Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक
सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १५, २०८२
Hardik health

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको हाे । 

निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी क्रियाकलाप, अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमानाका बन्दको प्रभावकारिता, सम्भावित अवैध तथा गैरकानुनी गतिविधिको सुक्ष्म निगरानी गरी सूचना आदानप्रदान एवं त्यस्ता गतिविधि नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् । बैठकमा निर्वाचनका समयमा हुने सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनुका साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ–आफ्ना मातहतका युनिटलाई निर्देशन दिने सहमति भएको थियो । 

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । भारतीय सीमा सुरक्षा बलका तर्फबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईजद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मालगायत सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखको उपस्थिति रहेको थियो ।  सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश र जिल्लास्तरमा विभिन्न समन्वयात्मक बैठकहरू हुँदै आएका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP