काठमाडौं- महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानगरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका प्रहरीले जनाएको हाे ।
निजमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । ती युवकले शिवरात्रिका दिन पशुपति मन्दिरमा भक्तजनलाई अभद्र व्यहार र प्रहरीमाथि कुटपिट गरेको ‘भिडियो’ सार्वजनिक भएको थियो ।