Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नागरिकता विधेयकमा एमालेको संशोधन प्रस्ताव
नागरिकता विधेयकमा एमालेको संशोधन प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३, २०७९
Hardik health
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । एमालेका सांसदहरूले नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपालमा निरन्तर सात वर्ष बसेको हुनुपर्ने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गराएका हुन् । एमाले सांसदहरू भीम रावल, कृष्णभक्त पोखरेल, सूर्य पाठक, शान्तिमाया पाख्रिनलगायतले राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनमा जस्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष नेपालमा निरन्तर बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्न संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । संशोधन प्रस्ताव दर्ता गराउनेमध्येकी एक सांसद पाख्रिनले राज्य व्यवस्था समितिमा जुटेको सहमतिविपरीत सरकारले विधेयक ल्याएकाले संशोधन प्रस्ताव दर्ता गराएको बताइन् ।२०७५ सालमा प्रतिनिधिसभामा दर्ता भएर राज्य व्यवस्था समितिले छलफलपछि संशोधनसहित तयार पारेको प्रतिवेदनमासमेत वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपाली नागरिकसँग विवाह गरेको सात वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो । वर्तमान सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ । सरकारले संसद्मा पेस गरेको नयाँ विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न कुनै समयको पावन्दी लगाउनेगरी प्रस्ताव गरेको छैन । संसद् सचिवालयका अनुसार नागरिकता विधेयकमा ५० सांसदले २९ वटा संशोधन दर्ता गराएका छन् । यसमा अधिकांश एमालेका सांसद छन् । कांग्रेसका कुनै पनि सांसदले संशोधन पेस गरेका छैनन् । ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा सात वर्षसम्म नेपालमा स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ’ भन्ने व्यवस्था राख्न एमाले सांसदहरूको माग गरेका छन् । सात वर्षसम्मका लागि भने स्थायी बसोबास अनुमतिपत्र दिने र त्यस्तो व्यक्तिलाई राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुने व्यवस्था गर्न उनीहरूको संशोधन प्रस्तावमा उल्लेख छ । एमाले सांसदहरु पोखरेल, पाख्रिन, बिन्दा पाण्डेलगायतले नागरिकता जारी गर्दा लैंगिक पहिचान खुलाउनुपर्ने प्रस्तावसमेत गरेका छन् । ‘वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई नेपाली नागरिक आमा वा बुबाको नाम र ठेगानाबाट नागरिकता दिन सकिनेछ,’ एमाले सांसद पोखरेलले दर्ता गराएको संशोधनमा भनिएको छ, ‘नेपाली नागरिकताको प्रमाणपत्रको लिंग महलमा महिला वा पुरूष वा अन्य उल्लेख गरी लैंगिक पहिचानसमेत खुलाउनुपर्नेछ ।’ पोखरेलले दर्ता गराएको संशोधन प्रस्तावमा प्रदेशको ठेगानासमेत उल्लेख गर्न सुझाइएको छ । त्यस्तै, एमालेकै सांसद पाण्डेले ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने नेपाली पुरूषसँग विवाह भएकी महिला’ भन्ने शब्द प्रयोग नगरी ‘नागरिक’ भन्ने शब्द राखेर संशोधन पेस गरेकी छन् । ‘नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक कानुनतः नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुनेछ । त्यस्तो विदेशी नागरिकले वैवाहिक अंगीकृत नागरिकता पाउनुपूर्वको अवधिका लागि राजनीतिकबाहेकका अधिकारसहितको स्थायी परिचयपत्र लिन सक्छन्,’ पाण्डेको संशोधन प्रस्तावमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने बुधबार, चैत ४, २०८२
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’ बुधबार, चैत ४, २०८२
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा बुधबार, चैत ४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ बुधबार, चैत ४, २०८२
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन बुधबार, चैत ४, २०८२
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP