Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नवलपरासी २ : तीन दशकपछि कांग्रेस
नवलपरासी २ : तीन दशकपछि कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ९, २०७९
नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशकपछि विजयी भएकाे छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बन्नुभएका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएर  विजयी भएकाे छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गरेका थिए  । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाए । नवलपुरको निर्वाचन क्षेत्र नं २ बाट विसं २०४८ को निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित भएका थिए  । त्यसैगरी २०५१ को मध्यावधि निर्वाचनमा एमालेका चन्द्रमणि खराल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । विसं २०५६ मा भएको आमनिर्वाचनमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित भए । पहिलो संविधानसभा सदस्यको निर्वाचन २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए । त्यसैगरी दोस्रो संविधानसभा सदस्यको निर्वाचन २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आमनिर्वाचन २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री यहाँबाट निर्वाचित भए । उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कार्कीसँग दुई हजारभन्दा बढी मतान्तरले पराजित हुनुभयो । एमालेको तीन दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी बताए । “यहाँ एमालेको राम्रो प्रभाव रहेको छ, प्रदेशको दुवै क्षेत्र एमालेले जितेको अवस्थामा सङ्घ हामीले जित्नु ठूलो उपलब्धि हो”, जिसीले भने, “यो जितलाई आगामी दिनमा कायम राख्नका लागि हामीलाई अझ बढी चुनौती थपिएको छ ।” यहाँको दुवै प्रदेशसभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जित निकालेका थिए । प्रदेशमा जितेको पार्टी सङ्घमा हार्दा साङ्गठनिकरूपमा एमालेलाई धक्का लागेको पार्टीका जिल्ला अध्यक्ष रोशबहादुर गाहा मगरले बताए । नवलपुर–२ मा अघिल्लो निर्वाचन २०७४ मा कार्की एक हजार तीन सय तीन मतले क्षेत्रीसँग पराजित भएको थिए । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी सोमबार, जेठ ५, २०८२
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी सोमबार, जेठ ५, २०८२
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक सोमबार, जेठ ५, २०८२
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ सोमबार, जेठ ५, २०८२
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन सोमबार, जेठ ५, २०८२
‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’
‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’ सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट सोमबार, जेठ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP