Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३

काठमाडौं- विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको हाे । 

हरेक १२/१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उनले बताए । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्वार गरिएको थियो । यस्तै, विसं २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । 

Hardik health

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताए । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उनको भनाइ छ ।

गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ । 
 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शुक्रबार, साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध बिहीबार, साउन १४, २०८३
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध बुधबार, साउन १३, २०८३
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP