रूपन्देही - फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रूपन्देहीमा उम्मेदवारहरूले घरदैलो , छलफल, भेटघाट, कार्यालय स्थापना लगायतका कार्यक्रम गरि निर्वाचन अभियानलाई तिव्रता दिएका छन् ।
५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीको क्षेत्र नम्बर १ मा सुकुम्बासी समस्या चार दशक बित्दापनी उस्तै रहेको मतदाताहरूले गुनासो गरेका छन् ।तिलोत्तमा १० बाहुन डाँडा शान्ति टोलका सुकुमबासीले घरदैलोको क्रममा पुगेका क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार प्रज्वल बोहरा समक्ष आफ्ना गुनासा राख्दै विगतका उम्मेदवारले दिएको बिकासका आश्वासन पूरा नगरेको गुनासो पोखे ।
२०३६ सालदेखि कान्छिबजार दुर्गा मन्दिर क्षेत्रमा बस्दै आएका धर्मराज कार्कीले भने‘‘चुनाव धेरै पटक भयो आस्वासन पनि धेरै पटक पाईयो तर लालपुर्जा पाउन सकिएन जग्गाको टोकन सम्म पाएका उनले पहिला घर धुरिको ५० रुपैया हाल १ हजार ९ सय ६२ रुपैया घर कर तिर्न परेपनि लालपुर्जा नहुदा घर जग्गा धितोराख्न नपाउदा समस्या परेको छ । ’’
उनले अगाडी थपे‘‘भुमी आयोग पनि पटक पटक बन्यो तर लालपूर्जाको आश्वासन दिएका उम्मेदवारले हाम्रो समस्या हेरेनन् । ’’त्यस्तै सोही गाउँकि लक्ष्मि थापाले आफु ४० बर्ष देखि यो गाउँमा बस्दै आएको बताउदै भनिन् ‘‘हाम्रो घर जग्गा टोकन वाला हो लालपूर्जा छैन । पुस्ता गैसक्यो,बुढि भइयो नेताहरुले लालपूर्जा दिन्छम भन्छन् तर दिदैनन् । अवत पुर्जा पाउने आश पनी मर्यो ।’’
यी त केही उदाहरण मात्र हुन । यो गाउँमा पुर्जा नपाउनेको स्ख्या थुप्रै छ । अन्य आसपासका वडामा रहेका सयौ घर परिवारले पनि लालपुर्जा पाउन सकेका छैनन् ।गाउँलेहरूले सुकुम्बासी समस्या कोअलावा शिक्षा, स्वास्थ्य, सडक,खानेपानी ,विद्युतको समस्या रहेको पनि वताउछन् । भोट माग्दै गाउँमा पुग्ने उम्मेदवारहरुलाई प्रायसबै मतदाताहरुले बिगतका बाचहरु पुरा नभएको भनी प्रश्न गरेको पाईन्छ ।
पहिलो पटक उम्मेदवार बनेका रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्वल बोहराले भने आफुले यस क्षेत्रको सुकुम्बासी लगायतका समस्या राम्रो गरी बुझेकोले समस्या समाधानमा जोडदिने वताए ।चुनावी प्रचारमा मत माग्न पुग्ने सवै पार्टीका उम्मेदवार लाई उनिहरूले सुकुम्बासी लगाएतका समस्या समाधान भएको खोई भन्दै प्रश्न राख्ने गरेका छन् ।यस जिल्लामा प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले,रास्वपा र राप्रपा पार्टी वीच नै चुनाबी प्रतिस्पर्धा हुने देखिन्छ । पुराना उम्मेदवार आफ्नो शाख जोगाउने दाउमा छन् भनी नयाँ उम्मेदवार निर्वाचन आफ्नो पकडमा पार्न तल्लीन देखिन्छन् ।