Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचनबारे एमाले-नेकपा सशंकित, एकै चरणमा हुनुपर्छ
निर्वाचनबारे एमाले-नेकपा सशंकित, एकै चरणमा हुनुपर्छ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, माघ २२, २०८२

 

अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ ।
सुशीला कार्की
प्रधानमन्त्री

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्न सकिने प्रधानमन्त्री सुशीला कार्कीको भनाइप्रति दुई ठूला कम्युनिस्ट पार्टीले असहमति जनाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले बुधबार प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचन प्रक्रियामाथि नै आशंका पैदा गरेको दाबी गर्दै एकै चरणमा निर्वाचन हुनुपर्ने बताएका छन् ।

चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने दुई चरण भनेर नगरियोस्, चुनाव एकै चरणमा होस् ।
पुष्पकमल दाहाल
संयोजक, नेकपा

Hardik health

निर्वाचन आयोगले तोकेको मितिमा र घोषित कार्यतालिकाअनुसार देशभर एकसाथ निर्वाचन हुनुपर्ने भन्दै दुई दलका नेताहरूले निर्वाचनको निष्पक्षता, विश्वसनीयता र राजनीतिक स्थायित्वमा प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् । 

नेकपा संयोजक पुष्पकमल दाहालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई चरणमा कुनै पनि हालतमा निर्वाचन नगर्न चेतावनी दिए । ‘चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने दुई चरण भनेर नगरियोस्, चुनाव एकै चरणमा होस्,’ दाहालले भने ।

अझ पछिल्लो समय हामी त के सुन्दैछौँ भने यो निर्वाचन दुई चरणमा गर्ने, चैतको अन्तिमतिर या वैशाखतिर हिमाली जिल्लामा गर्ने, अहिले सम्भव छैन भनेर सारेर त्यो त्यो दौरानमा प्रहरी र सेनाका ब्यारेकहरूमा मतपेटिकाहरू राख्ने, र त्यो आधारमा क-कसलाई जिताउनुपर्ने ? क-कसलाई हराउनुपर्ने ? हिसातकिताब गर्ने भन्ने तहको षड्यन्त्रामा स्वयं सरकार संलग्न छ भन्ने कुरा देखिन्छ ।
महेश बस्नेत
सचिव, नेकपा एमाले

दाहालले देशभर एकैपटक निर्वाचन भए त्यसको निष्पक्षता, स्वच्छता हुने बताए । एकैपटक निर्वाचन गर्दा खर्च कम हुने पनि उनको तर्क छ ।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको आरोप लगाएका छन् । बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधनपश्चात निर्वाचनमा षडयन्त्र गर्न खोजेको आरोप लगाएका हुन् । 

रास्वपाबारे लक्षित गर्दै उनले कसैको एजेण्डा स्थापित गर्न सरकार माध्यम बन्न लागेको कडा टिप्पणी गरे । हिमाली जिल्लामा अहिले निर्वाचन सम्भव छैन भन्ने देखाएर सरकारले नै मतपेटिका राखेर चलखेल गर्ने, गम्भीर धाँधली गर्ने तयारीमा रहेको बस्नेतले आरोप लगाए ।

‘निर्वाचन कसैको एजेण्डालाई स्थापित गरी दिनका लागि, कसैलाई चुनाव जिताइ दिनका लागि सरकार माध्यम बन्न खोजेको जस्तो देखिँदैछ,’ उनले भने, ‘अझ पछिल्लो समय हामी त के सुन्दैछौँ भने यो निर्वाचन दुई चरणमा गर्ने, चैतको अन्तिमतिर या वैशाखतिर हिमाली जिल्लामा गर्ने, अहिले सम्भव छैन भनेर सारेर त्यो त्यो दौरानमा प्रहरी र सेनाका ब्यारेकहरूमा मतपेटिकाहरू राख्ने, र त्यो आधारमा क-कसलाई जिताउनुपर्ने ? क-कसलाई हराउनुपर्ने ? हिसातकिताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ भन्ने कुरा देखिन्छ ।’

उनले निर्वाचन दुई चरणमा गर्ने भनेर सरकारले गम्भीर धाँधली गर्न खोजेको आशंका भएको पनि बताए ।  प्रधानमन्त्री सुशीला कार्कीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसमी प्रतिकूलताका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रभावित हुन सक्ने संकेत गरेकी थिइन् । उनले मौसम अत्यन्तै खराब भएमा मतदान गराउन वैकल्पिक उपाय अपनाउन सकिने भनेकी हुन् । 

उनका अनुसार कठिन भूभागमा सवारी साधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म पु¥याउने व्यवस्था गर्न सकिन्छ । यदि त्यो पनि सम्भव नभए, त्यस्ता स्थानमा अर्को चरणमा निर्वाचन गराउन सकिने विकल्प खुला रहेको उनको भनाइ थियो ।

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा पुगेकी प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ ।’ निर्वाचन हुनेमा भने शंका नगर्न उनको आग्रह थियो । ‘देशमा स्थायित्व र शान्ति कायम गर्न यो निर्वाचन कोसेढुंगा हुनेछ । यो निर्वाचन सर्दै सर्दैन । निर्वाचन तोकिएकै समयमा हुन्छ,’ उनको भनाइ थियो । 

तर, मौसमको कारण देखाउँदै दुई चरणमा निर्वाचन हुने भनिँदा खासगरी एमाले र नेकपाले आशंका गरेका हुन् । 
राजनीतिक विश्लेषक डा. तारानाथ घिमिरेका अनुसार दुई चरणमा निर्वाचन गर्दा वा लामो समय निर्वाचन गर्दा पहिलो चरणमा पहिलो हुने दलको पक्षमा माहोल स्वतः बन्छ र निर्वाचन जित्न सहज हुन्छ । 

‘२०१५ सालको आम निर्वाचन निकै लामो समय भयो । एकातिर निर्वाचन हुँदै गर्दा अर्कातिर मत गणना हुन्थ्यो र त्यसबेला कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो’, उनले प्रभावसँग भने, ‘सम्भवतः चरणचरणमा निर्वाचन नभएको भए कांग्रेसको दुई तिहाइ सायद सम्भव थिएन ।’

यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन भने तीन चरणसम्म गरिएको थियो । पहिलो चरणमा एमाले पहिलो बनेको थियो । दोस्रो र तेस्रो चरणमा पनि पहिलो नै भयो । २०१५ सालमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचन र स्थानीय तहको निर्वाचनले पनि जुन दलको सुरुवाती चरणको निर्वाचनमा ठूलो दल बन्छ, स्वतः अरु चरणको निर्वाचनमा त्यसको प्रभाव परेको देखिएको छ । यसपटक २०७९ मा भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माहोल बनेको देखिन्छ । त्यसले पनि दुई कम्युनिस्ट दलले एकैचरणमा निर्वाचनका लागि सरकारमाथि दबाब दिएको डा. घिमिरे बताउँछन् । 
 


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP