काठमाडौं- नेपालका आवासीय संयोजक लिला पिटर्स याहियासँग गृहमन्त्री ओमप्रकाश अर्यालले शिष्टाचार भेट गरेका छन् ।संयुक्त राष्ट्रसंघबाट नेपालका आवासीय संयोजक लिला पिटर्स याहियासँग गृह मन्त्रालयमा आज गृहमन्त्री अर्यालकाे भेट भएकाे हाे ।
आज भएकाे भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धिलगायत क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । साथै उनले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भेटमा गृहमन्त्री अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रूपमा काम गरिरहेको बताए ।
सोही अवसरमा संयुक्त राष्ट्रसंघका आवासीय संयोजक याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागूऔषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचबिखनलगायत क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे ।