Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
कृषि
  • Home
  • कृषि
  • कैलालीका किसानलाइ गहुँको बीउ अभाव
कैलालीका किसानलाइ गहुँको बीउ अभाव
सम्झना राई
सम्झना राई मंगलबार, कात्तिक २२, २०७९
कैलाली– कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् । भजनी–८ सोनाहाफाटा फागुराम चौधरी बाढीले घरमा भएमा सबै अन्न नष्ट गरेकाले यतिखेर खेती गर्ने बीउ अभाव भएको बताए । “बाढीले खेतको धान नष्ट ग¥यो, खेतमा भएको धानमात्र होइन, घरमा भण्डारण गरी राखेको खाद्यान्न र बीउसमेत नष्ट गरेकाले यतिखेर बीउ अभाव छ”, उनले भने, “एकातिर खाद्यान्न अभाव छ । अर्कोतर्फ खेती गरौँ भने बीउ, मल छैन । यहाँ सबैलाई समस्या छ ।” उनी बर्खे खेती नबचेकाहरु हिउँदे खेतीको भरमा बाँच्ने भए पनि यतिखेर खेती गर्नका लागि बीउ, मल र खेत जोताइ गर्न अर्थाभाव भएकाले समस्या भएको बताउछन्। “सबै किसानलाई यस्तै समस्या छ । खेत जोताइ गर्न रकम चाहियो, धानबाली बेचेर जोहो गर्नेहरुले यस वर्ष बेच्न पाएनन”, उहाँ भन्नुहुन्छ, “अब बीउ, मल सहयोग पाए खेती गर्न सकिएला, नभए गाह्रो छ ।” किसान गर्भुलाल चौधरी पनि गहुँको बीउ नभएकाले खेती गर्न समस्या भएको बताउछन्। “हामीलाई निकै समस्या छ । यतिखेर गहुँखेती गर्नका लागि बीउ, मल चाहियो”, उनी भन्छन्, “स्थानीय सरकारले सहयोग गर्छ कि भनेर आशामा बसेका छौँ । यतिखेर हामीलाई बीउ, मल सहयोग गरेमा हामी भोकै बस्नु पर्दैन ।” कैलालीको भजनी नगरपालिकाले दुई सय ७६ क्विन्टल गहुँको बीउ वितरणका लागि खरिद प्रक्रिया सुरु गरेको जनाएको छ । नगरपालिका कृषि शाखा प्रमुख हरिलाल रेग्मीले नगरपालिकाले कृषि समूह र किसानलाई बीउ वितरण गर्ने बताए। “बीउ आवश्यक भएका किसान तथा समूहलाई माग गर्न भनी नगरपालिकाले सूचना जारी गरेको छ”, उनले भने, “यो नगरपालिकाको सभाले छुट्याएको रकम हो । बीउ वितरण गर्दा बाढीपीडितलाई प्राथमिकता दिनेछौँ, यसमा सबै किसान समेटिनेछन् ।” नगरपालिकाले गहुँसँगै प्याजको बीउ, च्याउको बीउसमेत वितरण गर्ने कार्यक्रम छ । “कृषितर्फ बाढीले पु¥याएको क्षतिको तथ्याङ्क वडाबाट इन्ट्री भएर आउँदैछ । माछापालक किसानलाई कार्यपालिकाले निर्णय गरेर माछाका भुरा दिने निर्णय गरेको छ”, उनी भन्छन्, “बाँकी किसानका बारेमा कार्यपालिकाले निर्णय गरेपछि कार्यक्रम अघि बढ्नेछन् । अहिले बाढीपीडित किसानकै लागि छुट्टै राहत केही छैन ।” असोजमा पटक–पटक आएको बाढीले भजनीमा नौ हजार ९० परिवार प्रभावित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कृषि
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै बिहीबार, जेठ १, २०८२
कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको उच्च महत्व:ऊर्जामन्त्री  खड्का
कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको उच्च महत्व:ऊर्जामन्त्री खड्का बिहीबार, जेठ १, २०८२
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण बिहीबार, जेठ १, २०८२
नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प बिहीबार, जेठ १, २०८२
तरकारीकाे मूल्य
तरकारीकाे मूल्य बिहीबार, जेठ १, २०८२
 सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
 सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य मंगलबार, वैशाख ३०, २०८२
नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री
नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP