Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज
सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज
मंगलबार, असोज ११, २०७९
cddsf
Hardik health
पोखरिया– अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्यामा परेका छन् । सेवा नै धर्म हो भनेर गाउँघरमा स्वास्थ्य सेवा विस्तारको अभियानमा जुट्ने गरेको उनीहरु बताउँछन् । सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । उनीहरूले जनताको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारीरूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको प्रमाणित हुँदै आए पनि स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य रहेको र यसका लागि सम्बन्धित पक्षले ध्यान नदिएको गुनासो उनीहरुको छ । पर्सा गर्दौलकी स्वास्थ्य स्वयंसेविका शिला देवीले गाउँगाउँ टोलटोल बिहानदेखि नै घुम्नुपर्ने, घामपानी, जाडो, वर्षा केही नहेरी महिला तथा बालबालिकालाई भिटामिनदेखि गर्भवती महिलालाई चाहिने पोषणतत्व खानेकुरा तथा उक्त अवस्थामा आवश्यक पर्ने परामर्श उपलब्ध गराउँदै आएको छ । उनलाई घरको कामधन्दा भन्दा पनि जनताको सेवा गर्नमा नै फुर्सद छैन । अहोरात्र जनताको स्वास्थ्य सेवामा लाग्दा पनि आफूहरुको माग सम्बोधन गर्नेतर्फ तीनै तहका सरकारले चासो नराखेको भन्दै उनले दुख पोखे । समुदाय र देशको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काममा आफूहरुले गरिरहेको भए पनि यसलाई कतिपयले नकारात्मक हिसाबले लिने महिला स्वास्थ्य स्वयंसेविका बताउँछन् । “बिहानदेखि नै घरघरमा पुगेर साँझ अबेरसम्म निःस्वार्थ सेवा दिन्छौँ । गर्भवती, बालबालिका र बिरामी व्यक्तिलाई औषधि पनि बाड्छौँ । सल्लाह सुझाव पनि दिन्छौँ । तै पनि हामीप्रति हेर्ने दृष्टिकोण किन राम्रो छैन रु” शिला देवीले भने, “यति गर्दागर्दै पनि समाजका व्यक्तिको विभिन्न किसिमको नकारात्मक भनाइ पनि खेप्छौँ ।” तराई मधेसमा महिलालाई घरबाट बाहिर निस्केर यस्ता सेवामूलक कार्य संलग्न हुन त्यति सजिलो छैन । बिना पारिश्रमिक सामाजिक कार्यमा निरन्तर लागिरहन कठिनाइ भएको उनीहरुको भनाइ छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाका लागि मासिक रु एक हजार पाँच सय भत्ता दिए पनि त्यसले दिनहुँ आवतजावत गर्न भाडा नै नपुग्ने उनीहरुको गुनासो छ । “कम्तीमा साइकलको व्यवस्था भए पनि केही राहत हुने थियो”, शिलादेवीले भने । विभिन्न लाञ्छना, आरोप खेपेर भए पनि दुई दशकदेखि स्वास्थ्य स्वयं्सेविकाको रुपमा काम गर्दै आएकी रौतहटकी स्वास्थ्य स्वयंसेविका ललितादेवीको गुनासो पनि उस्तै छ । ग्रामीण र विकट क्षेत्रमा दैनिक घण्टौँसम्म पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवा सुविधाको अभावमा निरासा जाग्न थालेको र अन्य महिलालाई यसतर्फ लाग्न सल्लाह दिन नसकिएको उनको भनाइ छ । झण्डै २० वर्षदेखि निरन्तर यो सेवामा लागेकी पर्सा विन्दवासिनीकी तेतरी देवी सुरुमा यसमा लाग्दा रु ४० भत्ता पाएको बताउछन् । समयअनुसार यो भत्ता व्यावहारिक नभएको बताउँदै उनी भन्छन्, “कम्तीमा आफ्ना बालबालिकाको लागि खुवाउन र पढाउन पुग्ने खर्च त दिइयोस् ।” यही सेवामा लागेपछि समाजले आफूलाई विभिन्न लाञ्छना लगाए पनि आफू विचलित नभई जनताको सेवामा लागि परेको उनी बताउछन् । राजनीतिक पार्टीहरु र नेताहरुले आफूहरुलाई सधैँ भोटको रुपमा मात्रै प्रयोग गरेको बताउँदै पर्साकी स्वास्थ्य स्वयंसेविका लालसा देवीले भने, “चुनावका बेला जोसुकै जनप्रतिनिधिले पनि आफूहरुलाई लक्षित गरी तलब भत्ता वृद्धिबारे प्रतिबद्धता जनाउने गर्छन् तर चुनाव जितेपछि हाम्रो मुद्दा र आफ्नो बाचा बिर्सिने गरेका छन् ।” उनी आफूहरुकै योगदानका कारण आज धेरै मानिससम्म स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ र मातृ तथा शिशु मृत्युदर उल्लेख्य मात्रामा घटेको भए पनि त्यसको मूल्याङ्कन नभएकामा उनी दुखित छन् । महिला स्वास्थ्य स्वयंसेविकाको योगदानअनुसार उचित सेवा सुविधा दिन नसकिएकोे स्वीकार गर्दै रौतहटको परोहा नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका सङ्घ मधेस प्रदेशका सभापति शेख वकिलले भने, “उनीहरुको कार्य र मेहनतका अनुसार भत्ता उपलब्ध गराउने बारेमा छिट्टै पालिकामा छलफल गराई केही व्यवस्था गर्नेछु । प्रदेश र सङ्घीय सरकारलाई पनि यसबारेमा आवश्यक निर्णय गर्न अनुरोध गरिनेछ ।” हाल देशभरि ५० हजारभन्दा बढी स्वास्थ्य स्वयं्सेविका सेवामा आबद्ध छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP