Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आयुर्वेदिक औषधितर्फ बिरामीको आकर्षण बढ्दै
आयुर्वेदिक औषधितर्फ बिरामीको आकर्षण बढ्दै
शनिबार, असार ३२, २०७९
ayurvedic
Hardik health
बाग्लुङ -  पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बाग्लुङमा रहेका ६ आयुर्वेद औषधालय र तीन नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको संख्याले पनि आयुर्वेदिक औषधिको प्रभाव तथा आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढेको हो । बाग्लुङको कूल जनसंख्याको १० प्रतिशत सर्वसाधारण चालु आर्थिक वर्षमा आयुर्वेदिक पद्धतिबाट औषधि उपचारका लागि आर्युेवेदिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । २८ हजार ९३८ बिरामीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयुर्वेदिक पद्धतिबाट उपचार सेवा लिएको तथ्यांक छ । बाग्लुङ नगरपालिकामा रहेको धौलागिरि आयुर्वेदिक औषधालय, बलेवा आयुर्वेदिक औषधालय, जैमिनीमा रहेको दमेक आयुर्वेदिक औषधालय, जैदी आयुर्वेदिक औषधालय, काठेखोला गाउँपालिकामा रहेको बिहुँ आयुर्वेदिक औषधालय र ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ आयुर्वेदिक औषधालय तथा बडिगाड, बरेङ र ताराखोला गाउँपालिकामा रहेका नागरिक आरोग्य केन्द्रबाट बिरामीले आयुर्वेदिक पद्धतीबाट उपचार सेवा लिएका हुन् । यहाँका आयुर्वेदिक औषधालय तथा नागरिक आरोग्य केन्द्रले आफैंले उत्पादन गरेको औषधि र आयुर्वेदिक पद्धतिका प्रचलित विधिबाट बिरामीको उपचार गर्ने गरेका छन् । बाग्लुङका आयुर्वेदिक औषधालयले आर्थिक वर्ष २०७८र७९ मा ६६० किलो औषधिको उत्पादन गरेर सर्वसाधारण बिरामीको उपचारमा खर्च गरेका छन् । दुई वर्षअघि कोरोना संक्रणका बेला गुर्जोलगायतका विभिन्न जडीबुटीको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । त्यसयता बाग्लुङमा आयुर्वेदिक औषधिको माग र प्रयोग बढ्दो छ । चालु आवमा मात्रै दमेक आयुर्वेदिक औषधालय जैमिनी(२ दमेकले ३१४ किलो, धौलागिरि आयुर्वेदिक औषधालय बाग्लुङले ३०६ किलो र बलेवा आयुर्वेदिक औषधालय बाग्लुङले ४० किलो चूर्ण औषधि उत्पादन गरेका हुन् । जिल्लास्थित आयुर्वेद औषधालयको चालु आवको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्यांक प्रस्तुत भएको हो । दमेक आयुर्वेदिक औषधालयका प्रमुख डा।लक्ष्मीप्रसाद शर्माका अनुसार यो अवधिमा सबैभन्दा धेरै औषधि ग्यास्ट्रिकका बिरामीले लिएका छन् । हाडजोर्नी, नसा च्यापिएको, दीर्घरोगी र अन्य विभिन्न खालका बिरामी औषधिका लागि औषधालय आउने गरेका छन् । सीमित दरबन्दी तथा साधन स्रोतका बीच आयुर्वेदिक औषधि उत्पादन र वितरणमा काम जिल्लाभरिका औषधालय तथा नागरिक आरोग्य केन्द्रबाट भइरहेको धौलागिरि आयुर्वेदिक औषधालयका प्रमुख सरोजकुमार रायले बताए । वार्षिक समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखले आफ्नो क्षेत्रमा भएका कामको प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा नगरपालिकाभित्रको बलेवा आयुर्वेदिक औषधालयतर्फका कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गरे । कार्यक्रममा उपस्थित सबैले सीमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताएका थिए । कतिपय अवस्थामा बजेट भए पनि अन्यत्र रकमान्तर भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP