Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित
जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १, २०७७
Hardik health
टोकियो– जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएको छ । जापानको संसद्मा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएको हो । जापानको संसद्मा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएको हो । किसानको छोरा सुगा अहिले ७१ वर्षको भएको छ । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री भएको छ । प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताएको छ । ‘मेरो लगाव सबै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,’ उनले भने । उनले आफुले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाइँमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएको छ । त्यसका लागि सबैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । उनको मन्त्रिपरिषद्मा पूर्व अर्थमन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने सम्भावना देखिएको छ । सुगाले यसअघि लिएको मन्त्रिपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालीन स्वास्थ्यमन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रूपमा रहेका सुगालाई यसअघि गत सोमबार उनी पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो । सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रूपमा जिम्मेबारी निर्वाह गरेको थियो । गत सोमबार भएको पार्टीभित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेको थियो। उनीसँग प्रतिस्पर्धा गरेका पूर्व विदेशमन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षामन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए । निवर्तमान प्रधानमन्त्री आबेले केही दिन अगाडि अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेको थियो । उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउँदै पद त्याग गर्नुभएका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरि प्रधानमन्त्रीमा निर्वाचत भएको थियो । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएका थिए । जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रूपमा रहेका ६५ वर्षीय आवेले आफ्नो कार्यकाल अझै झण्डै एक वर्ष बाँकी रहेकै बेलामा राजीनामा दिएको हो । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेको थियो । जापानमा अहिले पनि आबेलाई अति लोकप्रिय नेताका रूपमा लिइने र पार्टीभित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०५:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु बिहीबार, जेठ १२, २०७९
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त सोमबार, वैशाख ५, २०७९
आसाममा चट्याङ लागेर १४ को मृत्यु
आसाममा चट्याङ लागेर १४ को मृत्यु सोमबार, वैशाख ५, २०७९
कोरोनाबाट चीनको सांघाईमा तीन जनाको मृत्यु
कोरोनाबाट चीनको सांघाईमा तीन जनाको मृत्यु सोमबार, वैशाख ५, २०७९
संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत
संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत आइतबार, वैशाख ४, २०७९
स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी
स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी आइतबार, वैशाख ४, २०७९
अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको आग्रह
अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको आग्रह सोमबार, फागुन २३, २०७८
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP