Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुडान सरकार र विद्रोही नेताबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर
सुडान सरकार र विद्रोही नेताबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १९, २०७७
Sudan peace
Hardik health
जुबा, दक्षिण सुडान–सुडानको सङ्क्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् । प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको राजधानी जुबा पुगेलगत्तै ट्वीट गर्दै भने ‘अब देशका अघिल्तिरका सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताहरू गर्नु हो ।’ सुडानका विशाल प्रान्तमा कब्जा जमाएर बसेका विद्रोहीसँग वार्तामार्फत् समस्या सुल्झाउनु पनि सङ्क्रमणकालीन सरकारसामु अर्को चुनौती छ । सत्ता विद्रोहपछि सेनाले सन् २०१९ को अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्युत गरेको थियो । सुडानी नागरिक नेताले पछिल्लो सम्झौताका कारण देशको सैन्य खर्चमा व्यापक कटौती हुने विश्वास व्यक्त गरेका छन् । उनीहरुको भनाइमा देशको अर्थव्यवस्था पुनर्जीवित हुनेछ किनभने अहिलेसम्म सैन्य व्यवस्थामै सबैभन्दा बढी खर्च हुने गरेको छ । सुडानी सरकार र केही सशस्त्र समूहको गठबन्धन सुडान क्रान्तिकारी मोर्चाबीच गत अगस्टको अन्तमा भएको सहमतिलाई जुबामा शनिबार आयोजित समारोहमा औपचारिकता दिइएको हो । शिखर सम्मेलनमा दक्षिण सुडानका राष्ट्रपति साल्वा कीरको सहभागिता थियो । दशकौँ लामो गृहयुद्ध पछि सन् २०११ मा सुडानबाट दक्षिण सुडानले स्वतन्त्रता पाएको थियो । सुडानको सार्वभौम परिषद्का प्रमुख जनरल अब्देल–फत्ताह बुरहान र उनका सहायक जनरल मोहम्मद हमादान डागालो पनि उक्त समारोहमा उपस्थित थिए । अर्धसैनिक बलका कमाण्डर डागालोले विद्रोही नेतासँग सम्झौतामा हस्ताक्षर गरेको थियो । उक्त समारोहमा सुडानका लागि अमेरिकी विशेषदूत डोनाल्ड बूथ, अफ्रिकी युनियनका अध्यक्ष मौसा फाकी र इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबौलीलगायत अन्य अफ्रिकी र अरब अधिकारी उपस्थित थिए । सम्झौताअनुसार विद्रोही सेनालाई सुडानको सशस्त्र बलमा एकीकृत गरिनेछ । पश्चिमी डार्फर, दक्षिण कोर्डोफान र ब्लू नाइलमा केन्द्रित सुडान क्रान्तिकारी मोर्चा लोकतन्त्र समर्थक आन्दोलनको मुख्य हिस्सा रहेको छ जसले अल बशीरको बिरूद्ध विद्रोहको नेतृत्व गरेको थियो । सुडानमा अब्देल–अजिल अल–हिलुले नेतृत्व गरेको सबभन्दा ठूलो एकल विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट–नर्थ पनि वार्तामा सहभागी थियो तर यससँग सरकारको सम्झौता हुन सकेको छैन । अल–हिलुले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाउन, अल बशीरका मिलिशियाको विघटन र देशको सेनाको पुनःसुधारको माग गरिरहेएको छ । यो समूहले आफ्ना माग पूरा नभए ब्लू नाइल र दक्षिणी कोर्डोफान प्रान्तमा आत्मनिर्णयको घोषणा गर्ने बताएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०६:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु बिहीबार, जेठ १२, २०७९
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त सोमबार, वैशाख ५, २०७९
आसाममा चट्याङ लागेर १४ को मृत्यु
आसाममा चट्याङ लागेर १४ को मृत्यु सोमबार, वैशाख ५, २०७९
कोरोनाबाट चीनको सांघाईमा तीन जनाको मृत्यु
कोरोनाबाट चीनको सांघाईमा तीन जनाको मृत्यु सोमबार, वैशाख ५, २०७९
संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत
संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत आइतबार, वैशाख ४, २०७९
स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी
स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी आइतबार, वैशाख ४, २०७९
अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको आग्रह
अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको आग्रह सोमबार, फागुन २३, २०७८
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP