Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन महाउत्सव : १५ वर्षपछि कम मतदान
निर्वाचन महाउत्सव : १५ वर्षपछि कम मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ५, २०७९
Hardik health
काठमाडौं - मुलुक संघीय प्रणालीमा गएपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आइतबार सम्पन्न भएको छ । यो चुनावबाट प्रतिनिधिसभामा १६५ जना र प्रदेशसभामा ३३० जना प्रत्यक्षतर्फ चुनिने छन् । समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० जना र प्रदेशसभामा २२० जना सांसद चुनिने निर्वाचन आयोगले जनाएको छ । दुवै तहको दुवै निर्वाचन प्रणालीबाट चुनिने सांसदको संख्या ८२५ हुनेछ । दुवै संसद्को कार्यकाल पाँच वर्षे हुनेछ । मतगणना केही जिल्लामा आइतबार रातिदेखि सुरु भएको छ । केहीमा भने आजदेखि हुने भएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना एकै पटक हुने आयोगले जानकारी दिएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा ६१ प्रतिशत मतदान भएको बताए । ३९ प्रतिशत मतदाता मतदानमा सहभागी भएनन् । यो आयोगको प्रारम्भिक तथ्यांक हो । प्रमुख आयुक्त थपलिया स्वयं पनि मुलुकभर खसेको मतप्रति सन्तुष्ट देखिएनन् ।‘अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको देखिन्छ । सम्पूर्ण विवरण प्राप्त भएपछि केही प्रतिशत बढ्न सक्ने अनुमान छ,’ आइतबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भने, ‘यद्यपि, यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा कम हो भन्ने हामीलाई लागेको छ ।’ गुल्मी, सुर्खेत, बाजुरा र नवलपरासीका गरी १५ मतदानस्थलमा आइतबार मतदान हुन सकेन । मतदान नहुनुको कारण सत्ता गठबन्धन र एमालेका कार्यकर्ताहरूबीच मतदानलाई लिएर भएको विवाद झडपमा परिणत हुँदा स्थगित भएको हो । ती मतदानस्थलहरूमा मतदान नभएका कारण पनि कम मत खसेको हुनसक्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थगित भएका मतदानस्थलहरुमा दुई दिनभित्र मतदान गराउन मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् । केही स्थानमा आजै मतदान हुने तय भएको छ ।पहिलो संविधानसभा चुनाव २०६४ मा भन्दा यो निर्वाचनमा मत कम खसेको हो । त्यसबेला ६१.७० प्रतिशत मतदाताले मत खसालेका थिए । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भने ६८.६६ प्रतिशत मत खसेको थियो । दोस्रो संविधानसभा चुनावमा हालसम्मकै सबैभन्दा धेरै ७८.३४ प्रतिशत मत खसेको थियो । मत कम खस्नुलाई पटक–पटक चुनाव जितेर सरकार बनाउने तर मुलुकमा सुशासन कायम नगर्ने, भ्रष्टाचार न्यूनीकरण नगर्ने, खाली पुरानै अनुहारका नेता दोहोरिरहने, जनताका विकास र समृद्धिको चाहनालाई सम्बोधन नगर्ने भनेर मतदाताले आक्रोश पोखेको रूपमा कतिपयले लिएका छन् । पूर्वनिर्वाचन आयुक्त इला शर्मा पनि यसमा सहमत छिन् । उनले प्रभावसँग भनिन् ‘राजनीतिक दलहरूप्रति मतदाताको वितृष्णा देखिएको छ । के भोट हाल्न जानु ! भन्ने सोच कतिपय मतदातामा देखिन्छ । यही कारणले कम मत खसेको हुन सक्छ ।’कम मत खसे पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा उत्साहपूर्णरूपमा मतदान भएको बताएका छन् । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन निष्पक्ष, धाँधलीरहित भएको पनि उनको दाबी छ । उनले सफलतापूर्वक चुनाव सम्पन्न गरेको भन्दै निर्वाचन आयोग, चुनावमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी र मतदाताहरूलाई धन्यवाद दिएका छन् । ‘निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु,’ आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् । प्रधानमन्त्री देउवा आफैं चुनावी प्रतिस्पर्धामा छन् । उनी डडेलधुराबाट वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मतदाताहरूलाई धन्यवाद दिए । उनले मतदाताले दिने जनमत स्वीकार्ने बताए । आइतबार दिउँसो भक्तपुरको निर्वाचन क्षेत्र–२ को महेन्द्र शान्ति माद्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि एमालेले बहुमत ल्याउने दाबी गरेका ओलीले साँझ मतदातालाई धन्यवादसँगै प्राप्त मतको कदर गर्ने पनि बताए । ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद । तपाईंको मतको सधैं कदर गर्छौं,’ ओलीले ट्वीटमार्फत भनेका छन् ।चुनावमा ६१ राजनीतिक दल सहभागी भएका छन् । समानुपातिकतर्फ भने ४७ दलले मात्र सहभागिता जनाएका आयोगले जानकारी दिएको छ ।    
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद बुधबार, चैत ४, २०८२
ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव
ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट बुधबार, चैत ४, २०८२
हेलिकोप्टर दुर्घटना
हेलिकोप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
आज चैत्र कृष्ण औँसी घोडेजात्रा मनाइँदै
आज चैत्र कृष्ण औँसी घोडेजात्रा मनाइँदै बुधबार, चैत ४, २०८२
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल बुधबार, चैत ४, २०८२
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP