Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
समाचार
  • Home
  • समाचार
  • लमजुङमा धान उत्पादनमा कमी
लमजुङमा धान उत्पादनमा कमी
सम्झना राई
सम्झना राई आइतबार, पुस १०, २०७९
Hardik health
काठमाडौं-गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो ।   गत वर्ष १४ हजार २६० हेक्टर जमिनमा धान खेती गरिएकामा यसवर्ष १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४० हजार ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार यसवर्ष जिल्लामा दुई हजार एक सय ३५ हेक्टर जमिनमा धान खेती कम भएको र गत वर्षको तुलनामा चार हजार सात सय २६ मेट्रिक टन धान कमी भएको छ । यसवर्ष जिल्लामा खेतीयोग्य जमिनमध्ये ९७ प्रतिशतमा धान खेती गरिएको थियो भने करिब तीन प्रतिशत जमिन बाँझो रहेको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका धानको बीउको अभावका साथै क्षेत्रफल पनि कम हुँदा उत्पादनसमेत कमी हुन थालेको छ । गतवर्ष १४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार सात सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । सुन्दरबजार नगरपालिका–४ का लक्ष्मण लामिछानेले गतवर्ष करिब ३० रोपनी क्षेत्रफलमा धानखेती गर्नुभएकामा यसवर्ष २० रोपनी क्षेत्रफलमा गरिएको धान खेतीबाट करिब ७० मुरी धान उत्पादन भएको उनको भनाइ थियो । गत वर्षमा ३० रोपनीमा धानखेती गर्दा ८० देखि १०० मुरिसम्म धान उत्पादन गर्दै आए पनि गोरु, कामदार अभावलगायत कारण कम क्षेत्रफलमा धानखेती गर्नु परेको उनले बताए । त्यस्तै वडाध्यक्षसमेत रहेका सोही स्थानका कृष्णप्रसाद अधिकारीले विगतमा ३० रोपनीमा जमिनमा धानखेती गर्दै आए पनि यसवर्ष गत १० रोपनी जमिनमा मात्र धानखेती गरे । प्रतिरोपनी एकमुरी धान उत्पादन भएको उनको भनाइ थियो । जिल्लामा धानखेतीमा कमी हुनाकमा साथै उत्पादन पनि घट्दै गइरहँदा बजारको चामल खरिद गरेर खानुपर्ने जिल्लावासीको बाध्यता कायम छ । त्यस्तै आर्थिक वर्ष २०७६र२०७७ मा १४ हजार दुई सय ८० हेक्टर क्षेक्रफल जमिनमा लगाइएको धान खेतीबाट ४४ हजार चार सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै २०७५र७६ मा १४ हजार दुई सय ३० हेक्टर जमिनमा ४४ हजार एक सय ५५ मेट्रिकटन र २०७४र२०७५ मा १४ हजार सात सय ९१ हेक्टर जमिनमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी आर्थिक वर्ष २०७३र२०७४ मा १४ हजार चार सय ९६ हेक्टर जमिनमा ४३ हजार आठ सय ३० मेट्रिकटन, २०७२र२०७३ मा १५ हजार आठ सय हेक्टर जमिनमा ४० हजार पाँच सय ७८ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैँचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा धान उत्पादन राम्रो भएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भने, “जिल्लामा सवित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो र सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।’’ किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको उनको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्तरी गोरखामा स्याउ टिप्न सुरु
उत्तरी गोरखामा स्याउ टिप्न सुरु बिहीबार, भदौ २६, २०८२
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो बिहीबार, भदौ २६, २०८२
प्रकोप पीडित किसानलाई राहत उपलब्ध
प्रकोप पीडित किसानलाई राहत उपलब्ध सोमबार, भदौ २३, २०८२
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री आइतबार, भदौ २२, २०८२
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु आइतबार, भदौ २२, २०८२
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ शुक्रबार, भदौ २०, २०८२
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
बागलुङका किसानले गराए ७०५ पशुको बिमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP