Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
कृषि
  • Home
  • कृषि
  • विदेश त्यागेर खेतीपातीमा रमाउदै नरेश खड्का
विदेश त्यागेर खेतीपातीमा रमाउदै नरेश खड्का
सम्झना राई
सम्झना राई बिहीबार, भदौ २३, २०७९
naresh khadka
दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ आए । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके। रुस जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न नसके पछि उनी गाउँ फर्किए । उनले सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ पुरा गरे । अहिले उनी दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन् । उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरिरहेका छन् । सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उनी केही समय विदेशको चक्करमा लागे। “कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ”, उनले भने, “बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।” खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको उनी बताउछन् । “सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे”, उनले भने , “सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु । एक दिन पक्कै सफल भइन्छ ।” दोधारा चाँदनीको सुन्दरनगरमा उनले एक बिघा जग्गा वार्षिक रु ५० हजार भाडा तिर्ने गरी कृषि गररहेका छन् । “दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो”, उनले भने, “तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ ।” कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लागेका पनि छन्। कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए । रु २० हजार बाट सरु गरेको कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनी बताउछन । “बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ ।” उनले भने, “नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।” खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताए। कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उनले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे । “पाँच वर्षमा करिब रु १० लाख आम्दानी गरेको छु, कृषिबाट रामै्र आम्दानी हुन्छ ।” उनले भने, “स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।” कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक छ । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ । “एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु ।” उनले भने, “स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।” खड्काले दुई जनालाई रोजगारीसमेत दिएका छन् । कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताए । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
अनुदान पाएसगैँ किसान पशुपालनतर्फ आकर्षित हुर्दै
अनुदान पाएसगैँ किसान पशुपालनतर्फ आकर्षित हुर्दै शुक्रबार, भदौ ६, २०८२
हात्ती धपाउन विद्युतीय घेराबारा
हात्ती धपाउन विद्युतीय घेराबारा बिहीबार, भदौ ५, २०८२
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन सोमबार, भदौ २, २०८२
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ आइतबार, भदौ १, २०८२
 जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै
 जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै शुक्रबार, साउन ३०, २०८२
भोजपुरका अधिकांश किसान किवीखेतीमा
भोजपुरका अधिकांश किसान किवीखेतीमा बिहीबार, साउन २९, २०८२
कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ
कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP