Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • चट्याङका घटना बढ्दै, छैन पूर्वानुमान गर्ने प्रविधि
चट्याङका घटना बढ्दै, छैन पूर्वानुमान गर्ने प्रविधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २९, २०७९
Hardik health
काठमाडौं - नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले वर्षेनि जनधको क्षति गरिरहेको छ । बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् । तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन । पूर्व मनसुन गतिविधि सक्रिय भएसँगै मौसममा आएको फेरबदलका कारण गएको दुई महिनामा मात्रै २३ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ । चट्याङ्बाट गत दुई महिनामा ४५ जना घाइते भएका छन् । गतवर्ष चट्याङ्ले ५६ जनाको ज्यान लिएको थियो भने १७९ जना घाइते भएका थिए। के हाे चट्याङ ? पूर्व मनसुन तथा मनसुनी वायु सक्रिय भएको बेला बादलमा हुने घर्षणबाट उत्पन्न हुने विद्युतीय चार्ज जमिनमा खस्छ, जसलाई चट्याङ भनिन्छ । यसलाई न टार्न सकिन्छ, न त रोक्न नै । विद्युतीय चार्ज आकाशबाट पृथ्वीमा आइपुग्दा ठूलो जनधनको क्षति हुन्छ । राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रका प्रमुख खुमाकान्त आचार्यका अनुसार पछिल्लो समयमा चट्याङबाट हुने मानवीय साथै पशुचौपायालाई पनि यसले क्षति गर्ने गरेको छ ।‘पछिल्ला केही वर्षमा चट्याङले जनधनका साथै पशुचौपायाको पनि ज्यान जाने गरेको छ । हामीले मानवीय संवेदनशीलतालाई मात्र बढी महत्व दिन्छौँ तर यसले धेरैतर्फ असर पुर्याउँछ,’ उनले भने । नेपालमा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनमा चट्याङ्बारे पूर्वजानकारी गराउने गरे पनि यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन । जसका कारण हुने क्षतिलाई न्यूनिकरण गर्न नसकिएको उनी स्वीकार्छन् । ‘नेपालमा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनमा मात्र यसको जानकारी दिने गरिएको छ । तर, यसको पूर्वानुमान गर्न सक्ने कुनै प्रविधि नेपालमा नहुँदा पनि क्षतिलाई न्यूनीकरण गर्न सकिएको छैन,’ उनले भने। चट्याङका सन्दर्भमा सरकारको ध्यान पुगेन: विज्ञ शर्मा चट्याङबारे लामो अध्ययन गर्नुभएका विज्ञ डा. श्रीराम शर्माकाअनुसार चट्याङ दृष्टिकोणले नेपाल जोखिममा रहे पनि सरकारले त्यसअनुसार काम गर्न नसकेको बताउँछन् । ‘नेपालमा पछिल्लो समय चट्याङ्का घटना धेरै हुने गरेका छन् तर सरकारले यसलाई सरल रुपले लिएजस्तो देखिन्छ,’ उनले भने, ‘बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका बारेमा धेरै गोष्ठी र सेमिनार गरेर चासो देखाएको सरकारले यस विषयमा एउटा पनि गोष्ठी आयोजना गरेको मेरो सम्झनामा छैन ।’ नेपालको पूर्वी क्षेत्रमा बङ्गालको खाडीबाट आउने बाष्पयुक्त बादलका कारण पूर्वी क्षेत्रको झापा र मोरङमा सबैभन्दा बढी चट्याङ पर्ने गर्छ ।शर्माका अनुसार चट्याङले चुरे क्षेत्रमा पनि नोक्सानी गरेको छ । दक्षिण, पूर्वी भागपछि चुरे क्षेत्रमा बढी चट्याङ परेको पाइन्छ, त्यसपछि पोखरादेखि म्याग्दीसम्म बढी चट्याङ परेको पाइन्छ । ‘पूर्वी क्षेत्र बङ्गालको खाडीसँग नजिक रहेकाले यस क्षेत्रमा बढी चट्याङ् पर्दछ,’ उनले भने, ‘तर नेपाली आकाशको तत्लो भागको उचाइ तीन किलीमिटर भएका कारण चुरे क्षेत्रमा पनि बढी चट्याङ पर्दछ ।’नेपालमा चट्याङ्बाट मृत्यु हुनेको सङ्ख्या कम देखिए पनि दरको हिसाबले धेरै रहेको शर्माको भनाइ छ । विद्युतीय उपकरणको लेखापरीक्षण आवश्यक विद्युतीय उपकरणको लेखापरीक्षण आवश्यक बाहिरी देशहरुमा विभिन्न अस्पताल तथा सङ्घसंस्थाहरुमा जडान गरिएका विद्युतीय उपकरणहरुको बेला बेलामा विद्युतीय लेखापरीक्षण हुने विज्ञ डा. शर्मा बताउँछन् । ‘विभिन्न देशमा अस्पताल तथा अन्य ठूला सङ्घसस्थाहरुमा विद्युतीय अडिटिङ् अनिवार्य गरिएको हुन्छ,’ उनले भने, ‘तर नेपालमा भने विद्युतीय उपकरणहरुमा समस्या आयो भने मात्र परीक्षण हुन्छ नत्र केही गरिएको छैन । यसले पनि जाेखिम निम्त्याएको छ । ’ बेलायत, जर्मनीजस्ता देशहरुमा प्रत्येक छ–छ महिनामा अनिवार्य विद्युतीय अडिटिङ् गर्नुपर्ने व्यवस्था रहेको उनी बताउँछन् । सहरको तुलनामा गाउँमा धेरै जोखिम विज्ञ डा. शर्माका अनुसार सहरको तुलनामा गाउँमा चट्याङकाे धेरै जोखिम रहेको छ ।‘गाउँका घरहरुमा जस्तापाता वा छानाको प्रयोग गरिएको हुन्छ । जमिनमा करेन्ट प्रवाह हुनका लागि कुनै धातु प्रयोग हुँदैन जसबाट मानिस वा पशुपंक्षीलाई खतरा हुन्छ,’ शर्माले भने, ‘सहरका धेरै घरहरुमा जमिनसँग छोएका धातुहरुको प्रयोग हुन्छ , जसबाट क्षति कम हुन्छ ।’ कसरी बच्ने ? यसबाट बच्न घरमा चट्याङ प्रतिरक्षात्मक सामग्री राख्नुपर्छ । जस्तै, तामाका पाता, एल्मोनियम अथवा डिआइका सामान्य रडहरु राखेर घरलाई सुरक्षित बनाउन सकिन्छ । ‘चट्याङबाट बच्ने एउटा प्रविधि हुन्छ । सामान्य खर्चमा संरचना वा घर जोगाउन सकिन्छ,’ विज्ञ डा. शर्माले भने, ‘साथै, चट्याङबारे जनचेतना फैलाउनुपर्छ, सुरक्षित स्थानमा बस्ने । चट्याङ पर्दा घर बाहिर नबस्ने र घरभित्र बस्दा पनि सुरक्षित भएर बस्ने ।’ -गाेरखापत्र  
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना सोमबार, चैत २, २०८२
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै आइतबार, चैत १, २०८२
वर्षासँगै घट्यो वायु प्रदूषण
वर्षासँगै घट्यो वायु प्रदूषण शुक्रबार, फागुन २९, २०८२
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना शुक्रबार, फागुन २९, २०८२
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान बिहीबार, फागुन २८, २०८२
 आजको मौसम पूर्वानुमान
 आजको मौसम पूर्वानुमान बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP