Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा
पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
cha;ise
Hardik health
काठमाडौं - मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार हुन् । राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए । उनले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए  । राई अहिले एक्लै चुनावी मैदानमा छन्  । त्यतिबेला माओवादीको साथ पाउनुभएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यसपटकको निर्वाचनमा चुनौती थपिदिएको छ । माओवादीका बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएका छन् । कांग्रेसका चालिसेले काठमाडौँ उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य लक्ष्य लिएको छ । विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनको प्रतिबद्धता छ । उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुनुहुन्छ । आफू प्रमुख हुँदा विकास निर्माण र जनपक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उनको जिकिर छ ।एमालेका राई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित चुनावी मैदानमा होमिएका छन्  । समाजवादोन्मुख समाज निर्माणको अभियानमा लाग्ने अठोट लिनुभएका उनी अब समाज समाजवादोन्मुख हुनुपर्ने बताए  । सामाजिक र सांस्कृतिक परिवर्तनसहितको समाज बनाउनुपर्नेमा उम्मेदवार राईको जोड छ । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधासम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । तीमध्ये कांग्रेस पाँचवटा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र कागेश्वरीको २ नं वडामा विजयी भएको थियो । एमालेले सात वडा गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने कागेश्वरीको १ र ३ वडामा विजयी हासिल गरेको थियो । त्यस्तै स्वतन्त्रले पनि गोकर्णेश्वर–४ वडामा विजयी हासिल गरेको थियो । कांग्रेसका वडाध्यक्षहरूले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमालेका वडाध्यक्षहरुले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए । माओवादीका वडाध्यक्षहरूले एक हजार छ सय ८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षहरूले एक हजार ५६ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट बिशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ । सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् । तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदानस्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने बुधबार, चैत ४, २०८२
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’ बुधबार, चैत ४, २०८२
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा बुधबार, चैत ४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ बुधबार, चैत ४, २०८२
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन बुधबार, चैत ४, २०८२
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP