Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नागरिक एपकाे ओटीपी अब ईमेलमा पनि आउने
नागरिक एपकाे ओटीपी अब ईमेलमा पनि आउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २९, २०८२

काठमाडौं - विदेशमा रहेका नेपालीहरूले पनिअब नागरिक एप (Nagarik App) मा सजिलै लगइन गर्न सक्ने भएका छन् । सरकारी सेवाहरू एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यले विकसित उक्त एपमा लगइन गर्दा आवश्यक पर्ने ओटीपी (OTP) कोड अब ईमेलमार्फत पनि प्राप्त हुने व्यवस्था गरिएको हो ।

यो सुविधाले विदेशमा बस्ने नेपाली प्रयोगकर्तालाई विशेष रूपमा सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि नागरिक एपमा लगइनका लागि आवश्यक ओटीपी कोड नेपाली मोबाइल नम्बरमै मात्र आउने व्यवस्था थियो ।

त्यसका कारण विदेशमा रहेका प्रयोगकर्ताहरूले नेपालमै हुँदा लगइन गरेर जानुपर्ने, मोबाइलमा रोमिङ सेवा सक्रिय राख्नुपर्ने वा विदेशमा लगआउट भएमा पुनः लगइन गर्न कठिनाइ हुने जस्ता समस्या झेल्नुपर्ने हुन्थ्यो । विदेशमा नयाँ मोबाइल प्रयोग गर्दा समेत एपमा लगइन गर्न नसकिने समस्या हुने गरेको थियो ।

Hardik health

अब भने ईमेलमार्फत ओटीपी प्राप्त हुने भएपछि विदेशमा रहेका नेपालीहरूले पनि जुनसुकै देशबाट सहज रूपमा नागरिक एप प्रयोग गर्न सक्ने भएका छन् । जसले गर्दा एपमा उपलब्ध विभिन्न सरकारी सेवा निर्बाध रूपमा उपयोग गर्न सकिने भएको छ ।तर, यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताको ईमेल एड्रेस भने पहिले नै भेरिफाइड हुन आवश्यक छ । अर्थात्, नेपालमै हुँदा आफ्नो नागरिक एपमा ईमेल राखेर त्यसलाई भेरिफाई गरिसकेका प्रयोगकर्ताले मात्र विदेशमा जाँदा पनि सोही ईमेलमा ओटीपी कोड प्राप्त गर्न सक्नेछन् ।

नागरिक एपका अनुसार हाल विदेशबाट भने ईमेल एड्रेस भेरिफाई गर्ने सुविधा उपलब्ध छैन । त्यसैले विदेश जानुअघि आफ्नो नागरिक एपमा इमेल एड्रेस लिङ्क गरेर भेरिफाई गराउन प्रयोगकर्तालाई सुझाव दिइएको छ ।ईमेल एड्रेस थप्न वा भेरिफाई गर्न नागरिक एपको माथिल्लो बायाँ कुनामा रहेको प्रोफाइल आइकनमा गएर My Details अन्तर्गत ईमेल समावेश गर्न सकिन्छ । ईमेल सफलतापूर्वक भेरिफाई भएको अवस्थामा त्यहाँ हरियो टिक चिन्ह देखिनेछ ।

 


प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP