Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मंसिर २ मा प्रदेश र प्रतिनिधिसभाको चुनाव
मंसिर २ मा प्रदेश र प्रतिनिधिसभाको चुनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २३, २०७९
Hardik health
काठमाडौं- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी मंसिर २ गते दुवै तहको निर्वाचन गर्न प्रस्ताव गरेको हो । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी उक्त विषयमा छिट्टै निर्णय लिइने बताएको जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ । विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउ“दो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । पा“च वर्षअघि २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मंसिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ । निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी गरेको आयोगको भनाइ छ । १० अर्ब खर्च लाग्ने आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगको सोही भेटमा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट माग गरेको आयोगको एक अधिकारीले बताए । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सात अर्ब ८० करोड रुपैयाँ खर्च भएको थियो । अहिले तलब भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धिलगायतका कारण बढी खर्च लाग्ने आयोगले आकलन गरेको छ । ‘प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान पेस गरिएको छ,’ आयोगका प्रवक्ता पौडेलले भने । भेटमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालगायत सहभागी थिए । आयोगको प्रतिनिधिमण्डलमा प्रमुख निर्वाचन आयुक्त थपलिया, निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना
चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना बिहीबार, चैत ५, २०८२
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण बिहीबार, चैत ५, २०८२
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने बुधबार, चैत ४, २०८२
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’ बुधबार, चैत ४, २०८२
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा बुधबार, चैत ४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ
अभिमुखीकरण कार्यक्रमले कसरी बोल्ने र कसरी  प्रस्तुत हुने भन्ने सिकेँ: आशिका तामाङ बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP