Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी लक्षण देखिए अस्पताल जानुहोस्
पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी लक्षण देखिए अस्पताल जानुहोस्
सोमबार, असार ६, २०७९
banira
Hardik health
काठमाडौं- पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन् । ‘विशेष गरी ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा ब्रेस्ट क्यान्सरको समस्या देखिने गरेको छ ।’ उनले भनिन्–‘पछिल्लो समय १०० ब्रेस्ट क्यान्सरबाट पीडित महिला भेटिँदा १ जना सोही समस्याबाट पीडित पुरुष बिरामी समेत भेटिन थालेको छ ।’ डा. कार्कीका अनुसार पुरुषहरुको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानीमिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरुले सचेत हुनुपर्छ । ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ । गाँठागुठी आउँदा दुख्दैन । ‘धेरैजसो पुरुषहरु स्तन वरपर बिबिराजस्तो आयो, रातो भयो भने छालाको एलर्जी भनेर छालारोग विशेषज्ञसम्म पुगिरहनुभएको हुन्छ । तर त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ ।’ डा. कार्कीले थपिन्–‘स्तन वरपर हुने इन्फेक्सनलाई साधारण ठानेर बस्नु भएन । क्यान्सर विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।’कतिपय पुरुषहरुमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुठी आयो र त्यो बढ्दै गयो भने त्यसलाई समेत ब्रेस्ट क्यान्सरको लक्षण मान्न सकिन्छ । डा. कार्कीकाअनुसार धेरै मोटो व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फूड प्रयोगमा जोड दिने, धुम्रपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, यस्ता फूडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली र खानपान अपनाउनुपर्छ । डा. कार्कीले महिलाहरुमा हुने स्तन क्यान्सरभन्दा पुरुषमा हुने स्तनक्यान्सर छिटो शरीरका अन्य अंगतिर फैलिनसक्ने जोखिम रहेको बताइन् । ‘केटी मान्छेको स्तनको भाग ठूलो र धेरै हुन्छ । तर केटाको सानो हुन्छ ।’ उनले भनिन्–‘त्यसले गर्दा केटा मान्छेमा ब्रेस्ट क्यान्सर भयो भने छातितर्फ चाँडै फैलिने जोखिम हुन्छ । त्यसकारण बेलैमा देखाइएन भने अवस्था निकै नै गम्भीर भइसकेकेको हुनसक्छ ।’ उनले मिल्दोजुल्दो कुनै पनि लक्षण देखियो भने साधारण गिर्खा, गाँठो वा इन्फेक्सन हो भनेर नबस्न समेत पुरुषहरुलाई आह्वान गरेकी छिन् ।  
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ सोमबार, कात्तिक १७, २०८२
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस शुक्रबार, कात्तिक १४, २०८२
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित शुक्रबार, कात्तिक १४, २०८२
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP