Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ९, २०८३

त्रिशूली- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु-६ छहरेमा सम्बोधन गर्दै बताएका हुन् । 

मन्त्री डा तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताए । “जनताको अभिमतबाट काम गर्न प्राप्त जिम्मेवारीमा अहिलेको सरकारले इमान्दार भएर जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको छ,” उनले भने, “पाँच वर्षका लागि काम गर्न प्राप्त जिम्मेवारीमा सरकारले एक सय दिन, छ महिना, एक वर्ष हुँदै पाँच वर्षमा के-के गर्ने भनेर लक्ष्य लिएको छ । सोही लक्ष्य पूरा गर्दै अघि बढ्ने भएकाले पाँच वर्षमा जनताले महसुस गर्ने गरेर मुलुकमा परिवर्तन हुनेछ ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । सरकार गठन भएको छोटो अवधिमै भएका कामकारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उनको भनाइ छ ।

Hardik health

“देशको विकास र परिवर्तनका लागि अहिलेका जनता निकै सचेत रहेका छन् । जनताको चाहना र भावनाअनुसार सकारात्मक परिवर्तन गर्न सरकारले काम गरिरहेको छ । सरकारका लागि देश र जनताभन्दा कुनै अर्को ठूलो प्राथमिकता छैन,” मन्त्री तिमिल्सिनाले भने । देशमा विगतदेखिका विभिन्न समस्या र युवा वर्गको नैराश्यता अन्त्य गर्दै जनताको मुहारमा खुसी ल्याउन दिनरात नभनी सरकारले काम गरिरहेकाले परिवर्तन हुनेछ भन्नेमा आशावादी हुन उनले आग्रह गरे । 

सञ्चार मन्त्रालयअन्तर्गतका नेपाल टेलिकम, हुलाकलगायत नवीनतम काम गर्दै जनतालाई राहत दिन आफूले योजनाबद्ध रूपमा काम गर्दै आएको उनले जानकारी दिए । अगामी पाँच वर्षमा रचनात्मक काम गरेर जनतालाई परिवर्तनको महसुस गराई जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उनले विश्वास दिलाए ।
सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले आगामी आर्थिक वर्षका लागि तयार भइरहेको बजेटमा नवीन योजना र जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमसहितको समावेश गर्न लागिएको बताए । विगतका वर्षका बजेटमा राजनीति र शक्तिको पहुँच हाबी हुने गरेकाले आगामी वर्षको बजेटमा सामाजिक न्याय, जनताको माग र सरकारको लक्ष्यअनुरूप देश विकासको मुहार झल्कने ‘नयाँ भिजन’को हुने उनले उल्लेख गरे । योजनाका लागि राजनीतिक दल, नेता, सांसद र मन्त्रीको ढोका चहानुपर्ने बाध्यता अन्त्य गर्दै पछि परेका वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्वसहितको बजेट सरकारले तयार गरिरहेको उनले जानकारी दिए । 

सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न पार्टीपङ्क्तिलाई सुझाव दिए। नयाँ नेतृत्व चयनका लागि सौहार्द्रपूर्ण वातावरणमा निर्णय गर्न सुझाव दिँदै उनले अहिलेको राजनीतिक नयाँ मोडमा रहेकाले सोहीअनुसार अघि बढ्न सचेत गराए । “देशमा लामो समयदेखि राजनीतिलाई कमाउने भाँडो, आफ्ना मान्छेलाई जागिरमा लगाउने माध्यम र पहुँचमा भएका व्यक्तिको चाहनाअनुसार प्रयोगमा ल्याइयो,” उनले भने, “रास्वपाको राजनीति जनताको सेवा गर्ने माध्यम हो । जिम्मेवारीमा पुग्ने एउटा साधन हो, साध्यका रुपमा लिनु हुँदैन ।”

देश र जनतालाई निश्चित ठाउँमा पुर्‍याउने औजारका रूपमा राजनीतिलाई रास्वपाले लिएको उल्लेख गर्दै उनले पार्टीमा जोडिने र जिम्मेवारीमा रहने व्यक्तिले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने स्मरण गराए । मन्त्री तिमिल्सिनाले पदलाई प्राप्तिका रूपमा नलिई राजनीतिक जिम्मेवारीका रुपमा लिएर सङ्गठनलाई अघि बढाउन, विगतका बिग्रँदो राजनीतिलाई सुधार गर्न र आगामी स्थानीय तहको चुनावको तयारीमा  ध्यान दिन अनुरोध गरे । 
पार्टीका विभिन्न तहमा अहिले भइरहेका निर्वाचनमा पदको प्राप्तिभन्दा देश निर्माणमा आफ्नो जिम्मेवारीका रूपमा लिएर सौहार्द्रपूर्ण वातावरणमा नयाँ नेतृत्व चयन गर्न उनले सुझाव दिए । 


 


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल शनिबार, जेठ ९, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित शनिबार, जेठ ९, २०८३
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP