Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नक्सामा नेपालको भूभाग, निर्वाचनबाट बाहिर नागरिक
प्रतिनिधिसभा सदस्य निर्वाचन नक्सामा नेपालको भूभाग, निर्वाचनबाट बाहिर नागरिक
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, माघ १८, २०८२
  • नेपालको नक्सामा समेटिएको विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरामा हुने छैन चुनाव
  • नक्सामा समेटिए पनि भारतबाट जमिन फिर्ता लिएकै छैन 
  • तिंकर र छाङरुको मतदान केन्द्र पनि खलंगामा सारियो

त्यहाँका मानिसहरू सदरमुकाम खलंगा नै आउँदैनन् । हाम्रो अभिलेखमा पनि हालसालै नागरिकता लिएको देखिएको छैन, त्यसो हुँदा निर्वाचन प्रक्रियामा सहभागी हुने कुरै भएन ।
अनिल पौडेल 
प्रमुख जिल्ला अधिकारी, दार्चुला

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकार र निर्वाचन आयोगले देशभर तयारी तीव्र पारेका छन् । मतदानस्थल तोकिएका छन्, मतदाता सूची अद्यावधिक गरिएको छ र सुरक्षाको योजना लागू गरिएको छ । 

तर, नेपालको सबैभन्दा संवेदनशील र विवादित भूभाग दार्चुला पश्चिमको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने निर्वाचनको कुनै रौनक छैन । सरकार, निर्वाचन आयोग न दलहरू कसैको उपस्थिति छैन । देशको पूर्ववत् मानचित्रमा भने राज्यका अंगहरू र दलहरूको उपस्थिति बाक्लो छ ।

त्यो क्षेत्रका सम्पूर्ण जनता छ महिना तल, छ महिना माथि बस्ने भएकाले मतदान केन्द्र खलंगामै सारिएको हो ।
भुवन गिरी
मुख्य निर्वाचन अधिकृत

Hardik health

यिनै भूमि हुन्, पाँच वर्षअघि सरकारले संविधान संशोधन गरी नेपालको प्रशासनिक नक्सामा समेटिएको थियो । यद्यपि, नक्सामा समेटिएका ती क्षेत्रलाई भारतबाट फिर्ता नल्याउनु, त्यहाँका नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र नदिनु, राष्ट्रिय जनगणनामा नसमेटिनु, राष्ट्रिय परिचयपत्र नदिनु र मतदाता परिचयपत्र नदिनुले उनीहरू निर्वाचन प्रक्रियामा सामेल हुन नपाउने भएका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उक्त क्षेत्रका बासिन्दाले हालसालै नेपाली नागरिकता लिएको कुनै प्रमाण छैन । उनले प्रभावसँग भने, ‘त्यहाँका मानिसहरू सदरमुकाम खलंगा नै आउँदैनन् । हाम्रो अभिलेखमा पनि हालसालै नागरिकता लिएको देखिएको छैन, त्यसो हुँदा निर्वाचन प्रक्रियामा सहभागी हुने कुरै भएन ।’

चुनावी सरकारबाट आश नै हुँदैन । अघिल्ला सरकारहरूले गर्नुपथ्र्यो । यदि जग्गा फिर्ता ल्याएको भए यसपटक निर्वाचन गर्न सकिन्थ्यो ।
बुद्धिनारायण श्रेष्ठ
सीमाविद्

नेपालले ऐतिहासिक दस्तावेजका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । तर, व्यवहारमा यो क्षेत्र भारतको नियन्त्रणमा छ । भारतीय सेना र सीमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको यो क्षेत्रमा नेपाली प्रशासनको पहुँच कमजोर छ । यस क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरूले नेपाली नागरिकलाई सहजरूपमा जान दिँदैनन् । 

व्यास गाउँपालिकाका वडाध्यक्ष तथा प्रवक्ता उपेन्द्रसिंह धामीका अनुसार छाङरु र तिंकरजस्ता नेपाली नियन्त्रणमा रहेका बस्ती पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । उनका अनुसार भारतले दाबी गरेको काली नदीमा बनेको सीता पुलभन्दा पारी जान नेपालीहरूलाई अनुमति छैन । यही कारणले कालापानी क्षेत्र नेपालका लागि नक्सामा देखिने तर व्यवहारमा पहुँचबाहिरको भूभाग बनेको छ । पहिले खुलारूपमा आवतजावत गर्न पाइने यो क्षेत्रमा अहिले भारतीय सुरक्षा निकायको निगरानी कडा छ । स्थानीयका अनुसार आफन्त भेटघाट र धार्मिक कामबाहेक अन्य कारणले जान कठिन छ ।

निर्वाचन आयोगले कालापानी क्षेत्र नजिकका छाङरु र तिंकरमा दुई मतदान केन्द्र तोकेको थियो । तर, व्यावहारिक कठिनाइका कारण ती मतदान केन्द्र अस्थायीरूपमा सदरमुकाम खलंगामा सारिएको छ । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार त्यहाँका बासिन्दा वर्षको छ महिना माथिल्लो भेगमा र छ महिना खलंगामा बस्ने गर्छन् । त्यही भएर खलंगामा मतदान केन्द्र सारिएको स्पष्ट पारे । उनले भने, ‘त्यो क्षेत्रका सम्पूर्ण जनता छ महिना तल, छ महिना माथि बस्ने भएकाले मतदान केन्द्र खलंगामै सारिएको हो । 

निर्वाचन आयोगको तथ्यांकअनुसार दार्चुलामा करिब ९२ हजार मतदाता छन् । १४३ वटा मतदानस्थल तोकिएका छन् । अघिल्लो निर्वाचनमा त व्यास गाउँपालिकामामात्रै करिब सात हजारभन्दा बढी मतदाता थिए । तर, पछिल्ला वर्षहरूमा जनसंख्या घट्दो छ । 
२०६८ सालको जनगणनामा त त्यहाँ १० हजार ३४७ रहेको जनसंख्या २०७८ मा घटेको स्थानीय अधिकारीहरू बताउँछन् ।

‘भूमि फिर्ता ल्याउन पहलकदमी नै बढाएनन्’
सीमाविद् बुद्धिनारायण श्रेष्ठ सरकारले २०७७ सालमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरे पनि नक्सामा समेटिएको भूमि फिर्ता ल्याउन कुनै पहलकदमी नबढाएको बताउँछन् । उनका अनुसार भारतसँग कूटनीतिक माध्यमबाट पहलकदमी अघि बढाउन सरकारले सक्थ्यो । यसतर्फ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, न त्यसपछिका प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालले चासो राखे । अहिलेका प्रधानमन्त्री सुशीला कार्की त चुनावी सरकारको नेतृत्वमा छिन् । श्रेष्ठ भन्छन्, ‘चुनावी सरकारबाट आश नै हुँदैन । अघिल्ला सरकारहरूले गर्नुपथ्र्यो । यदि जग्गा फिर्ता ल्याएको भए यसपटक निर्वाचन गर्न सकिन्थ्यो ।’

उसो त नेपाल-भारत सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)ले केही वर्ष पहिल्यै प्रतिवेदन तयार ग¥यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न इन्कार गरिरहेका छन् । यता नेपालका प्रधानमन्त्रीले एक्लौटी बुझ्ने र सार्वजनिक गर्ने हिम्मत गरेका छैनन् । यसले गर्दा नक्सामा नेपाली भूमि भए पनि व्यवहारमा भारतकै नियन्त्रणमा छ, जसले यसपटक हुन सक्ने निर्वाचनको सम्भावनालाई टारिदिएको छ । 

नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वाी भाग लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।
s


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP