Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीको म्याराथन
प्रधानमन्त्रीको म्याराथन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ११, २०७९
काठमाडाैं - प्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहानै आपसी भाइचारा, सौहाद्र्रता र राष्ट्रिय एकताको अभिवृद्धि होस् भनेर शुभकामना दिए । केहीबेरमै दाहालसँग गठबन्धनको एकता थप सुदृढ बनाउन भन्दै दूतको रूपमा नेता विमलेन्द्र निधिलाई खुमलटार पठाए । उनले आलोपालो गर्दा प्रधानमन्त्री पहिलो कार्यकालका लागि कांग्रेसलाई छाड्न दाहालसँग आग्रह गरे । दाहालले निधिको प्रस्तावलाई सीधै अस्वीकार गरे । लगत्तै पदाधिकारीका केही नेताहरूलाई बोलाएर दाहालले खुमलटारमै भने, ‘गठबन्धन संकटतिर गयो ।’ तर, पनि गठबन्धन टिकाउने र देउवा नै प्रधानमन्त्री बन्नेगरी जोडबल भइरह्यो । त्यसकै परिणाम मध्याह्न देउवा–दाहाल एक्लाएक्लै भेटवार्ता बालुवाटारमा भयो । भेटवार्ता चल्दै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रवेश भयो, जहाँ देउवा प्रधानमन्त्री नभई राष्ट्रपति पनि कांग्रेसले राख्ने बटमलाइनसहित प्रस्तुत भएको दाहालको सचिवालयका एक सदस्यले भने । उनका अनुसार त्यही भेटवार्ता गठबन्धन भंग हुने आधार बन्यो । देउवाले अडान नछाडेपछि गठबन्धन टुट्ने अवस्था सिर्जना भएको हो । त्यसपछि दाहाल बालुवाटारको बैठक छाडेर एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगे । उनीभन्दा अघि भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङसहितका नयाँ सत्ता समीकरण बनाउनेबारे ओलीसँग छलफल गरिसकेका थिए । माओवादी उपमहासचिव वर्षमान पुन पुग्दा भने ओलीले ‘चिज धेरै विकास भइसकेको’ बताएका थिए । नेताहरूले सत्ता समीकरणको वातावरण बनाएलगत्तै दाहाल बालकोट पुगेका हुन् । भन्नचाहिँ त्यसबेलासम्म सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउन आवश्यक रहेको र सहमति अन्तिम घडीमा हुने भनेका थिए । तर, त्यसबेलासम्म गठबन्धन नजोगिनेगरी राजनीतिक माहोल बनिसकेको थियो । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने निराशाका कुरा गरिसकेका थिए । दाहाल ओलीसँग सत्ता समीकरण टुंगो लगाउन बालकोट पुगेपछि पौडेलले ‘हाम्रो (कांग्रेसको) हातबाट सबैथोक जान्छ कि जस्तो छ’ भनेका थिए । ओलीसँग भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले छलफल गरिसकेका थिए । उनीहरू दाहालको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइसकेका थिए । ‘अहिले एजेण्डामा आधारित सरकार गठनको सहमति गरेका हौं,’ बालकोट बैठकबाट बाहिरिएपछि एमाले महासचिव शंकर पोखरेलले भने । त्यहीबेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने सचिवालय बैठक राखेर कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको ‘ब्रिफिङ’ गरिरहेका थिए । नभन्दै केही छिनमै सत्ता सहकार्यको निर्णायक कदम सफल भएको सन्देशसहित ओलीनिवासको बार्दलीमा ओली र दाहाल एक साथ उभिए । यसपछि ओली–दाहालसहितका नेताहरू प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतलनिवास गए । राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय ग¥यो । ‘हाम्रो पदाधिकारी बैठकले सरकारलाई तत्काल समर्थन गर्ने मात्रै निर्णय गरेको छ,’ प्रवक्ता सगुनसुन्दर लावतीले प्रभावसँग भने । रास्वपाले भने सरकारमा सहभागी हुने निर्णय गरेको छ । यसरी दाहाल तेस्रो कार्यकालका लागि आवश्यकभन्दा अधिक बहुमतसहित प्रधानमन्त्री नियुक्त भएका हुन् । आज शपथ ग्रहणपछि उनले मन्त्रिपरिषद् गठन गर्ने छन् । देउवाको ‘दम्भ’ले कांग्रेस शून्यतामा प्रधानमन्त्री पहिलो चरणमै हुने र राष्ट्रपति पनि नछाड्ने कांग्रेस सभापति शेरबहादुर देउवाको बटमलाइनका कारण विकसित राजनीतिक घटनाक्रमले कांग्रेसलाई शून्यतामा पु¥याएको छ । संसद्को दोस्रो दल एमाले नेतृत्वको नयाँ गठबन्धनले संघसँगै सातवटै प्रदेशमा बहुमतको सरकार गठन गर्ने देखिएको छ । संघमा स्वतन्त्र चारसहित एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका गरी १७० सांसद छन् । नयाँ गठबन्धनबाहिर संसद्मा कांग्रेसका ८९, एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, राष्ट्रिय जनमोर्चाका र नेपाल मजदुर किसान पार्टीका समान एक–एक जना गरी १०५ जना सांसद छन् । यो संख्या सरकार गठनका लागि आवश्यक संख्याभन्दा ३३ कम हो । गठबन्धन टुटेसँगै कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षलगायत सबै महŒवपूर्ण पद गुमाएको छ । साथै, सातवटा प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख पनि गुमाउन पुगेको छ । सबै प्रदेशमा गठबन्धनकै सरकार बन्ने अवस्था भएकोले कांग्रेसले कुनै पनि पद नपाउने स्थिति बनेको हो । सबै पद आफैंले राख्ने देउवाको ‘दम्भ’ले कांग्रेसलाई क्षति पुगेको कांग्रेसका एक नेताले बताए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट आइतबार, जेठ ४, २०८२
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ आइतबार, जेठ ४, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP