Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
कृषि
  • Home
  • कृषि
  • दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालनमा रमाउँर्दै स्याङ्तान दम्पती
दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालनमा रमाउँर्दै स्याङ्तान दम्पती
सम्झना राई
सम्झना राई मंगलबार, मंसिर २०, २०७९
Hardik health
काठमाडौँ– गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो। मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो। यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले। दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो रहेन। अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बङ्गुर मार्‍यो। माउ बङ्गुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे। यसले स्याङ्तान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो। “जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बङ्गुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो”, सुनिलले भने, “अफ्रिकन स्वाइन फ्लु सङ्क्रमणको जोखिम अझै पनि छ।” बङ्गुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्याङ्तान दम्पतीले भने हरेस खाएनन्। मलेसियामा ६ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनिल २०७१ सालमा नेपाल फर्किए। त्यो बेलामा दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो। उनले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाले। काभ्रेपलाञ्चोक खानिखोला(६ का स्याङ्तानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गरे र अर्को ६ महिनामा इपिएसमार्फत् दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट भए। उनलाई दक्षिण कोरियामा बङ्गुर फार्ममा काम मिल्यो। पैसा राम्रो भए पनि दुःख असाध्यै थियो। स्याङ्तानले त्यसलाई दुःखका रुपमा नलिई सिक्ने अवसरका रुपमा लिए। कोरियामा काम गर्दा बङ्गुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पठाउनेसम्मको कामको जिम्मेवारी उनकै काँधमा आइपर्‍यो। त्यसो त कोरिया जानुअघि सुनिल र अनिता लामाको विहे भएको थिएन। कोरिया जाँदा पहिलो वर्ष सुनिल बङ्गुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गरे। त्यसको दुई वर्षपछि २०७४ मा नेपाल फर्किएर विवाह गरे। “विहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बङ्गुर फार्ममा काम गर्न थाल्यौँ”, उनले भने, “दुवै जनासँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बङ्गुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ।” कोरियामा श्रमिकका रुपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम उनीहरु नेपाल फर्कने समय आयो। उनीहरुले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बङ्गुरपालन गर्ने निर्णय लिए। “हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बङ्गुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ”, उनले भने, “दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो।” उनीहरु २०७६ फागुनमा नेपाल फर्के तर चैतदेखि नै कोरोना महामारीले छोयो, राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बङ्गुरपालनको योजना केही समय पर धकेलियो। कोरोना महामारीको जोखिम केही कम भएपछि २०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो। फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा २०७८ जेठदेखि मात्रै बङ्गुरपालन व्यवसाय सुरु भयो। स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गरेला छन्। यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको रु डेढ करोड लगानी भएको छ। फार्म निर्माणमा मात्रै रु ७५ लाख खर्च भएको छ । “सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्‍यो”, उनले भने, “फार्मबाट वार्षिक नौ सयभन्दा बढी बङ्गुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ।” स्याङ्तानले बङ्गुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बङ्गुरको बच्चा ल्याए। केही समयपछि त्यो सङ्ख्यालाई ५० पु¥याए। ल्याण्डरस जातिको बङ्गुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उनको भनाइ छ। फार्ममा बङ्गुरलाई कृत्रिम गर्भाधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ। फार्ममै बङ्गुरलाई कृत्रिम गर्भाधारण गराइन्छ। माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ। बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ। बङ्गुरको बच्चालाई विभिन्न चरणमा गरी छ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ। यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बङ्गुरदेखि वयस्क बङ्गुर मात्र होइन, बङ्गुरको बिर्य पनि बिक्री हुन्छ। बङ्गुर पालनमा धेरै माउका लागि धेरै भाले बङ्गुर पाल्न सम्भव हुँदैन। एउटै भालेको बिर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उनको भनाइ छ। “सामान्यतयाः एउटा भाले बङ्गुरबाट निकालेको बढीमा एक सय एमएल बिर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ,” उनले भने, “यसो गर्दा एउटा भालेको बिर्यले १८ वटासम्म पोथी बङ्गुरलाई पुग्छ भने २० घण्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ।” यस्तो बिर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ। यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उनको भनाइ छ। पछिल्लो समय स्याङ्तानले काभ्रेका अन्य बङ्गुर फार्ममा पनि कृतिम गर्भधारणका लागि सेवा दिँदै आएका छन्। कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बङ्गुर पाल्नुपर्ने झन्झट पनि हटेको छ। फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ। बङ्गुरहरुले गर्ने दिसापिसाबलाई सिधै ‘सेप्टिक ट्याङ्की’मा जाने व्यवस्था मिलाइएको छ। फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ। फार्म पूर्णरुपमा सञ्चालन आएपछि मासिक एक सय वटा बङ्गुरका बच्चा जन्मनेछन् भने प्रत्येक छ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन्। उनले औसतमा वार्षिक नौ सयभन्दा बढी बङ्गुर बिक्री गर्ने योजना बनाएका छन्। हाल फार्ममा ३० वटा माउ र २० वटा अहिले साना बङ्गुर छन्। यी बङ्गुरका लागि उनको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ। बङ्गुरपालनमा सामान्यतयाः ४० प्रतिशत खुद नाफा हुनसक्ने उहाँको भनाइ छ । उहाँले बजारीकरणका लागि काठमाडौँमा डिलरमार्फत् बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाउनुभएको छ । हाल उहाँसँग दुई वटा मासु पसल पनि छ । स्याङ्तानले हालै व्यवसाय विस्तारका लागि नबिल बैंकबाट सहुलियत ब्याजदरमा रु २९ लाख कर्जाका लागि आवेदन दिएका छन्। उनका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उनले रु दुई करोड आम्दानी गरिसक्थे र अहिले कर्जा लिनुपर्ने अवस्था नआउने बताए। अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन। यद्यपि स्याङ्तान दम्पती भने आगामी दिनमा बङ्गुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिन्छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
उत्तरी गोरखामा स्याउ टिप्न सुरु
उत्तरी गोरखामा स्याउ टिप्न सुरु बिहीबार, भदौ २६, २०८२
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो बिहीबार, भदौ २६, २०८२
प्रकोप पीडित किसानलाई राहत उपलब्ध
प्रकोप पीडित किसानलाई राहत उपलब्ध सोमबार, भदौ २३, २०८२
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री आइतबार, भदौ २२, २०८२
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु आइतबार, भदौ २२, २०८२
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ शुक्रबार, भदौ २०, २०८२
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
बागलुङका किसानले गराए ७०५ पशुको बिमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP