Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
मंगलबार, वैशाख २७, २०७९
Ncell
Hardik health
काठमाडौं -  विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । प्रतिष्ठानले अस्पताल हाताभित्र यससम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसर सहितको जानकारी डेस्क राख्नुका साथै आमसञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालको पनि प्रयोग गरिरहेको प्रतिष्ठानका जनसम्र्पक अधिकृत सोनु कुँवर केसीले जानकारी दिइन् । प्रतिष्ठानमा साताभरि आँखामा क्यान्सर भएका बालबालिकाको निः शुल्क जाँच तथा उपचारको व्यवस्था गरिएको र वैशाख २६ गते त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि एवम् जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताइन् । कार्यक्रममा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवासीय चिकित्सकलाई आँखा विशेषज्ञद्वारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धी जानकारी प्रदान गरिएको थियो । नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा।पूर्णिमा राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएपनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामा नै उपचार गरेको खण्डमा बालबालिकालाई पूर्णरूपमा क्यान्सरमुक्त बनाउन सकिन्छ । साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालोनानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो। रंगिन फोटोमा आँखाको नानीमा सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आखाँको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका लक्षण हुन् । समयमा उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्यरूपमा बढिरहने हुनसक्छ । यो क्यान्सर विस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अंग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ । डा।राजकर्णिकारले भने, ‘कतिपयले यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाइ गर्छन् । यिनै कारणले गर्दा यो रोग लागेका बालबालिका अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेका हुन्छन् ।’ नेपाल लगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ, विकसित देशमा भने ५ प्रतिशत भन्दा कम पाइएको छ । यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखामा देखापरेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना हुन्छ । यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्दति हुन । प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुँदै आइरहेको छ । विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट डा।राजकर्णिकारद्धारा अझ विस्तृत रूपमा यसको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ‘ओपन आइज नेपाल’को सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो आइतबार, भदौ २१, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP