Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपा र अमेरिकन फ्रिडम पार्टीको सम्बन्ध के ?
रास्वपा र अमेरिकन फ्रिडम पार्टीको सम्बन्ध के ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ९, २०७९
Hardik health
काठमाडाैं - मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनु करिब चार महिना अगाडि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिखेर चर्चामा रहेको छ । पुराना राजनीतिक दलहरुलाई पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ काठमाडौंमा चार, चितवनमा दुई र ललितपुरमा एक क्षेत्रमा जित हासिल गरिसकेको छ । अहिलेसम्मको मत परिणामलाई हेर्ने हो भने थप एक स्थानमा रास्वपाले अग्रता लिइरहेको देखिन्छ । देशभरि रास्वपाको चर्चा बहस चलिरहँदा कसैले ध्यान पुर्‍याउन नसकेको एउटा महत्वपूर्ण पाटो भने स्वतन्त्र पार्टीको निर्वाचन चिह्न घण्टी, पार्टीको झण्डाको रङ र संकेत चिह्न तारालाई हेर्ने हो भने कतै यो पार्टी अमेरिकन फ्रिडम पार्टीको नेपालस्थित शाखा कार्यालय त होइन भन्ने आशंका पैदा गराएको छ ।
झट्ट हेर्दा पार्टीको नामदेखि रुपरेखा सबै उस्तैमात्र होइन विचार पनि उस्तैउस्तै देखिएको छ । रास्वपा स्थापना भइरहँदा धेरैले आरोप पनि लगाउँदै आइरहेका थिए, कतै युरोपियन युनियनको सहयोगमा सञ्चालित पार्टी त होइन ? किनकि, उक्त पार्टीको झण्डा र युरोपियन युनियनको झण्डा उस्तै देखिन्थ्यो । तर, अध्ययन गर्दै जाँदा रविले नेतृत्व गरिरहेको रास्वपा र अमेरिकन फ्रिडम पार्टीका अधिकांश कुरा एउटै देखिएको छ । यसले रास्वपा कतै अमेरिका वा अमेरिकन फ्रिडम पार्टीको लगानीमा सञ्चालित त छैन ? भन्ने आशंका पैदा गराएको छ ।
हुन त रास्वपाका अध्यक्ष रवि लामिछाने लामो समय अमेरिका बसेका व्यक्ति मात्र नभएर नेपाली नागरिकता त्यागेका व्यक्ति पनि हुन् । उनी नेपालमा आएर सञ्चारकर्मी बनिरहँदा अर्का पत्रकार किशोर श्रेष्ठसँगको आन्तरिक लडाइँका कारण लामिछानेले अमेरिकाको ग्रिन कार्ड त्यागेको घोषणा गरेका थिए । तर, उनले नेपालको नागरिक बन्नका लागि र नागरिकता प्राप्तिका लागि कुनै पनि प्रयास भने गरेका थिएनन् । अहिले उनको पुरानो नागरिकतालाई मान्ने कि नमान्ने भन्ने बहस पनि हुन थालेको छ ।यद्यपि, निर्वाचन आयोगले पुरानै नागरिकताका आधारमा उम्मेदवार स्वीकृत गरिसकेपछि त्यसलाई चर्चामा ल्याउनु पुराना पार्टीहरुको हारको असन्तुष्टि पोख्ने एउटा बाटोमात्र हो भन्दा फरक नपर्ला । तर, यहाँ उठेको महत्वपूर्ण कुरा के हो भने रवि लामिछानेको पार्टी र अमेरिकन फ्रिडम पार्टीको सम्बन्ध के हो ? भन्ने प्रश्न उठ्न थालेको छ । अमेरिकन फ्रिडम पार्टीले पनि आफ्नो चिह्न घण्टी र निलो आधारमा सेतो तारा अंकित गरी स्वतन्त्रता, सार्वभौमसत्ता र पहिचानको विषयलाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको पनि करिब करिब उस्तै छ (अमेरिकन फ्रिडम पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लोगो हेर्नुस्) । यसले के संकेत गरिरहेको छ भने रविले नेतृत्व गरिरहेको रास्वपा र अमेरिकन फ्रिडम पार्टीबीच कुनै न कुनै सम्बन्ध छ । हुन पनि झट्ट हेर्दा पार्टीको नामदेखि रुपरेखा सबै उस्तैमात्र होइन विचार पनि उस्तैउस्तै देखिएको छ । रास्वपा स्थापना भइरहँदा धेरैले आरोप पनि लगाउँदै आइरहेका थिए, कतै युरोपियन युनियनको सहयोगमा सञ्चालित पार्टी त होइन ? किनकि, उक्त पार्टीको झण्डा र युरोपियन युनियनको झण्डा उस्तै देखिन्थ्यो । तर, अध्ययन गर्दै जाँदा रविले नेतृत्व गरिरहेको रास्वपा र अमेरिकन फ्रिडम पार्टीका अधिकांश कुरा एउटै देखिएको छ ।यसले रास्वपा कतै अमेरिका वा अमेरिकन फ्रिडम पार्टीको लगानीमा सञ्चालित त छैन ? भन्ने आशंका पैदा गराएको छ । तर, धेरै यस विषयमा अध्ययन नगरेका कारण पनि यस विषयमा चर्चा हुन नसकेको हो । रवि लामिछानेको यो पार्टीसँग निकट सम्बन्ध नेपाली कांग्रेसका महामन्त्री एवं क्षेत्र नं. ४ बाट निर्वाचित गगन थापा, झापाबाट निर्वाचित विश्वप्रकाश शर्मा भण्डारीलाई नेपालस्थित अमेरिकन दूतावासले गराएको आरोप पनि लागेको छ । सोही कारण क्षेत्र नं. ४ मा रास्वपाका तर्फबाट उम्मेदवारी नै फिर्ता लिन लगाइएकोसमेत स्रोतको दाबी छ । अमेरिकन फ्रिडम पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको हरेक कुरा मिल्नु कुनै संयोगमात्र हो वा लामो समय अमेरिका बसेर आएका रवि उता बस्दा सोही पार्टी निकट व्यक्तिहरुसँग नजिक थिए र नेपालमा उस्तै नाम, पार्टीका झण्डा, चुनाव चिह्न लिएर राष्ट्रिय राजनीतिमा आए भन्ने कुरा सायद निर्वाचनपछि लामिछानेले प्रस्ट पार्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा बुधबार, चैत ४, २०८२
लागुऔषधसहित सात जना पक्राउ
लागुऔषधसहित सात जना पक्राउ बुधबार, चैत ४, २०८२
नयाँ प्रधानमन्त्री बन्दै बालेन
नयाँ प्रधानमन्त्री बन्दै बालेन बुधबार, चैत ४, २०८२
डढेलो नियन्त्रण गर्न स्वयंसेवक
डढेलो नियन्त्रण गर्न स्वयंसेवक बुधबार, चैत ४, २०८२
आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर बुधबार, चैत ४, २०८२
कफीको सुगन्धमा बुनिएका युवाका सपना
कफीको सुगन्धमा बुनिएका युवाका सपना बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP