Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • ओली पक्राउविरुद्ध एमालेकै नेताहरू मौन, फितलो बन्दै सडक प्रतिरोध
ओली पक्राउविरुद्ध एमालेकै नेताहरू मौन, फितलो बन्दै सडक प्रतिरोध
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, चैत १७, २०८२
  • पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध पार्टी नेताहरूकै अघोषित समर्थन 
  • ओली पक्राउको सशक्त प्रतिवाद भने पनि नेताहरू सडकमा निस्किएनन्
  • केही कार्यकर्तामात्रै सडकमा उत्रिँदा एमालेको प्रदर्शन फितलो

हामी हाम्रो अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधपूर्ण र पूर्वाग्रहसहित भएको पक्राउविरुद्ध देशभर आन्दोलनमा छौं । आन्दोलन विस्तारै उठ्दै छ । जनसमुदायको समर्थन बढ्दो छ ।
प्रदीप ज्ञवाली
नेता, नेकपा एमाले 

काठमाडौं- नेकपा एमालेले आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि गरेको प्रदर्शन दिनहुँ फितलो देखिँदै गएको छ । पार्टीका केही नेता-कार्यकर्तामात्रै प्रदर्शनमा निस्किएका छन् । अधिकांश नेताहरूको उपस्थिति आन्दोलनमा देखिएको छैन् । उनीहरूले ओलीको पक्राउलाई खासै विरोध गरेकोसम्म पनि देखिएको छैन ।


शनिबारको मन्त्रिपरिषद् बैठकमा ओली र उनको सरकारमा गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछिको सम्भावित प्रदर्शन र त्यसलाई नियन्त्रणबारे छलफल भएको थियो । गृहमन्त्री सुधन गुरुङले ओलीको पक्राउपछि एमालेले सडकबाट सशक्त प्रतिवाद गर्न सक्ने विश्लेषणका आधारमा देशभरका प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका थिए । सुरक्षाकर्मीहरूलाई बिदामा नबस्नसमेत गृहमन्त्री गुरुङको निर्देशन थियो । सोहीअनुसार शुक्रबार रातिदेखि नै काठमाडौं उपत्यकामा बाक्लोगरी सुरक्षाकर्मी परिचालित छन् ।

ओली र लेखक शनिबार बिहानै पक्राउ परे । त्यही बिहान बसेको एमाले सचिवालय बैठकले ओली-लेखकको पक्राउ प्रतिशोधपूर्ण, पूर्वाग्रहपूर्ण र अन्यायपूर्ण रहेको भन्दै सडक, सदन र अदालत गरी तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले सुनाए । तर, सडकमा एमाले प्रदर्शन औपचारिकतामात्रै जस्तो देखिएको छ । एमाले नेता प्रदीप ज्ञवालीले विस्तारै आन्दोलन उठ्दै गरेको दाबी गरेका छन् । ‘हामी हाम्रो अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधपूर्ण र पूर्वाग्रहसहित भएको पक्राउविरुद्ध देशभर आन्दोलनमा छौं । आन्दोलन विस्तारै उठ्दै छ । जनसमुदायको समर्थन बढ्दो छ, हामी निरन्तर आन्दोलनमा हुनेछौं,’ उनले प्रभावसँग भने ।

Hardik health

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली शासकीय जिम्मेवारीमा रहँदा उनको हेल्चेक्र्याइँले २३ भदौमा १९ जना नवजवान मारिने स्थिति भएको भन्दै गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि पक्राउ परेका हुन् । उनीविरुद्ध मुलुकी फौजदारी दण्ड सहिताको १८१ र १८२ अनुसार प्रहरीले अनुसन्धान थालेको छ । उनी भने चिकित्सकका अनुसार प्रतिकूल स्वास्थ्य अवस्थाले गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै उपचाररत छन् । उनले पक्राउ पर्दै गर्दा आफू कानुनी र राजनीतिक रूपले प्रतिवाद गर्न सक्षम रहेको दाबी गरेका थिए । 

तर, ओलीको रिहाइको लागि दबाब दिन एमाले नेताहरू नै निस्किएनन् । एक-दुई सय जना कार्यकर्ता सडक प्रदर्शनमा निस्किन्छन् । जबकि, सुरक्षाकर्मी तीन-चार गुणा बढी सडकमा देखिन्छन् । यस्तोमा एमाले कार्यकर्ताहरूले प्रहरीको लाठीको सामना गरिरहनुपरेको छ । सोमबार त प्रहरीको कुटाइ खाएका एक जना एमाले प्रदर्शनकारीले प्रहरीसामु बिन्ती नै गर्दै भने, ‘कुट्न त कुट्नु तर गोरु कुटाइ नकुट्नु ।’

कार्यकर्तासँग सडकमा कर्ण थापा, डा. राजन भट्टराई, पार्वन गुरुङ, खिमलाल भट्टराईलगायत सीमित नेताहरू देखिने गरेका छन् । नेता ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ, सचिवहरू पद्मा अर्याल, शेरधन राई, महेश बस्नेत, यामलाल कँडेल, छविलाल विश्वकर्मा, खगराज अधिकारी कोही पनि सडकमा निस्किएका छैनन् । 

एमालेका एक जना पूर्वस्थायी कमिटी सदस्यका अनुसार पार्टीको सार्वजनिक छवि पूरै बिग्रिएको हुँदा नेता कार्यकर्ता सडकमा उत्रिनै सक्ने भएन । उनले भने, ‘एक त जेन-जी विद्रोहमा हामीविरुद्ध गम्भीर प्रहार भयो । चुनावमा त्यस्तै भयो । मासुभाते, भ्रष्टाचारी अनेकन भाष्य स्थापित गरे, जसले हामीलाई साँच्चै भन्दा सडकमा निस्किसक्नु छैन र अध्यक्ष कमरेडको पक्राउविरुद्ध प्रदर्शनमा जनसमर्थन जुटाउन सकिएको छैन,’ उनले भने ।

तर, एमालेमा ओली सर्वेसर्वा बन्दा पार्टीको संस्थापनइतर पक्ष गम्भीर रूपमा असन्तुष्ट थियो । त्यो पक्षको मूल नेतृत्व ईश्वर पोखरेल हुन् । अन्य नेताहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायत हुन् । नेता पाण्डेबाहेकका नेताहरू पनि मौन छन् । पाण्डेले ओली पक्राउको खासै विरोध गरेका छैनन् । बरु, गत महाधिवेशनमा ओलीविरोधी कित्तामा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओली पक्राउ गर्ने बालेन सरकारको कदमप्रति विज्ञप्ति जारी गर्दै कडा शब्दमा विरोध गरिन् । सोमबार उनी ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगिन् । अरु नेताहरू न ओली भेट्न पुगेका छन् न उनको रिहाइको लागि दबाब दिन सडकमा ओर्लिएका छन् । यसले गर्दा ओली र उनको दल एमालेको सचिवालय बैठकले गर्ने भनेको सशक्त प्रतिवाद फितलो बन्दा बालेन सरकारले आकलन गरेजस्तो सुरक्षा चुनौती निम्तिएन । 

 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP