Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
समाचार
  • Home
  • समाचार
  • हुलाक तयार, स्रोतसाधन अपुग
घरघरमै सरकारी कागजात पु¥याउने योजना हुलाक तयार, स्रोतसाधन अपुग
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, चैत १९, २०८२
  • हुलाकमार्फत राहदानी, सवारी लाइसेन्सलगायत कागजात घरमै पु¥याउने सरकारको योजना
  • सेवाग्राहीको झण्झट हट्ने र भीड व्यवस्थापनमा सहयोग हुने अपेक्षा
  • राहदानी, यातायात विभाग र हुलाक सेवा विभाग निर्णय कार्यान्वयन गर्न तयार
  • कार्यविधि र स्रोतसाधन आवश्यक, कम्तीमा ५० पिकअप सवारी भए घरमै कागजात पु¥याउन हुलाक सक्षम 

हाम्रा हुलाकहरू सेवाग्राहीको घरघरमा पुगेर सेवा पु¥याउन सक्नेगरी विकास भयो भने हाम्रो तर्फबाट खासै समस्या छैन । अरु देशमा यस्तो प्रचलन छ पनि ।
तीर्थराज अर्याल
महानिर्देशक, राहदानी विभाग

काठमाडौं- सरकारले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीमा राहदानी, सवारी चालक अनुमतिपत्रलगायत कागजातलाई हुलाक सेवामार्फत सेवाग्राहीको घरमै पु¥याउने विषय समेटिएको छ । त्यसो गर्दा सेवाग्राहीले सम्बन्धित राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरू र यातायात व्यवस्था कार्यालयहरूमा बारम्बार धाउनुपर्ने झण्झटबाट राहत पाउने अपेक्षा गरिएको छ । 

सरकारले गरेको निर्णयबमोजिम काम गर्न हामी त तयार छौं तर स्रोतसाधन जुटाइदिनुपर्छ । 
मनमाया भट्टराई पंगेनी 
महानिर्देशक, हुलाक सेवा विभाग

सरकारले सेवा प्रवाहलाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित यस्तो व्यवस्था लागू गर्न लागेको जनाएको छ । यसबाहेक सेवाको पहुँच विस्तार, भीड व्यवस्थापन र ग्रामीण तथा दुर्गम क्षेत्रका सेवाग्राहीलाई विशेष लाभ पुग्ने सरकारी दाबी छ । तर, राहदानी विभाग र यातायात व्यवस्था विभाग हुलाकमार्फत उक्त सेवा सञ्चालन गर्न सक्षम छन् ? चासो यसमा छ । यसबारे राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई जिज्ञासा राख्दा उनले विभाग सक्षम रहेको र हुलाकले सक्ने भए आफूहरूका तर्फबाट कुनै समस्या नहुने बताए ।

Hardik health

उनले प्रभावसँग भने, ‘हाम्रा हुलाकहरू सेवाग्राहीको घरघरमा पुगेर सेवा पु¥याउन सक्नेगरी विकास भयो भने हाम्रोतर्फबाट खासै समस्या छैन । अरु देशमा यस्तो प्रचलन छ पनि ।’ १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची स्वीकृत गरेकोमा कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी र सवारी चालक अनुमतिपत्र सेवाग्राहीको घरमै पु¥याउने विषय उल्लेख छ ।  त्यहाँ भनिएको छ, ‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी गभर्मेन्ट कुरियर सर्भिसका रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका सरकारी कागजातहरू÷सामग्रीहरू घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने ।’

हाल राहदानी विभाग र देशका जिल्ला प्रशासन कार्यालयहरूबाट राहदानी उपलब्ध हुँदै आएको छ । यातायात व्यवस्था विभागले  सवारीसाधनका लाइसेन्स तयार भएपछि हाल एसएमएसमार्फत सेवाग्राहीलाई जानकारी गराउँदै आएको छ । एसएमएस पाएपछि सम्बन्धित कार्यालयमा गएर सेवाग्राहीले आफ्नो लाइसेन्स बुझ्ने गरेको विभागका सूचना अधिकारी गणेशमान राईले बताए । उनका अनुसार लाइसेन्सको डेलिभरी सेवा सुरु गर्नुअघि सरकारकोतर्फबाट केही स्पष्टता आवश्यक हुनुपर्छ ।

‘सरकारले गरेको निर्णय कार्यान्वयन गर्न हामी तयार छौं तर छापिएका लाइसेन्सहरू पाएपछि होम डेलिभरीका लागि हामी छुट्याउनुपर्ने होला, थप जनशक्ति चाहिएला, हुलाक सेवा विभागसँग पनि सम्झौता गर्नुपर्ने होला, यत्ति भएपछि त भइहाल्छ,’ उनले भने । विभागले प्रदेशहरूका हकमा पनि लाइसेन्स छाप्दै आएको छ । तर, कहिलेसम्म छाप्नुपर्ने भन्ने स्पष्ट हुनुपर्ने विभागका सूचना अधिकारी राईले बताए । 

राहदानी र सवारी चालक अनुमतिपत्र सेवाग्राहीलाई घरमै वितरण गर्ने सरकारले निर्णय गर्दा काठमाडौंमा एउटा गोश्वारा हुलाक छ भने ७० जिल्लामा जिल्ला हुलाक कार्यालय छन् । छ वटा हुलाक निर्देशनालय छन् । यिनै संगठन संरचनाबाट हुलाक सेवा विभागले हाल चिठीपत्र, द्रूत डाँक सेवा तथा पार्सल सेवा उपलब्ध गराउँदै आएको छ । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले राहदानी विभागसँग सम्झौता गरेर हाल विभिन्न ३३ जिल्लामा राहदानी पु¥याउँदै आएको बताइन् । 

उनका अनुसार भूमि व्यवस्था मन्त्रालयसँग सम्झौता गरेको विभागले लालपुर्जा पनि डेलिभरी गर्दै आएको छ । यसबाहेक काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमूनाहरू पनि ओसारपसारमा हुलाक सेवा विभाग संलग्न रहँदै आएको उनको भनाइ छ । उनले भनिन्, ‘हामीलाई राहदानी र सवारी चालक अनुमतिपत्र ओसारपसार र वितरणमा त्यस्तो समस्या छैन । त्यो नौलो पनि होइन ।’ तर, केही स्रोतसाधन जुटाउनुपर्ने उनले बताइन् ।

‘सरकारले गरेको निर्णयबमोजिम काम गर्न हामी त तयार छौं तर स्रोतसाधन जुटाइदिनुपर्छ,’ उनले भनिन्, ‘राहदानी विभाग एवं यातायात व्यवस्था विभागमा आवश्यक प्रणाली छिट्टै तयार गरिदिने हो भने हामी सक्छौं,’ उनी भन्छिन् ।  उनका अनुसार देशका ७५३ वटै स्थानीय तहमा हुलाक सेवा विभागको उपस्थिति छ । यद्यपि, ओसारसपारका लागि पर्याप्त सवारीसाधनको अभाव झेल्दै आएको उनले बताइन् । 

खासगरी जेन–जी विद्रोहमा धेरै पिकअप गाडी जलेको र हाल विभागसँग सातवटा ट्रकमात्रै रहेको बताइन् । निर्वाचन आयोगसँग निर्वाचनमा प्रयोग भएका पिकअप सवारीसाधन मागिएको र ५० वटामात्रै पाए सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सकिने उनको भनाइ छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना
गृहमन्त्री गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना बिहीबार, चैत १९, २०८२
सरकारी सञ्चार माध्यमबाटमात्रै विज्ञापन प्रकाशन निर्णयमा  पत्रकार महासंघको विरोध
सरकारी सञ्चार माध्यमबाटमात्रै विज्ञापन प्रकाशन निर्णयमा  पत्रकार महासंघको विरोध बिहीबार, चैत १९, २०८२
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज बिहीबार, चैत १९, २०८२
महानगरले रात्रिकालीन बस सेवा वैशाख १ देखि सञ्चालन गर्ने
महानगरले रात्रिकालीन बस सेवा वैशाख १ देखि सञ्चालन गर्ने बिहीबार, चैत १९, २०८२
बिचौलियालाई कार्यालयमा प्रवेश निषेध गर्न भूमि मन्त्रालयकाे निर्देशन
बिचौलियालाई कार्यालयमा प्रवेश निषेध गर्न भूमि मन्त्रालयकाे निर्देशन बिहीबार, चैत १९, २०८२
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन बिहीबार, चैत १९, २०८२
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP