काठमाडाैं- साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा घटेकाे छ। आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेकाे हाे ।
आज दिनभर ३४५ वटा कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बजारको ’ब्रेथ’ निकै कमजोर देखिएको छ। कूल २६१ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा जम्मा ७ वटा कम्पनीको मूल्य मात्र बढेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन।
आज बजारमा नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, भुगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी शिवम् सिमेन्टको ४५.१७ करोड, ङादी ग्रुप पावरको ४२.०३ करोड र नेशनल हाइड्रोपावरको ३६.७० करोड क्रमशः सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।