Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एटिएम हात्तीले देखाउने दाँत
एटिएम हात्तीले देखाउने दाँत
admin123
admin123 शुक्रबार, फागुन ४, २०७४
Man using a ATM
-हेमराज भट्ट नेपालगञ्ज/सहजताका लागि बैंकहरुले सञ्चालनमा ल्याएको एटिएम सेवा हात्तिले देखाउने दाँत जस्तै भएकाछन् । आपतकालीन अवस्थामा ग्राहकहरुलाई एटिएमले धोका दिने गरेपछि एटिएम हात्तिका दाँत जस्तै भएका हुन् । समयको बचत, कार्यालय समय भन्दा अन्य समयमा आवश्यक परेका बेला आफुले जम्मा गरेको पैँसाको उपयोग गर्न र यात्राको क्रममा पैसा लिएर यात्रा गर्दा आईपर्ने जोखीम न्यूनीकरण लगायतको सुविधाका लागि सचालनमा ल्याईएको एटिएम सेवाबाट बाँकेका सेवाग्राही सन्तुष्ट छैनन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का एक सेवाग्राहीले नेपालगन्ज स्थित ग्लोबल आईएमई बैंकको त्रिभुबन चौक स्थित एटिएमबाट पैँसा निकाल्न खोज्दा एटिएमले कामै नगरेको गुनासो गरे । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का छबिलाल सुनारले नेपालगन्ज स्थित लक्ष्मी बैंकको एटीएम प्रयोग गर्दै आएको भएपनि बारम्बारको धोकाका कारण एटिएम प्रयोग गर्नै छाडेको बताए । उनले अत्यावश्यक परेको बेला पैसा नदिने, विभिन्न ईरर देखाउने, एटिएम नै बन्द हुने र खाता भएको बैंक बाहेकको एटिएमबाट झिक्दा अतिरिक्त रकम काट्ने भएका कारण एटिएमको प्रयोग गर्ननै छाडेको बताए । नेपालगन्ज स्थित विभिन्न बैंकहरुले संचालन गरेका प्रायः जसो एटिएमहरु कार्यालय समयमा सञ्चालनमा मात्रै प्रयोगमा आउने गरेको बताईन्छ । दिनको समयमा मात्रै खुल्ला रहने एटिएमहरुले पनि आवश्यक परेका बेला पैसा नदिने र कामै नगर्ने जस्ता समस्या देखाउने गरेको प्रयोगकर्ताहरु बताउँछन् । जानकारी अनुसार, नेपालगन्जमा सञ्चालित अधिकांस एटिएमहरु बिहान ९ बजे देखि साँझ ९ बजे सम्म मात्रै खुल्ला रहने गरेकाछन् । पछिल्लो समय बैंकहरु खुल्ने क्रम बढेसँगै एटिएमहरुमा समेत बृद्धी भएको पाईन्छ । प्रायः सबै बैंकहरुको एटिएम प्रयोगमा रहेको भएपनि पुराना, थोत्रा मेसिन, एटिएमको असुरक्षा, प्रयोगकर्ताहरुमा चेतनाको अभाव, एटीएमसँग सम्बन्धि दक्ष प्राविधिक जनशक्तिको अभाव, कमजोर ईन्टरनेट सेवा, बैंक र सफ्टवेयर बिचको प्रभावकारी सम्पर्कको अभावले एटिएम सेवा प्रभावकारी हुन नसकेकोे बिज्ञहरु बताउँछन् । प्राविधिक समस्याका बिच प्रयोगमा रहेका एटिएमहरुका बारेमा नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख गुरु प्रसाद पौडेलले बाँके जिल्लामा रहेका एटिएमहरुको अवस्था सन्तोष जनक मान्न नसकिने बताए । मेसिनहरु पुरानो र कार्ड नयाँ हुँदा सेवा प्रवाहमा समस्या भएको उनको भनाई थियो । एटिएम सेवा बैंकहरुले ग्राहकहरुलाई दिने थप सुविधा भएको भन्दै त्यसबाट ग्राहकहरुलाई समस्या परेको भन्ने गुनासो आएमा तत्काल बैंकहरुसँग बसि समाधानको पहल गर्ने उनको भनाई थियो । उता एटीएम सेवाका बारेमा नेपाल बैंक लिमिटेड धम्बोझि नेपालगन्जका शाखा प्रबन्धक धर्मराज कोईराला सफ्टवेयरको समस्याका कारण त्यसो हुन गएको बताउँछन् । कोईराला बैंक र सफ्टवेयर कम्पनी बिचको समन्वयको समस्या सँगै सर्भरमा आउने समस्या मुख्य भएको बताउँछन् । यसबारेमा एनआईसी एसिया बैंक नेपालगन्जमा म्यानेजर दिलिप डांगी भने असुरक्षाको कारण २४ घण्टे एटिएम सेवा संचालन गर्न नसकिएको बताउँछन् । बिद्युतको अनियमितता एटिएमले नियमित काम नगर्ने अर्को ठुलो कारण रहेको उनको भनाई थियो । एटिएमको शुरक्षाका बारेमा प्रहरीमा हाल सम्म गुनासो नआएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पछिल्लो समय बैंकै पिच्छे एटीएम खुल्नेगरेको भन्दै एटिएमकै लागि प्रहरीले सुरक्षा दिन सम्भव नभएको समेत प्रहरी स्रोतको भनाई छ । हाल बाँके जिल्लामा एटिएम अर्थात स्वचालित गणक मेसीन झण्डै ४७ ओटा जति सञ्चालनमा रहेका छन् । ५४ कमर्सियल बैंक, २४ बिकास बैंक र अन्य ४ ओटा बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएका छन् । बाँकेको ८ ओटा स्थानीय तह मध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिकामा पहिले देखिनै बैंकहरु सञ्चालनमा छन् भने केही समय अघि मात्रै नरैनापुर गाउँपालिकामा एउटा बैंकले आफ्नो शाखा बिस्तार गरेको छ भने बाँकी ४ ओटा गाउँपालिका अझै पनि बैंक बिहिन अवस्थामा रहेका छन् । जिल्लामा सञ्चालित एटिएमहरु मध्ये अधिकांस नेपालगन्ज मै छन् । एक पटकमा १ लाख रुपैया सम्म एटिएम मेसिनमा पँसा जम्मा गर्न सकिन्छ भने एटिएम मेसिन राख्न झण्डै २० लाख रुपैया लागत लाग्ने बताईन्छ । कारण जे जस्ता भएपनि यति धेरै सँख्यामा सञ्चालनमा रहेका एटिएमहरु चाहिएको बेला काम नगर्ने, गरे पनि पैसा नदिने र अर्को बैंकको एटिएमबाट पैंसा झिक्दा चार्ज काट्ने गरेकाले एटिएम ग्राहकहरु सो सेवा प्रति सन्तुष्ट देखिदैनन् । एटिएमहरुको सेवा प्रवाहमा सुधार ल्याउन सम्बन्धित बैंकहरुको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP