काठमाडौं - प्रतिनिधिसभाकी सांसद भिमकुमारी बुढामगरले नेपालको संघीयता कुनै टिकटक बनाएर नआएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद बुढामगरले अहिलेको रास्वपा सरकार संघीयता मास्ने बाटोमा रहेको आरोप लगाएकी हुन् ।
उनले नेपालको संघीयता हजारौंको बलिदानीबाट प्राप्त भएको बताइन् । उनले भनिन्, ‘नेपालमा संघीयता कुनै टिकटक बनाएर आएको होइन् ।’ उनले रास्वपा नेतृत्वको सरकारमाथि नागरिकले गरेको आशा निराशामा परिणत हुन थालेको बताएकी छन् ।
उनले अहिले रास्वपालाई भोट दिएर सरकारमा पुर्याउने जनताले किन मत दिएछन् भनेर घरघरमा समीक्षा गरिरहेको समेत बताइन् ।