Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीको म्याराथन
प्रधानमन्त्रीको म्याराथन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ११, २०७९
Hardik health
काठमाडाैं - प्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहानै आपसी भाइचारा, सौहाद्र्रता र राष्ट्रिय एकताको अभिवृद्धि होस् भनेर शुभकामना दिए । केहीबेरमै दाहालसँग गठबन्धनको एकता थप सुदृढ बनाउन भन्दै दूतको रूपमा नेता विमलेन्द्र निधिलाई खुमलटार पठाए । उनले आलोपालो गर्दा प्रधानमन्त्री पहिलो कार्यकालका लागि कांग्रेसलाई छाड्न दाहालसँग आग्रह गरे । दाहालले निधिको प्रस्तावलाई सीधै अस्वीकार गरे । लगत्तै पदाधिकारीका केही नेताहरूलाई बोलाएर दाहालले खुमलटारमै भने, ‘गठबन्धन संकटतिर गयो ।’ तर, पनि गठबन्धन टिकाउने र देउवा नै प्रधानमन्त्री बन्नेगरी जोडबल भइरह्यो । त्यसकै परिणाम मध्याह्न देउवा–दाहाल एक्लाएक्लै भेटवार्ता बालुवाटारमा भयो । भेटवार्ता चल्दै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रवेश भयो, जहाँ देउवा प्रधानमन्त्री नभई राष्ट्रपति पनि कांग्रेसले राख्ने बटमलाइनसहित प्रस्तुत भएको दाहालको सचिवालयका एक सदस्यले भने । उनका अनुसार त्यही भेटवार्ता गठबन्धन भंग हुने आधार बन्यो । देउवाले अडान नछाडेपछि गठबन्धन टुट्ने अवस्था सिर्जना भएको हो । त्यसपछि दाहाल बालुवाटारको बैठक छाडेर एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगे । उनीभन्दा अघि भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङसहितका नयाँ सत्ता समीकरण बनाउनेबारे ओलीसँग छलफल गरिसकेका थिए । माओवादी उपमहासचिव वर्षमान पुन पुग्दा भने ओलीले ‘चिज धेरै विकास भइसकेको’ बताएका थिए । नेताहरूले सत्ता समीकरणको वातावरण बनाएलगत्तै दाहाल बालकोट पुगेका हुन् । भन्नचाहिँ त्यसबेलासम्म सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउन आवश्यक रहेको र सहमति अन्तिम घडीमा हुने भनेका थिए । तर, त्यसबेलासम्म गठबन्धन नजोगिनेगरी राजनीतिक माहोल बनिसकेको थियो । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने निराशाका कुरा गरिसकेका थिए । दाहाल ओलीसँग सत्ता समीकरण टुंगो लगाउन बालकोट पुगेपछि पौडेलले ‘हाम्रो (कांग्रेसको) हातबाट सबैथोक जान्छ कि जस्तो छ’ भनेका थिए । ओलीसँग भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले छलफल गरिसकेका थिए । उनीहरू दाहालको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइसकेका थिए । ‘अहिले एजेण्डामा आधारित सरकार गठनको सहमति गरेका हौं,’ बालकोट बैठकबाट बाहिरिएपछि एमाले महासचिव शंकर पोखरेलले भने । त्यहीबेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने सचिवालय बैठक राखेर कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको ‘ब्रिफिङ’ गरिरहेका थिए । नभन्दै केही छिनमै सत्ता सहकार्यको निर्णायक कदम सफल भएको सन्देशसहित ओलीनिवासको बार्दलीमा ओली र दाहाल एक साथ उभिए । यसपछि ओली–दाहालसहितका नेताहरू प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतलनिवास गए । राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय ग¥यो । ‘हाम्रो पदाधिकारी बैठकले सरकारलाई तत्काल समर्थन गर्ने मात्रै निर्णय गरेको छ,’ प्रवक्ता सगुनसुन्दर लावतीले प्रभावसँग भने । रास्वपाले भने सरकारमा सहभागी हुने निर्णय गरेको छ । यसरी दाहाल तेस्रो कार्यकालका लागि आवश्यकभन्दा अधिक बहुमतसहित प्रधानमन्त्री नियुक्त भएका हुन् । आज शपथ ग्रहणपछि उनले मन्त्रिपरिषद् गठन गर्ने छन् । देउवाको ‘दम्भ’ले कांग्रेस शून्यतामा प्रधानमन्त्री पहिलो चरणमै हुने र राष्ट्रपति पनि नछाड्ने कांग्रेस सभापति शेरबहादुर देउवाको बटमलाइनका कारण विकसित राजनीतिक घटनाक्रमले कांग्रेसलाई शून्यतामा पु¥याएको छ । संसद्को दोस्रो दल एमाले नेतृत्वको नयाँ गठबन्धनले संघसँगै सातवटै प्रदेशमा बहुमतको सरकार गठन गर्ने देखिएको छ । संघमा स्वतन्त्र चारसहित एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका गरी १७० सांसद छन् । नयाँ गठबन्धनबाहिर संसद्मा कांग्रेसका ८९, एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, राष्ट्रिय जनमोर्चाका र नेपाल मजदुर किसान पार्टीका समान एक–एक जना गरी १०५ जना सांसद छन् । यो संख्या सरकार गठनका लागि आवश्यक संख्याभन्दा ३३ कम हो । गठबन्धन टुटेसँगै कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षलगायत सबै महŒवपूर्ण पद गुमाएको छ । साथै, सातवटा प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख पनि गुमाउन पुगेको छ । सबै प्रदेशमा गठबन्धनकै सरकार बन्ने अवस्था भएकोले कांग्रेसले कुनै पनि पद नपाउने स्थिति बनेको हो । सबै पद आफैंले राख्ने देउवाको ‘दम्भ’ले कांग्रेसलाई क्षति पुगेको कांग्रेसका एक नेताले बताए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
२७३ वटा मोबाइल चोरी भएको उजुरी
२७३ वटा मोबाइल चोरी भएको उजुरी मंगलबार, चैत ३, २०८२
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो मंगलबार, चैत ३, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
हत्याको अभियोगमा पक्राउ
हत्याको अभियोगमा पक्राउ मंगलबार, चैत ३, २०८२
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह मंगलबार, चैत ३, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने 
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने  मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP