Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित
प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ८, २०७९
प्यूठान- एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ । निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ । उहाँका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिए  । नेकपा (एमाले) पोलिटब्यूरो सदयसमेत रहनुभएका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरे । यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ मा एमालेकै तुल्सीराम शर्मा विजयी भएका हुन् ।  उनले २० हजार दुई सय १० मत ल्याई विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार अधिकारीले १७ हजार छ सय २७ मत ल्याएका छन् । अधिकारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । उनी एमालेका उम्मेदवार शर्मासँग दुई हजार पाँच सय ८३ मतान्तरले पराजित भएका  हुन्  । यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भएका छन् । उनले २२ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी भएका  हुन्  । उनका प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार आठ सय सात मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका राणाले प्रतिद्वन्द्वी उम्मेदवार एमालेका रिजाललाई एक हजार सात सय ११ मतान्तरले पराजित गरे । एक लाख ५९ हजार सात सय ६० कूल मतदाता रहेको प्यूठानमा जम्मा ८८ हजार ४७ अर्थात् ५५ दशवलव ११ प्रतिशत मत खसेको थियो । एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेशसभा १ मा ४० हजार नौ सय आठ मत खसेको हो । प्रदेशसभा २ मा भने ४७ हजार एक सय ३९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी सोमबार, जेठ ५, २०८२
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी सोमबार, जेठ ५, २०८२
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक सोमबार, जेठ ५, २०८२
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ सोमबार, जेठ ५, २०८२
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन सोमबार, जेठ ५, २०८२
‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’
‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’ सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट सोमबार, जेठ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP