Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्ने सहमति
पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्ने सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

कास्की पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोलपम्प क्षेत्रका जग्गाधनीबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ । महानगरले उक्त क्षेत्रका संरचना हटाउने तयारी गरेपछि जग्गाधनीहरूले त्यसविरुद्ध उच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटउपर छलफलका लागि अदालतले आजका लागि दुवै पक्षलाई बोलाएको थियो । यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो ।

महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको बताए । “जग्गाधनीका तर्फबाट अदालतमा दायर गरिएको रिट फिर्ता लिएर बसपार्क निर्माणकार्यमा सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी जुटेको छ”, उनले भने।

सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ । यसैगरी, हाल सञ्चालनमा रहेका सटर  कबल जेठ २५ गतेको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमतिसमेत भएको महानगरले जनाएको छ । यसअघि प्रस्तावित बसपार्क क्षेत्रका बनेका संरचनाहरू हटाउनका लागि पटकपटक सूचना जारी हुँदै आएको थियो । विसं २०३२ मा बसपार्कका लागि अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जमिन हाल २६ रोपनीमा खुम्चिएको छ ।

Hardik health

हालसम्म विभिन्न कारणले रोकिँदै आएको सुविधासम्पन्न बसपार्क निर्माण कार्यलाई अब सहमतिमै अघि बढाइने महानगरले जनाएको छ  । पछिल्लो पटक यहाँका संरचना हटाउन सोमबारसम्मको समय दिइएको थियो । यसबीचमा कतिपय जग्गाधनी र भाडामा लगाइएका सटरहरू खाली भएका छन् । बसपार्कमा रहेका सुकुम्बासी र भूमिहीनहरूले भने वैकल्पिक व्यवस्थापछि मात्र संरचना खाली गर्ने बसपार्क सरोकार समितिका संयोजक प्रेमबहादुर गुरुङले बताए । महानगरले बसपार्ककोे जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको व्यवस्थापनका लागि जमिन खोजी समितिको सिफारिसका आधारमा ‘जमिन प्लट’ मिलान तथा अन्य पूर्वाधार अध्ययनका लागि समिति गठन गरेको छ ।

सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका जग्गाहरूमध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको जनाइएको छ । उक्त समितिलाई सिफारिस भएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने तथा बसोबास व्इवस्थापनका लागि विश्लेषण गरी सात दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको महानगर प्रमुख आचार्यले जानकारी दिए। 
 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध बिहीबार, साउन १४, २०८३
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध बुधबार, साउन १३, २०८३
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह बुधबार, साउन १३, २०८३
नारायणगढ-मुग्लिन सडक : पहिरा पन्छाउन सकस
नारायणगढ-मुग्लिन सडक : पहिरा पन्छाउन सकस मंगलबार, साउन १२, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध मंगलबार, साउन १२, २०८३
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा सोमबार, साउन ११, २०८३
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP