काभ्रेपलाञ्चोक - रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने सहमति पछि यातायात सेवा संचालन भएको छ ।
बुधबार अबेरसम्म स्थानीय प्रशासन, अरनिको यातायातका प्रतिनिधि र पीडित परिवारबीच भएको वार्तामा मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्षतिपूर्ति अरनिको यातायातले तत्काल व्यवस्थापन गर्ने र दुर्घटापछि बेत्तपा भएका यात्रुका परिवारलाई पनि मृतक सरह मानेर क्षतिपूर्ति दिने उल्लेख छ ।