउने, बिहान बाहिर हिँड्नै परे मास्क लगाउने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने लगायतका काम गर्न अनुरोध गरेका छन् । यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भेगका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । साथै प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप माैसम
मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो,बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना
मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो,बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना शुक्रबार, कात्तिक ७, २०८२
देशभर मौसम सफा रहने
देशभर मौसम सफा रहने शुक्रबार, असोज ३१, २०८२
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा सोमबार, असोज २७, २०८२
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग आइतबार, असोज २६, २०८२
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै बिहीबार, असोज २३, २०८२
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै बुधबार, असोज २२, २०८२
 मनसुनी वायुको प्रभाव कमजोर हुँदै
 मनसुनी वायुको प्रभाव कमजोर हुँदै मंगलबार, असोज २१, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP