Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • भूमि सुधार तथा मालपोतका छ कर्मचारी पक्राउ
भूमि सुधार तथा मालपोतका छ कर्मचारी पक्राउ
admin123
admin123 मंगलबार, साउन २१, २०७६
20190319111123_30798
Hardik health
नेपालगन्ज/ सरकारी जग्गा कीर्ते गरेको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घ बहादुर पोखरेल, बर्दियाका तत्कालिन प्रमुख मालपोत अधिकृत पदमा कार्यरत कृष्ण प्रसाद ज्ञवाली सहित ६ जनालाई बाँके प्रहरीले साउन २० गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा तत्कालिन बाँके तथा बर्दिया जिल्लाको भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत प्रमुख मालपोत अधिकृत, अधिकृत, नायव सुब्बा, खरिदार तथा कार्यालय सहयोगी रहेका छन् । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको आरोप लागि फरार रहेका उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । जानकारी अनुसार, पक्राउ परेका व्यक्तिहरु समेतको मिलोमतोमा तत्कालिन बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानमा रहेको सरकारी जग्गाको कागजात किर्ते गरि बिभिन्न व्यक्तिको नाममा पास गराएका थिए । जानकारी अनुसार, भारत जिल्ला बहराईच ग्राम मटैहिया, थाना मोतीपुर घर भई बाँकेको नेपालगञ्ज वडानम्वर १६ मा डेरा गरी बस्ने जग्गा कारोवारी ४० बर्षिय जुनेद अन्सारीलाई नेपालगञ्ज वडानम्वर ३ का कौशल भन्ने खैरुल हसन अन्सारीले माघ २१ गते अपहरण गरी भारत बहराईचमा लिई हत्या भएको दावी सहित मृतककी श्रीमति गौरी मल्ल अन्सारीले कर्तब्य ज्यान मुद्दाका दर्ता गरेकि थिईन् । सो घटनाको अनुसन्धान गर्दै प्रहरीले मृतक र अभियुक्त भनिएका खैरुल हसन अन्सारी जग्गा कारोबारी रहेको र निजहरु विच जग्गा किनवेचको रकममा कुरा नमिले पछी मृतकको हत्या भएको, मृतक र अभियुक्त खैरुल हसन अन्सारीले तत्कालिन बाँके तथा बर्दिया जिल्लाका कर्मचारीहरुको मिलोमतोमा सरकागी जग्गा व्यक्तिको नाममा पास गराएको अनुसन्धानबाट खुलेको थियो । सोही अनुसन्धानका आधारमा प्रहरीले केही कर्मचारी यस अघिनै पक्राउ गरिसकेको थियो भने त्यस ताका फरार रहेका कर्मचारीहरुलाई प्रहरी पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरुमा दुई तत्कालिन प्रमुख लगाएत मालपोत कार्यालय बर्दियामा नायव सुव्वा रविन्द्र बहादुर थापा, कार्यालय सहयोगी सुर्य प्रसाद उपाध्याय, खरिदार पदमा किशोर कुमार रिजाल, मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत हेमराज शर्मा, र अशोक कुमार भट्टराई रहेका छन् । बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पु¥याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जना विरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गर्दा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा नामसारी गर्दा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी  गर्दै अख्तियारले मुद्धा दायर गरेको थियो । यसैगरी सरकारी जग्गा किर्ते गर्ने १९ जना सरकारी कर्मचारीहरुलाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । बाँके जिल्ला अदालतले यसअघि पक्राउ परेका १९ जना मध्ये १६ जनालाई थुनामा राख्न आदेश दिएको थियो । सरकारी कागज किर्तेमा मुद्दा चलाइएका प्रेम बहादुर चन्द, सञ्जय कुमार ठाकुर र तुलसीरानी थारुलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाडिएको थियो ।  
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १८:११
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल मंगलबार, फागुन १२, २०८२
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’ आइतबार, फागुन १०, २०८२
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’ सोमबार, फागुन ४, २०८२
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी शुक्रबार, माघ २३, २०८२
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’ शुक्रबार, माघ २३, २०८२
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’ आइतबार, माघ ११, २०८२
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP