Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वअर्थमन्त्री पौडेललाई ‘किल्ला’ जोगाउन चुनौती
सुलभ ‘ब्रेक’ र चुन्नु ‘कम्ब्याक’ दाउमा पूर्वअर्थमन्त्री पौडेललाई ‘किल्ला’ जोगाउन चुनौती
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, माघ १९, २०८२
  • राजनीतिक लहर र दलीय संगठनको क्षमता परीक्षण हुँदै
  • एमालेका विष्णु पौडेल, रास्वपाका सुलभ खरेल र कांग्रेसका चुन्नुप्रसाद पौडेलबीच कडा टक्कर हुने विश्लेषण


काठमाडौं- रुपन्देही क्षेत्र नम्बर-२ फेरि एकपटक राष्ट्रिय राजनीतिका लागि ‘हट स्पट’ बनेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारबीचको मात्र होइन, राजनीतिक लहर, दलहरूको संगठन क्षमता र मतदाताको मनोविज्ञानबीचको टकरावका रूपमा देखिएको छ । 

अघिल्लो चुनाव (२०७९)ले रुपन्देही-२ को दलीय पकड कमजोर बनायो । त्यहाँ समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको थियो । त्यसबेला उक्त दलले २५ हजार ६७३ मत प्राप्त गरेर पहिलो हुँदा बलियो संगठन भएको दाबी गर्ने नेकपा एमाले २१ हजार १८३ मतमा सीमित भयो । 

तर, प्रत्यक्षतर्फ चुनावी परिणामको तस्बिर केही फरक रह्यो । एमाले उपाध्यक्ष विष्णु पौडेल २७ हजार १६५ मत ल्याएर विजयी भए भने रास्वपाका गणेश पौडेल २५ हजार ७९५ मतमा सीमित भए । मतान्तर जम्मा करिब एक हजार मात्र थियो । यसले एमालेको संगठनात्मक शक्ति र रास्वपाको लहरबीचको प्रतिस्पर्धा कति कडा छ भन्ने देखायो । 

रुपन्देही-२ लाई लामो समयदेखि एमाले उपाध्यक्ष पौडेलको ‘किल्ला’ मानिँदै आएको छ । उनले यस क्षेत्रबाट लगातार चार चुनाव जितिसकेका छन् । २०७० को संविधानसभा निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गर्नु राजनीतिकरूपमा ठूलो सन्देश थियो । २०७४ मा एमाले-माओवादी गठबन्धनबाट जिते भने २०७९ मा गठबन्धनविरुद्धको माहोलबीच पनि उनी विजयी भए ।

Hardik health

तर, पछिल्लो चुनावमा मतान्तर साँघुरो हुनु एमालेका लागि चेतावनी पनि हो । कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धनका बाबजुद रास्वपाले समानुपातिकमा पाएको अग्रता एमालेको परम्परागत मताधार खुम्चिँदै गएको संकेतका रूपमा हेरिएको छ ।

फेरि, यसपटक रास्वपाले उम्मेदवार परिवर्तन गरेको छ । अघिल्लोपटक कडा प्रतिस्पर्धा गरेका गणेश पौडेलको सट्टा सुलभ खरेल मैदानमा छन् । खरेल अघिल्लो चुनावमा पार्टीले पाएको मतबाट उत्साहित देखिन्छन् । उनले प्रभावसँग भने, ‘देशव्यापीरूपमा ह्वीम हाम्रो पक्षमा छ, यहाँ पनि त्यस्तै छ, चुनाव जितेर संसद् आउँछु ।’यद्यपि, पौडेल बलियो उम्मेदवार हुन् । पटक-पटक राजकीय भूमिकामा पुगेका उनले चुनाव क्षेत्रको विकासमा महत्‍वपूर्ण योजना सञ्चालन गरेका छन् । त्यसले पनि रुपन्देही- २ मा पौडेलको प्रभाव कम छैन । 

शनिबार पौडेलले चुनावी क्षेत्रमा दाबीसाथ भने, ‘यो चुनावमा जित्ने एमालेले हो, त्यसका उम्मेदवार मैले हो । किनभने रुपन्देही समृद्ध र विकसित बनाउने योजना कसैको हो भने त्यो नेकपा एमालेको हो, त्यसको सदस्यको नाताले मेरो पनि हो । त्यसैले जितको हकदार मै हुँ ।’

यता कांग्रेसका लागि रुपन्देही-२ ‘कमब्याक’ गर्ने अवसरका रूपमा हेरिएको छ । त्यहाँ कांग्रेसले उद्योगी चुन्नुप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनपछि गगन थापा सभापति बनेसँगै कांग्रेसले गठबन्धनका कारण छरिएका मत फिर्ता ल्याउने रणनीति बनाएको छ । अघिल्लोपटक गठबन्धनका कारण असन्तुष्ट मतदाताले रास्वपालगायत दल रोजेको कांग्रेसको आन्तरिक विश्लेषण छ । यसपटक कांग्रेस उम्मेदवारले आफ्ना परम्परागत मतदातालाई फिर्ता ल्याउने अभियानलाई मुख्य एजेण्डा बनाएका छन् ।

बुटवल बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका उपप्राध्यापक उद्धव गौतमका अनुसार गगन थापाले नेतृत्व लिएपछि कांग्रेसका युवाहरूमा उत्साह देखिन्छ । उनले प्रभावसँग भने, ‘उम्मेदवार पुरानै भए पनि संगठनमा आत्मविश्वास बढेको छ ।’ यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा मगर पनि यसपटक प्रमुख चुनौतीका रूपमा देखिन्छन् । अघिल्लो चुनावमा उनी २२ हजार २७ मतसहित तेस्रो स्थानमा थिए । यद्यपि, समानुपातिकतर्फ पार्टीले करिब चार हजार मतमात्रै पाएकोले संगठनात्मक आधार कमजोर रहेको विश्लेषकहरूको बुझाइ छ ।

यससँगै कांग्रेस, नेकपा, राप्रपालगायत दलहरूको उपस्थिति मिलेर यस क्षेत्रलाई स्पष्टरूपमा त्रिपक्षीय भिडन्ततर्फ धकेलेको छ- एमाले, रास्वपा र कांग्रेसबीच । रुपन्देही-२ मा जित/हारको चाबी भने बुटवल उपमहानगरपालिका वडा नम्बर ११ लाई मानिन्छ । यस वडामा मात्रै १७ हजार ९४३ मतदाता छन्, जुन यस क्षेत्रकै सबैभन्दा ठूलो भोट बैंक हो । ठीक विपरीत बुटवल-५ मा सबैभन्दा कम एक हजार ८२५ मतदाता छन् ।

राजनीतिक विश्लेषक गौतमका अनुसार बुटवल-११ को मन जित्ने उम्मेदवारको जित सुनिश्चित हुने सम्भावना उच्च हुन्छ । यही कारण सबै दलको केन्द्रित चुनावी रणनीति यही वडामाथि छ । रुपन्देही-२ मा यसपटकको चुनाव व्यक्तिको जित/हार मात्र होइन, राजनीतिक लहर, संगठनको शक्ति र मतदाताको असन्तुष्टिको अभिव्यक्ति पनि हुने जानकारहरु बताउँछन्  । पूर्वअर्थमन्त्री पौडेलको अनुभव र संगठनात्मक बल, रास्वपाको लहर र नयाँपन, र कांग्रेसको पुनरागमन प्रयास, यी तीन शक्तिको टकरावले यहाँको नतिजा राष्ट्रिय राजनीतिका लागि पनि सन्देश बन्ने विश्लेषण भइरहेको छ । 

 


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:२७
#‘हट स्पट’ रुपन्देही-३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना शुक्रबार, चैत ६, २०८२
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा शुक्रबार, चैत ६, २०८२
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ शुक्रबार, चैत ६, २०८२
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण शुक्रबार, चैत ६, २०८२
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा 
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा  शुक्रबार, चैत ६, २०८२
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर शुक्रबार, चैत ६, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP