Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनसरी-१ मा तीव्र प्रतिस्पर्धा
हर्क, सरिन, टीकाराम र सुजेन्द्रबीच टक्कर सुनसरी-१ मा तीव्र प्रतिस्पर्धा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ १३, २०८२
  • श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, एमालेका टीकाराम लिम्बू, रास्वपाकी सरिन ख्युङ्बा तामाङ र कांग्रेसका सुजेन्द्र तामाङबीच टक्कर 
  • २०४८ यता पाँचपटक एमाले, एकपटक माओवादी र एकपटक एमालेको समर्थनमा जसपाको जित
  • कम्युनिस्ट लालगढको रूपमा सुसनरी-१ स्थापित

काठमाडौं- सातवटा संसदीय निर्वाचनको परिणामलाई आधार मान्दा सुनसरी-१ कम्युनिस्ट गढ हो । कम्युनिस्ट गढ भए पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सरिन ख्युङ्बा तामाङ (गोमा)को लोकप्रियताले कम्युनिस्ट शक्तिलाई छायामा पारेको छ ।

यहाँ नेकपा एमालेबाट टीकाराम लिम्बू र कांग्रेसबाट सुजेन्द्र गोले तामाङ उम्मेदवार छन् । अन्य दलका पनि उम्मेदवारहरू छन् । तर, हर्क र सरिन चुनावमा उत्रिँदा देशवासीको ध्यान सुनसरी-१ ले तानेको हो । रास्वपाकी सरिन ती उम्मेदवार हुन्, जसले २०७९ को चुनावमै कम्युनिस्ट गढ झण्डै भत्काइदिएकी थिइन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले समर्थित जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोककुमार राईसँग उनी ४५३ मतको झिनो अन्तरले पराजित भइन् । अर्थात् अशोकले १७ हजार ०५९ मत पाउँदा सरिनले १६ हजार ६०६ मत पाएकी थिइन् । त्यसो हुनाले गत निर्वाचनमै कम्युनिस्ट किल्ला सुनसरी-१ धर्मराएको थियो । 

यसपटक त्यहाँ भाइरल नेता हर्क साम्पाङ थपिए । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । राजनीतिक विश्लेषकहरूका अनुसार उनले नवयुवा, गैरदलीय र असन्तुष्ट मतदातालाई आकर्षित गर्न सक्छन् । उनको छवि लोकप्रिय छ ।

Hardik health

धरानका मेयर छँदा धरानको खानेपानी समस्या समाधान गर्न पहल गरेकोदेखि श्रम संस्कृति पार्क निर्माण गरेको, सुम्निमा र पारुहाङको सालिक निर्माण गरेको विषयले चर्चामा छन् । उनले नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको श्रमदानलाई संस्कृतिकै रूपमा देशव्यापी फैलाएका छन् ।

व्यक्तिगत लोकप्रियता भए पनि बलियो पार्टी संरचना नहुनु उनको कमजोरी मानिन्छ । उनी मेयर हुँदा अख्तियारमा अनियमितताको उजुरी पनि परेको छ । तर, उनको लोकप्रियतामा कमी आएको छैन । श्रम संस्कृति पार्टीका नेता मदनमुुर्छना राई दाबी गर्दै भन्छन्, ‘उहाँ नै हो सुनसरी-१ बाट निर्वाचित हुने । अरुले टक्कर दिन सक्ने अवस्था छैन ।’

एमालेले अघि सारेका उम्मेदवार लिम्बू पनि राम्रो छविका नेता हुन् । उनलाई एमालेको जितको विरासत धान्ने अभिभारा अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । संगठित मत, जुझारु कार्यकर्ता र निर्वाचन व्यवस्थापनमा अब्बल एमाले अझैसम्म बलियो देखिन्छ । तर, बहुपक्षीय प्रतिस्पर्धा र जेन-जी विद्रोही माहोल एमालेका लागि चुनौतीपूर्ण ठानिएको छ । तर, जसरी पनि जितको हकदार आफू हुने लिम्बूले बताए ।

‘एमाले र मसँग प्रतिस्पर्धी कोही छैनन्, यहाँ २०४८ यता कसैले एमालेविरुद्ध धावा बोल्न सक्दैन र सक्ने छैन,’ उनले प्रभावसँग भने, ‘यहाँ हाम्रो पक्षमा माहोल छ, जित्ने हामी नै हो ।’ कांग्रेस उम्मेदवार तामाङ आदिवासी आन्दोलनसँग जोडिएका, पूर्वकर्मचारी पृष्ठभूमिका प्रभावशाली उम्मेदवार हुन् । यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता छ र कांग्रेसको त्यहाँ कहिल्यै जित नभए पनि स्थिर मतदाता छ । यस्तोमा पार्टी सभापति गगन थापाले कांग्रेसका प्रभावशाली नेता तामाङलाई चुनावी मैदानमा उतारेका हुन् ।

नेकपाबाट उम्मेदवार बनेका मनोज भट्टराई धरान-१७ का पूर्ववडाध्यक्ष हुन् । विगतमा धरान उपमहानगरको कार्यपालिका बैठकमा हर्कसँग भएको नोकझोंकले उनी चर्चामा आउँथे । उनी कार्टुनिस्टहरूले ट्रोल बनाइएका नेता पनि हुन् । यहाँ दल र स्वतन्त्र गरी २८ जना उम्मेदवार छन् । तर, चुनावी माहोलले हर्क, सरिन, टीकाराम र सुजेन्द्रबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ । सुनसरी-१ मा धरान उपमहानगरपालिकासँगै बराह नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएका छन् ।

निर्वाचन कार्यालय सुनसरीका अनुसार यहाँ कूल मतदाता एक लाख ५० हजार ३९३ जना छन् । यी मतदाताहरूको मत सबैभन्दा बढी कसले पाउँछन् ? चुनाव उनैले जित्ने हुन् । फेरि, यसपटकको निर्वाचन  जेन-जी विद्रोहको पृष्ठभूमिमा हुँदै छ । केही राजनीतिक विश्लेषकका अनुसार जेन-जी विद्रोहको हावा जुन उम्मेदवारले चलाउन सक्छन्, उनले जितको माहोल बनाउने छ ।

विगतको चुनावी परिणाम केलाउँदा भने यहाँबाट २०४८ सालमा एमालेबाट मनमोहन अधिकारी निर्वाचित भए । पछि उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । मनमोहनपछि पनि यहाँ २०५१ मा एमालेकै लीला श्रेष्ठ सुब्बा र २०५६ मा कुन्ता शर्माले चुनाव जिते । एमालेको यहाँ ह्याट्रिक जित थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा भने १० वर्ष सशस्त्र युद्ध लडेको नेकपा माओवादीका नेता किरणकुमार राई निर्वाचित भए । कांग्रेस र राप्रपाले कहिल्यै चुनाव नजितेको सुनसरी-१ मा एमालेको ‘लालगढ’ तत्कालीन माओवादीले तोडेको थियो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेकै कृष्णकुमार राई, २०७४ को प्रतिनिधिसभा निर्वाचन पनि एमालेकै जयकुमार राईले निर्वाचन जिते । २०७९ को प्रतिनिधिसभा निर्वाचन भने एमाले समर्थित जसपाका अशोककुमार राईले जितेका थिए ।

२०८२ मा आइपुग्दा एमालेको बलियो प्रभाव क्षेत्रमा श्रम संस्कृति पार्टीका हर्क, रास्वपाकी सरिन, कांग्रेसका सुजेन्द्र र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मनोज भट्टराईलाई एमाले उम्मेदवार टीकारामविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । तर, विश्लेषकहरू यदि हर्क र सरिनबीच नवपुस्ताको मत विभाजन अधिक भए एमाले उम्मेदवारलाई जितका लागि सहज हुने विश्लेषण गर्छन् । मत विभाजन कम भए कडा प्रतिस्पर्धा हुने ठानिएको छ । 
 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP