Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
समाचार
  • Home
  • समाचार
  • साउनले जगाएको आस्था र हरियो रौनक
साउनले जगाएको आस्था र हरियो रौनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १, २०८३

धरान - धरान उपमहानगरपालिका–१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँगै हरियो चुरा र हरियो पोसाकमा सजिन्छन्  । उनले भने, “अरूबेला जस्तोसुकै कपडा लगाए पनि साउन लागेपछि हरियो चुरा, हरियो कुर्ता लगाउने र हातमा मेहेन्दी लगाउने गर्छु । महिला साथीहरू हरियो शृङ्गारमा सजिएको देख्दा धर्म र संस्कृतिप्रतिको सम्मान अझ बढेको महसुस हुन्छ । साउने सोमबार व्रत बसेर हरियो चुरा लगाउँदा मनमा खुसी, आनन्द र शान्तिको अनुभूति हुन्छ ।”

यो महिना महिलाहरूका लागि विशेष महत्व बोकेको महिना हो । हरियो चुरा, मेहेन्दी तथा हरियो र पहेँलो पहिरन सजावट वा फेसनका लागि मात्र नभई परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिएको विषय हो । साउन सुरु भएपछि महिलामा छुट्टै उत्साह जाग्ने उहाँ बताउनुहुन्छ । साउन महिना सुरु भएसँगै देशका विभिन्न स्थानका सहरहरुमा हरियो चुरा, मेहेन्दी र सोमबारे व्रतको रौनक छाएको छ । परापूर्वकालदेखि चलिआएको यो परम्परा अहिले धार्मिक आस्थामा मात्र सीमित नरही आधुनिक फेसन, बजार अर्थतन्त्र र स्वास्थ्य सचेतनासँग पनि जोडिन थालेको छ ।

साउनको आगमनसँगै नेपाली हिन्दू समुदायमा विशेष उमङ्ग र उल्लास छाएको छ । महिलाहरू हरियो, पहेँलो र रातो रङका पहिरन, चुरा तथा मेहेन्दीमा सजिएर धार्मिक आस्था प्रकट गरिरहेका छन् । शिवालयहरूमा सोमबारे व्रत बस्ने, पूजा–आराधना गर्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने भक्तजनको चहलपहल पनि निकै बढेको छ । धरानका भानुचोक, पुतलीलाइन, देशीलाइन, पुरानो बजारलगायतका क्षेत्रमा हरियो चुरा, मेहेन्दी र साउने शृङ्गार सामग्री किन्ने महिलाको भीड बढेको छ । साउन लागेसँगै सोमबारे व्रत, शिवपूजा र हरियो शृङ्गारले बजारमा विशेष रौनक थपिएको व्यवसायीहरू बताउँछन् ।

हिन्दू परम्पराअनुसार साउन महिनामा विशेषगरी सोमबारका दिन व्रत बसी भगवान् शिवको पूजा–आराधना गर्ने चलन रहिआएको छ । विवाहित महिलाका लागि साउन धर्म, संस्कृति र सौभाग्यको प्रतीकका रूपमा मानिन्छ । यस अवधिमा महिलाहरू व्रत बस्ने, शिव मन्दिरमा पूजा गर्ने, शाकाहारी भोजन गर्ने तथा हरियो चुरा, हरियो पोसाक र अन्य हरिया शृङ्गार सामग्री प्रयोग गर्ने परम्परा छ ।

Hardik health

धरान उपमहानगरपालिका–८ का सरिता बस्नेत साउने व्रतले अनुशासन, संयम र श्रद्धाको भावना विकास गराउने बताए । उनले भने, “साउन लागेपछि हामी साथीहरूसँग हरियो चुरा र लुगा किन्छौँ । महिनाभर सोमबारे व्रत बस्छौँ र शिव मन्दिरमा पूजा–आराधना गर्छौँ । हरियो रङलाई आशा, समृद्धि र नयाँ जीवनको प्रतीकका रूपमा लिइने भएकाले हरेक वर्ष उत्साहका साथ साउने शृङ्गार गर्ने गर्छौँ । यसलाई सौभाग्य र प्रकृतिसँगको सामीप्यको प्रतीक पनि मानिन्छ ।”

साउनमा भगवान् शिवको आराधनाको विशेष समय हो । व्रत बस्ने, मन्दिर जाने, चुरा र मेहेन्दी लगाउने चलन पुरानै भए पनि समयसँगै यसको महत्व अझ बढ्दै गएको छ । अहिले धेरै महिलाले साउनलाई आत्मचिन्तन र आध्यात्मिक उन्नतिको समयका रूपमा पनि लिन थालेका छन् ।

इटहरी उपमहानगरपालिका–६ की सीता निरौला साउनलाई धार्मिक पर्वसँगै महिलाबीचको एकता र आत्मीयता बढाउने अवसरका रूपमा पनि लिए। उनले भने, “साउनको हरेक सोमबार हामी समूहमा पूजा गर्छौं, भजन गाउँछौँ र मन्दिर जान्छौँ । यसले साथीभाइबीचको सम्बन्ध अझ बलियो बनाउँछ । व्रत बस्दा आत्मिक शान्ति मिल्छ भने हरियो चुरा, मेहेन्दी र पहिरनले हाम्रो संस्कृतिलाई जीवन्त राख्न मद्दत गर्छ । साउन महिना हामी महिलाका लागि साँच्चिकै विशेष लाग्छ ।” धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सद्भाव र आधुनिक जीवनशैलीलाई एकसाथ जोड्ने पर्वका रूपमा साउन महिना स्थापित हुँदै गएको छ । समयसँगै साउने शृङ्गार फेसनका रूपमा पनि लोकप्रिय बन्दै गए पनि यसको मूल आधार धर्म, संस्कृति र परम्परामै रहेको महिलाहरूको भनाइ छ ।

साउन महिनाको आगमनसँगै सुनसरीका प्रमुख व्यापारिक क्षेत्र इटहरीको हटिया लाइन, सङ्गीत चोक, सुनसरीको झुम्का बजार तथा धरानका भानुचोक, सब्जीमण्डी, देशीलाइनलगायतका क्षेत्रमा रहेका चुरा तथा कस्मेटिक पसलमा उल्लेखनीय चहलपहल बढेको छ । हरियो चुरा, मेहेन्दी, पोते, टिकालगायतका साउने शृङ्गार सामग्री खरिद गर्ने महिला ग्राहकको भीड बढेसँगै बजार गतिविधि पनि रङ्गीन बनेको छ । व्यवसायीहरूका अनुसार साउन महिनामा चुरा, मेहेन्दी, टीका, बिन्दी, क्लिप, नेलपोलिस, सिन्दूरलगायतका शृङ्गार सामग्रीको बिक्री अन्य महिनाको तुलनामा उल्लेखनीय रूपमा बढ्ने गर्छ । विशेषगरी, विवाहित तथा किशोरी महिलामा हरियो चुरा र मेहेन्दीप्रति आकर्षण बढेकाले यतिबेला ती सामग्रीको माग उच्च रहेको धरानका व्यवसायी रमेश शाह बताए ।

धरानको सब्जीमण्डीमा चुरा पसल सञ्चालन गर्दै आएका विजय महर्जनका अनुसार साउन महिनामा हुने कारोबार अन्य महिनाको तुलनामा झण्डै दोब्बर नै हुने गरेको छ । उनले भने, “साउन सुरु भएपछि बिहानैदेखि ग्राहकको घुइँचो लाग्न थाल्छ । अन्य महिनामा फाट्टफुट्ट ग्राहक आउने भए पनि साउनभर बिहानदेखि बेलुकासम्म चुरा लगाउने महिलाको भीड भइरहन्छ । हामी जस्ता साना व्यवसायीका लागि यो महिना विशेष व्यस्तता र राम्रो आम्दानी गर्ने अवसर पनि हो ।”

व्यापारीका अनुसार अहिले बजारमा काँचका चुरा प्रति दर्जन रु ४० देखि रु ८० सम्म तथा मेटलका चुरा रु एक सयदेखि रु १८० सम्ममा बिक्री भइरहेको छ । साउन महिनामा मेहेन्दी लगाउने चलन पनि उत्तिकै बढ्दो छ धरानका ब्युटीपार्लर तथा सौन्दर्य सैलुनमा पनि सेवाग्राहीको चाप बढेको छ । धरान पुतलीलाइनमा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी रीता राई साउन सुरु भएयता मेहेन्दी लगाउन आउने महिलाको सङ्ख्या दिन प्रतिदिन पार्लरमा बढ्दै गएको बताइन् ।

साउनको शृङ्गार सौन्दर्यसँग मात्र सीमित छैन । हरियो चुरा, मेहेन्दी र हरियो पहिरनले धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा नारीको सौभाग्यसँग जोडिएको सांस्कृतिक पहिचानलाई पनि झल्काउने गरेको छ । हरियाली मौसमसँगै साउने शृङ्गारले प्रकृति र संस्कृतिको सुन्दर सङ्गम प्रस्तुत गर्ने गरेको छ । साउन वर्षा ऋतुको मध्यसमय भएकाले असारमा रोपिएको धान खेतभरि हरियाली फैलिन थाल्छ । जताततै हरियाली छाउने भएकाले पनि यस महिनालाई हरियालीको प्रतीकका रूपमा लिने गरिन्छ । कृषकका लागि रोपाइँ सम्पन्न भएपछि केही फुर्सद मिल्ने र प्रकृतिसँग रमाउने समय पनि यही हो ।

हिन्दू परम्पराअनुसार साउन महिनामा विवाहित महिलाले श्रीमानको दीर्घायु, पारिवारिक सुख शान्ति र समृद्धिको कामना गर्दै सोमबारे व्रत बस्ने, हरियो चुरा तथा मेहेन्दी लगाउने र भगवान् शिवको पूजा–आराधना गर्ने चलन छ । यही कारण साउन लागेसँगै सुनसरीका विभिन्न शिव मन्दिरमा भक्तजनको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिन्छ । हरियो, पहेँलो र रातो रङका पहिरन तथा चुरा साउने शृङ्गारका प्रमुख आकर्षण हुन् । हिन्दू मान्यताअनुसार हरियो रङ हरियाली, आशा र समृद्धिको, पहेँलो पवित्रताको तथा रातो रङ सौभाग्यको प्रतीक मानिन्छ । यी रङको संयोजनमा महिलाहरू व्रत तथा शिवपूजामा सहभागी हुने परम्परा रहिआएको छ ।

धार्मिक मान्यताअनुसार देवी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर व्रत बसेर हरियो शृङ्गारसहित आराधना गरेको विश्वास गरिन्छ । यही विश्वासका आधारमा नेपाली हिन्दू महिलाले साउन महिनालाई सौभाग्य, वैवाहिक सुख र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गरेका छन् । 

साउन सुरु भएसँगै धरान–१४ स्थित प्रसिद्ध पिण्डेश्वर महादेव मन्दिरमा पनि धार्मिक तथा सांस्कृतिक रौनक बढेको छ । विजयपुर डाँडामा अवस्थित पिण्डेश्वर मन्दिरमा साउन १ गतेदेखि सुरु भएको बोलबम मेला एक महिनाभर सञ्चालन हुन्छ । अहिले पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका शिवभक्तको उल्लेखनीय भीड देखिन थालेको छ । भक्तजनहरू चतरास्थित सप्तकोशी नदीमा स्नान गरी खाली खुट्टा गेरुवस्त्र धारण गरेर पवित्र जल बोकी पिण्डेश्वर महादेवलाई जल अर्पण गर्न आउने परम्परा आज पनि निरन्तर रहेको छ । पिण्डेश्वर महादेव मन्दिरमा भगवान् शिवको ‘अमृतपिण्ड’का रूपमा पूजा–आराधना गरिन्छ । 

धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट प्राप्त अमृतको अंशबाट यो मन्दिर स्थापित भएकाले यहाँ चढाइने जलले विशेष पुण्य प्राप्त हुने विश्वास छ । स्कन्द पुराणमा समेत यस क्षेत्रको महत्व उल्लेख गरिएको पाइन्छ । यही विश्वासका कारण हरेक वर्ष साउन महिनाभर, विशेषगरी सोमबारका दिन, हजारौँ शिवभक्त पिण्डेश्वरमा पुगेर पूजा–आराधना गर्ने गर्छन् ।

हिन्दू धर्मशास्त्रमा साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिएको छ भने साउने सोमबारलाई विशेष फलदायी मानिन्छ । यसै अवसरमा धरानको पिण्डेश्वर महादेव मन्दिरमा लाग्ने ‘बोलबम मेला’ धार्मिक आस्था र भक्तिभावको प्रमुख केन्द्रका रूपमा परिचित छ । “हर हर महादेव” र “बोलबम” को जयघोष गर्दै भक्तजन समूह–समूहमा पैदलयात्रा गरी चतरास्थित सप्तकोशी नदीबाट पवित्र जल बोकेर पिण्डेश्वरमा आई शिवलिङ्गमा जल अर्पण गर्ने परम्परा निरन्तर छ ।

भारतको बिहारस्थित देवघरको वैद्यनाथधाम मन्दिरमा बोलबम मेलाको पुरानो परम्परा रहेपनि २०४२ सालदेखि धरानको पिण्डेश्वर महादेव मन्दिरमा पनि बोलबम मेला सञ्चालन हुँदै आएको छ । त्यसयता यो मन्दिर नेपाल तथा भारतका शिवभक्तहरूको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विशेषगरी, भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशका साथै नेपालको तराई, पहाड तथा राजधानीबाट समेत ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन् ।

साउन महिनाभर व्रत बसेका महिलाको सहभागिता पनि उल्लेखनीय हुने गरेको छ । हरियो चुरा, पहेँलो साडी तथा पूजा सामग्रीसहित मन्दिर पुग्ने व्रतालु महिलाले भगवान् शिवको आराधना गर्दै पारिवारिक सुख, शान्ति, समृद्धि र पति दीर्घायुको कामना गरिहेका छन् । मेला अवधिभर पिण्डेश्वर मन्दिर परिसरमा जलपान, विश्राम तथा पूजा सामग्री बिक्रीका लागि दर्जनौँ अस्थायी स्टल सञ्चालन गरिएका छन् । 

धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईका अनुसार पिण्डेश्वर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य पनि हो । उनले साउन महिनामा सञ्चालन हुने बोलबम मेलाले धरानको धार्मिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय व्यापार व्यवसायलाई समेत टेवा पुर्‍याउँदै आएको बताए । साउने बोलबम मेलामा भक्तजनको सहजताका लागि मूल आयोजक समितिले सुरक्षा, पार्किङ, यातायात व्यवस्थापन, खानेपानी, शौचालय, निःशुल्क भोजन तथा विश्रामस्थलको व्यवस्था गरेको छ । वर्षाका समयमा एक हजारभन्दा बढी भक्तजन अट्ने आश्रयस्थल र आधुनिक ढङ्गको लाइन व्यवस्थापन समेत गरिएको उनको भनाइ छ ।

धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सद्भाव र स्थानीय अर्थतन्त्रलाई एकै सूत्रमा बाँध्ने साउन महिना समयसँगै नेपाली समाजको जीवनशैलीसँग अझ गहिरोसँग जोडिँदै गएको छ । हरियो शृङ्गार, सोमबारे व्रत, शिवपूजा र बोलबम मेलाले साउनलाई धार्मिक पर्वमा सीमित नराखी संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय व्यापार व्यवसाय चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा स्थापित गरेको छ । यही कारण साउन महिना आज पनि नेपाली समाजमा विशेष गरी महिलाहरुले आस्था, उत्साह र सांस्कृतिक पहिचानको जीवन्त प्रतीकका रूपमा मनाउँदै आएका छन् ।

- स‌ंगीता राई/रासस


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने मंगलबार, भदौ २, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP