Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आयुर्वेदिक औषधितर्फ बिरामीको आकर्षण बढ्दै
आयुर्वेदिक औषधितर्फ बिरामीको आकर्षण बढ्दै
शनिबार, असार ३२, २०७९
ayurvedic
Hardik health
बाग्लुङ -  पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बाग्लुङमा रहेका ६ आयुर्वेद औषधालय र तीन नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको संख्याले पनि आयुर्वेदिक औषधिको प्रभाव तथा आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढेको हो । बाग्लुङको कूल जनसंख्याको १० प्रतिशत सर्वसाधारण चालु आर्थिक वर्षमा आयुर्वेदिक पद्धतिबाट औषधि उपचारका लागि आर्युेवेदिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । २८ हजार ९३८ बिरामीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयुर्वेदिक पद्धतिबाट उपचार सेवा लिएको तथ्यांक छ । बाग्लुङ नगरपालिकामा रहेको धौलागिरि आयुर्वेदिक औषधालय, बलेवा आयुर्वेदिक औषधालय, जैमिनीमा रहेको दमेक आयुर्वेदिक औषधालय, जैदी आयुर्वेदिक औषधालय, काठेखोला गाउँपालिकामा रहेको बिहुँ आयुर्वेदिक औषधालय र ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ आयुर्वेदिक औषधालय तथा बडिगाड, बरेङ र ताराखोला गाउँपालिकामा रहेका नागरिक आरोग्य केन्द्रबाट बिरामीले आयुर्वेदिक पद्धतीबाट उपचार सेवा लिएका हुन् । यहाँका आयुर्वेदिक औषधालय तथा नागरिक आरोग्य केन्द्रले आफैंले उत्पादन गरेको औषधि र आयुर्वेदिक पद्धतिका प्रचलित विधिबाट बिरामीको उपचार गर्ने गरेका छन् । बाग्लुङका आयुर्वेदिक औषधालयले आर्थिक वर्ष २०७८र७९ मा ६६० किलो औषधिको उत्पादन गरेर सर्वसाधारण बिरामीको उपचारमा खर्च गरेका छन् । दुई वर्षअघि कोरोना संक्रणका बेला गुर्जोलगायतका विभिन्न जडीबुटीको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । त्यसयता बाग्लुङमा आयुर्वेदिक औषधिको माग र प्रयोग बढ्दो छ । चालु आवमा मात्रै दमेक आयुर्वेदिक औषधालय जैमिनी(२ दमेकले ३१४ किलो, धौलागिरि आयुर्वेदिक औषधालय बाग्लुङले ३०६ किलो र बलेवा आयुर्वेदिक औषधालय बाग्लुङले ४० किलो चूर्ण औषधि उत्पादन गरेका हुन् । जिल्लास्थित आयुर्वेद औषधालयको चालु आवको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्यांक प्रस्तुत भएको हो । दमेक आयुर्वेदिक औषधालयका प्रमुख डा।लक्ष्मीप्रसाद शर्माका अनुसार यो अवधिमा सबैभन्दा धेरै औषधि ग्यास्ट्रिकका बिरामीले लिएका छन् । हाडजोर्नी, नसा च्यापिएको, दीर्घरोगी र अन्य विभिन्न खालका बिरामी औषधिका लागि औषधालय आउने गरेका छन् । सीमित दरबन्दी तथा साधन स्रोतका बीच आयुर्वेदिक औषधि उत्पादन र वितरणमा काम जिल्लाभरिका औषधालय तथा नागरिक आरोग्य केन्द्रबाट भइरहेको धौलागिरि आयुर्वेदिक औषधालयका प्रमुख सरोजकुमार रायले बताए । वार्षिक समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखले आफ्नो क्षेत्रमा भएका कामको प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा नगरपालिकाभित्रको बलेवा आयुर्वेदिक औषधालयतर्फका कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गरे । कार्यक्रममा उपस्थित सबैले सीमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताएका थिए । कतिपय अवस्थामा बजेट भए पनि अन्यत्र रकमान्तर भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या
एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या बुधबार, मंसिर १७, २०८२
भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग
भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग बुधबार, मंसिर १७, २०८२
मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो
मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो मंगलबार, मंसिर १६, २०८२
‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग
‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग सोमबार, मंसिर १५, २०८२
सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै
सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै सोमबार, मंसिर १५, २०८२
बढ्न थाल्यो एड्ससँगै यौन रोगको समस्या
बढ्न थाल्यो एड्ससँगै यौन रोगको समस्या सोमबार, मंसिर १५, २०८२
सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास
सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP