काठमाडौं - रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो।
उनी बैरिया अनाथालय मतदान स्थलमा बस्ने महमद आसिकको नाममा मत हाल्न लाइन बसिरहेका थिए। उनी लाइन बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई इप्रका राजपुरमा पठाइएको छ। त्यसैगरी अर्काको नाममा भोट हाल्न लाइन बसिरहेको अवस्थामा नुजमा बेगमलाई पनि नियन्त्रणमा लिएको थियो। उनी बेहोस भएपछि आफन्तको नाममा जिम्मा लगाइएको छ।