काठमाडाैं- बिहीबार सेयर बजार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको हाे।
आज ४ अर्ब ६७ करोडको भएकाे छ। धेरैजसो समूहगत सूचक बढेका छन् । व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७४, फाइनान्स ०.२७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.३१, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.६४ प्रतिशत बढे । अन्य ०.०८ तथा लगानी ०.४२ प्रतिशत घटे ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै स्नो रिभर्सको १३.७१, एपोलो हाइड्रोपावरको ९.२५, होटल फरेस्ट इनको ७.५१ तथा सोपान फर्मास्युटिकल्सको मूल्य ७.४७ प्रतिशत बढ्यो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो । बुधबारदेखि यस हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीको गरी कुल १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसले बिहीबारको मूल्यलाई असर पार्यो ।
त्यस्तै बुंगल हाइड्रोपावरको ९.९३, रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।