Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचन सम्पन्न गर्दा प्रशंसा बटुलिन्, नियुक्तिले गाली
आलोचनाको घेरामा प्रधानमन्त्री कार्की निर्वाचन सम्पन्न गर्दा प्रशंसा बटुलिन्, नियुक्तिले गाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२
  • गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने निर्णयले विवादमा प्रधानमन्त्री
  • ‘भागबण्डा नगर्ने र पदलोलुपता नदेखाउने’ प्रधानमन्त्री कार्कीले विगतमा व्यक्त गरेको प्रतिबद्धता यही विवादित निर्णयबाट खारेज

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सरकारबाट बाहिरिने दिन नजिकिँदा निकट व्यक्तिहरूलाई महŒवपूर्ण पदमा सिफारिस तथा नियुक्ति गरेकी छन् । प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेर प्रशंसा बटुलेकी उनी आफ्ना सहयोगीलाई लाभको पद दिलाउने निर्णयसँगै आलोचित बनेकी छन् ।   

त्यसो त कानुनी शासनको खुबै वकालत गर्ने उनले गत पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाबाट उन्मुक्ति दिन महान्यायाधिवक्ता सविता भण्डारीमार्फत कदम चालेकी थिइन् । त्यतिबेला प्रधानमन्त्री कार्कीको चौतर्फी आलोचना भएको थियो । 

आइतबार मन्त्रिपरिषद् बैठकबाट गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने र आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरिन् । श्रेष्ठ यसअघि नै विवादमा मुछिएका व्यक्ति हुन् । निर्वाचनको सफलताले प्रशंसा बटुल्दै सरकारबाट बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आलोचित हुने निर्णय गरेकी हुन् । 

उनको यो कदमलाई लिएर राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । आलोचकहरूका अनुसार प्रधानमन्त्री कार्कीले विगतमा व्यक्त गरेको ‘भागबण्डा नगर्ने र पदलोलुपता नदेखाउने’ प्रतिबद्धता यही विवादित कदमले खारेज गरिदिएको छ ।  भनिन्छ, जेन-जी विद्रोहपछि सरकार गठनको क्रममा जेन-जी प्रतिनिधिहरूले भन्दा पनि प्रधानमन्त्री कार्कीले नै गृहमन्त्रीका रूपमा अर्याललाई छनोट गरेकी हुन् ।

Hardik health

सरकार गठनमा त्यसबेला निर्णायक देखिएका सुधन गुरुङले एक अन्तर्वार्तामा धरान उपमानगरका तत्कालीन प्रमुख हर्क साम्पाङलाई गृहमन्त्री बनाउने तयारी भइरहँदा प्रधानमन्त्रीले सुटुक्क अर्याललाई गोजीबाट गृहमन्त्री छनोट गरेको भन्दै आलोचना गरेका थिए । पछि एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनका सरकारका गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै सुधनले अर्यालको राजीनामा पटक-पटक मागे । 

यसरी अस्वाभाविकरूपमा प्रधानमन्त्री कार्कीले अर्याललाई गृहमन्त्री बनाउनेदेखि राष्ट्रिय सभा सदस्य बनाउने कदम चालेकी हुन् । यससँगै गृहमन्त्री अर्यालले आइतबार मन्त्रिपरिषद् बैठकपछि आफैंलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने सरकारले निर्णय गरेको पत्रकारहरूलाई हर्षित हुँदै सुनाए, ‘मलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’

स्रोतका अनुसार राष्ट्रिय सभाको उक्त मनोनीत सिटका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीबीच फरक-फरक नामबारे चर्चा थलेको थियो । अन्ततः प्रधानमन्त्रीको चाहनाअनुसार अर्यालकै नाम मन्त्रिपरिषद्बाट सिफारिस गरिएको हो । अर्यालको अवधि चार वर्षको हुने छ । अध्यक्ष श्रेष्ठको भने पाँच वर्ष हुने छ ।  पूर्वअध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई नियुक्त गरिएको गृहमन्त्री अर्यालले बताए ।

प्रधानमन्त्री कार्कीले सरकारबाट बाहिरिने अवस्थामै आफ्ना विश्वासपात्रहरूलाई महŒवपूर्ण पदमा व्यवस्थापन गरेर ‘बेथितिलाई निरन्तरता’ दिएकी हुन् । जबकि, उनले सत्ता सम्हालेपछि बारम्बार भागबण्डा नगर्ने, पदलोलुपता नदेखाउने र आसेपासेलाई अवसर नदिने प्रतिबद्धता व्यक्त गर्दै आएकी थिइन् । तर पछिल्ला निर्णयहरू प्रतिबद्धताअनुरुप नदेखिएको हो । 

‘आसेपासे’लाई नियुक्ति दिलाएर प्रधानमन्त्री कार्की पनि कृपावाद र नातावादको पक्षपोषक देखिइन् । यसले सरकारको उच्च तहमा रहेका व्यक्तिहरूले सार्वजनिक रूपमा सुशासन र पारदर्शिताको प्रतिबद्धता व्यक्त गर्ने तर व्यवहारमा भने आफ्नै निकट व्यक्तिलाई नियुक्ति दिने प्रवृत्ति दोहोरिएको आरोप लागिरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP