Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • डिजिटल पहुँचदेखि स्वास्थ्य बिमासम्म महिलापछि 
मोबाइल प्रयोग, सूर्ती सेवन, स्वास्थ्य बिमामा पुरुष नै अगाडि डिजिटल पहुँचदेखि स्वास्थ्य बिमासम्म महिलापछि 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ २७, २०८२
  • १५-४९ वर्ष उमेर समूहका ९०.४५ पुरुषसँग मोबाइल फोन, महिलातर्फ ८१.६५ प्रतिशतसँग मात्रै मोबाइल
  • मोबाइल पहुँचमा महिला-पुरुषबीच करिब ९-१० प्रतिशतको अन्तर
  • ९५.५५ घरपरिवारमा टेलिफोन सेवाको पहुँच
  • बागमतीमा सबैभन्दा बढी ९७.१५ र सुदूरपश्चिममा सबैभन्दा कम (९२.६५) टेलिफोन पहुँच
  • सुर्तीजन्य पदार्थ सेवन गर्ने १५-४९ वर्ष उमेर समूहका पुरुष ४१.८५, महिला ५.१५ प्रतिशत
  • १५ वर्षअगावै चुरोट र बिँडी सेवन गर्ने पुरुष ७.६५ र महिला २.१५ प्रतिशत
  • स्वास्थ्य बिमा गर्ने पुरुष १९.६५ र महिला १७.८५ प्रतिशत
  • ०-१७ वर्षका बालबालिकाका आमाबुवामध्ये ३३.२५ (एक वा दुवै) वैदेशिक रोजगारीमा ।
  • विवाहित महिलामध्ये ३५ प्रतिशतबाट परिवार नियोजनका साधन प्रयोग
  • प्रतिएक हजार जीवित जन्ममा एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु
  • नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम र सबैभन्दा कम बागमतीमा
  • कक्षा १-५ उमेरका ४.५५ र कक्षा ६-८ उमेरका ३.६५ बालबालिका विद्यालयबाहिर

काठमाडौं- मुलुकमा मोबाइल फोन, इन्टरनेट र सूचना तथा सञ्चार प्रविधिको पहुँच उल्लेखनीयरूपमा बढे पनि महिला र पुरुषबीच डिजिटल पहुँचको खाडल अझै कायमै रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ ले मोबाइल प्रयोग, इन्टरनेट पहुँच, स्वास्थ्य, शिक्षा र सामाजिक सूचकहरूमा लैंगिक असमानता उजागर गरेको हो ।

सर्वेक्षणअनुसार १५-४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुषसँग मोबाइल फोन रहेको छ भने महिलामा यो अनुपात ८१.६ प्रतिशत मात्र छ । यसले मोबाइल फोन स्वामित्वमा करिब नौ प्रतिशत बिन्दुको लैंगिक अन्तर देखाएको छ । गत तीन महिनामा मोबाइल फोन प्रयोग गर्नेको अनुपात पुरुषमा ७८.७ प्रतिशत र महिलामा ७२.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार पहुँचको हिसाबले महिला र पुरुषबीच करिब १० प्रतिशत बिन्दुसम्मको फरक देखिन्छ । उनले डिजिटल शिक्षाको कमी, घरायसी काममा महिलाको बढी संलग्नता र सामाजिक तथा आर्थिक संरचनाका कारण महिलाको पहुँच कम देखिएको हो । उनले प्रभावसँग भने, ‘हाम्रो नेपाली समाजमा पुरुषहरू महिलाको तुलनामा घरबाहिर हुन्छन् र बाहिर हुनेले सम्पर्कका लागि चाहिने हुँदा बोक्छन् । यसलाई पनि हामीले पुरुषको पहुँज फोनमा बढी हुनुको कारण मानेका छौं ।’

प्रतिवेदनअनुसार देशभर ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सेवाको पहुँच रहेको छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगअन्तर्गत ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गरिरहेका छन् । प्रदेशगतरूपमा बागमती प्रदेशमा सबैभन्दा बढी ९७.१ प्रतिशत घरपरिवारमा टेलिफोन पहुँच रहेको छ भने सुदूरपश्चिम प्रदेशमा यो अनुपात सबैभन्दा कम ९२.६ प्रतिशत रहेको छ ।

Hardik health

सुर्ती सेवनमा पुरुष अगाडि 
सुर्तीजन्य पदार्थ सेवनमा महिलाको तुलनामा पुरुषहरू अगाडि देखिएका छन् । देशभरि १५-४९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्दा महिला ५.१ प्रतिशतमात्रै रहेको पाइएको छ । प्रतिवेदनअनुसार ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगावै एक खिल्ली चुरोट र बिँडी पूरै सेवन गरेको पाइएको छ । यसरी सुर्तीजन्य वस्तु महिलाभन्दा बढी पुरुषले सेवन गर्नुमा तनाव मुख्य कारण भएको बताएको लामिछानेले बताए । 

स्वास्थ्य बिमामा पनि महिला पछि 
स्वास्थ्य बिमा गराउनेमा पनि महिलाभन्दा पुरुषको संख्या धेरै रहेको देखिएको छ । प्रतिवेदनअनुसार १५-४९ वर्ष उमेर समूहका १७.८ प्रतिशत महिला र १९.६ प्रतिशत पुरुषले स्वास्थ्य बिमा गरेको पाइएको छ । पाँचदेखि १७ वर्ष उमेर समूहका १५ प्रतिशत बालबालिकाको र पाँच वर्षमुनिका ११.७ प्रतिशतको स्वास्थ्य बिमा गराएको पाइएको छ । यसले स्वास्थ्य सेवामा पहुँच र सचेतनामा पनि लैंगिक अन्तर रहेको देखिन्छ ।

एकतिहाइ बुबाआमा वैदेशिक रोजगारीमा
वैदेशिक रोजगारीमा १७ वर्षसम्मका केटाकेटीका आमाबुवामध्ये एकतिहाइ गएको देखिएको छ । ‘०-१७ वर्ष उमेर समूहका बालबालिकाको जन्म दिने आमाबुवा (एक वा दुवै) विदेशमा बसोबास गर्ने ३३.२ प्रतिशत रहेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।  

प्रदेशगत आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४०.८ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम २१.० प्रतिशत देखिएको छ । उक्त उमेर समूहका बालबालिकामध्ये ३.४ प्रतिशतका जन्म दिने आमाबुवा (एक वा दुवै) को मृत्यु भइसकेको पाइएको छ । प्रदेशगत आधारमा यो अनुपात सबैभन्दा बढी ५.३ प्रतिशत सुदूरपश्चिम प्रदेश र सबैभन्दा कम २.१ प्रतिशत मधेस प्रदेशमा देखिएको छ ।

परिवार नियोजनको साधन प्रयोग गर्ने महिला एकतिहाइ 
तथ्यांकअनुसार विवाहित महिलामध्ये प्रत्येक तीन जनामा एक जनाले परिवार नियोजनका साधन प्रयोग गरेका पाइएको छ । १५-४९ वर्ष उमेर समूहका हालै विवाहित महिलामध्ये प्रत्येक तीन जना (३५ प्रतिशत)ले परिवार नियोजनका उपाय तथा साधनको प्रयोग गरेको देखिन्छ । सोही उमेर समूहका दुई जनामध्ये एक महिला ५५.२ प्रतिशत आधुनिक परिवार नियोजनका साधन र सेवाको आफ्नो मागअनुसार प्रयोगमा सन्तुष्ट रहेको प्रतिवेदनमा छ । 

एक वर्ष नपुग्दै २७ जनाको मृत्यु 
सर्वेक्षणअनुसार प्रतिएक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष उमेर नपुग्दै २७ जनाको मृत्यु भएको पाइएको छ । तीमध्ये १७ शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिएक हजार जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ ।

प्रदेशअनुसार नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ प्रतिहजार छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० प्रतिहजार रहेको छ । प्रतिएक हजार जन्ममा सबैभन्दा बढी शिशु मृत्युदर ३८ जना सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिन्छ । पाँच वर्षमुनिका बालबालिका मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४८ प्रतिहजार रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० प्रतिहजार रहेको देखिन्छ ।

विद्यालयबाहिर धेरै
आधारभूत विद्यालय कक्षा (१-५) मा पढ्ने उमेरका ४.५ प्रतिशत बालबालिका र कक्षा ६-८ मा पढ्ने उमेरका ३.६ प्रतिशत विद्यालयबाहिर रहेको देखिएको छ ।

सबैभन्दा धेरै माध्यमिक विद्यालय (९-१२) मा पढ्ने उमेरका १३.२ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ । प्रतिवेदनअनुसार आधारभूत विद्यालय कक्षा १-५) को कक्षा १ मा प्रवेश गर्ने उमेरका बालबालिकाचाहिँ ४१.२ प्रतिशत रहेको देखिएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP