Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • रेशमको संसद आउने बाटो बन्द
रेशमको संसद आउने बाटो बन्द
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, माघ ९, २०८२
  • सार्वभौम नागरिक पार्टीकी कमलादेवी गुरुङ र मितेरी पार्टीकी सुमिता बस्नेतको पनि उम्मेदवारी खारेज
  • रास्वपाका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकको उजुरी खारेज

ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका र जसको फैसला अन्तिम भइसकेको छ, त्यस्ता व्यक्ति उम्मेदवार हुन अयोग्य ठहरिन्छन् । अदालतका तीनै तह (जिल्ला, उच्च र सर्वोच्च)बाट जन्मकैदको फैसला कायम रहेको तथ्यले कार्यालयलाई निर्णयमा पुर्‍याएको हो ।
निर्वाचन अधिकृतको कार्यालय

काठमाडौं- दशकअघिको टीकापुर घटना फेरि एकपटक राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ । फरक यति हो- यसपटक सडकमा होइन, कानुनका धाराहरू र निर्वाचन अधिकृतको निर्णयमार्फत । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि थरुहट आन्दोलन, टीकापुर काण्ड, आममाफी र संसदीय राजनीतिका सीमाबारे नयाँ बहस सुरु भएको हो ।

मंगलबार कैलाली-१ का निर्वाचन अधिकृत देवराज भारतीले चौधरीको मनोनयन बदर गर्ने निर्णय गरे । निर्णय सार्वजनिक भएसँगै नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता आक्रोशित बने ।  रेशम चौधरीले उम्मेदवारी दर्ता गराएकै दिन उनको योग्यतामाथि दाबी-विरोध परेको थियो । उजुरीमा मूल सवाल थियो- जन्मकैदको सजाय पाएको र पछि राष्ट्रपतिबाट आममाफी पाएको व्यक्ति संसद्को उम्मेदवार हुन सक्छ कि सक्दैन ?

राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता-कस्तो ?
रेशमलाल चौधरी
संरक्षक, नागरिक उन्मुक्ति पार्टी

Hardik health

निर्वाचन अधिकृत भारतीले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को व्याख्या गर्दै उम्मेदवारी खारेजीको आधार स्पष्ट पारे । ‘ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका र जसको फैसला अन्तिम भइसकेको छ, त्यस्ता व्यक्ति उम्मेदवार हुन अयोग्य ठहरिन्छन् । अदालतका तीनै तह (जिल्ला, उच्च र सर्वोच्च)बाट जन्मकैदको फैसला कायम रहेको तथ्यले कार्यालयलाई निर्णयमा पु¥याएको हो,’ उनले रेशमको उम्मेदवारी खारेज गर्दै भने । 

७ भदौ २०७२ मा टीकापुर घटना भएको थियो । थरुहट आन्दोलन जारी छँदा भएको हिंसात्मक झडपमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भयो । उक्त घटनाको मुख्य योजनाकारको अभियोगमा रेशम चौधरी दोषी ठहर भए । त्यसबेला उनी फरार थिए । फरार अवस्थामै वारेसमार्फत् उम्मेदवारी दिएर अन्ततः प्रतिनिधिसभा निर्वाचन कैलाली-१ बाट जिते । त्यो नेपाली राजनीतिमा दुर्लभ र विवादास्पद घटना बन्यो । पछि आत्मसमर्पण गरेका चौधरीलाई जन्मकैदको सजाय भयो । केही वर्ष जेल बसेका उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला गणतन्त्र दिवसको अवसर पारेर कैद माफी दिने निर्णय सरकारले गरेको थियो । सोही आधारमा सिफारिस गरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । 

त्यसपछि रेशम यसपटक राजनीतिमा पुनरावगमन चाहन्थे । त्यही भएर उनले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग आफू संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धन गरेर उम्मेदवार दिएका थिए । तर, निर्वाचन अधिकृतको निर्णयले रेशमको राजनीतिक बाटो अझै बन्द रहेको स्पष्ट पारेको छ ।  यो निर्णयपछि रेशमले असन्तुष्टि प्रकट गरेका छन् । उनले आफूविरुद्ध राजनीतिक विभेद भएको भन्दै कडा शब्दमा विरोध गरे । 

‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, विभेद, दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्तो ? चौधरीले फेसबुकमा लेखेका छन्, ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिका हो । पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ । राजनैतिक विभेदकाविरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया)मा मतदान हो ।’

अपराधशास्त्री तथा सशस्त्र प्रहरीका पूर्वएआईजी डा. कृष्णकुमार तामाङका अनुसार रेशम टीकापुर घटनाको दोषबाट मुक्त भएका होइनन् । उनी भन्छन्, ‘रेशमलाई सरकारले आममाफी गरेर सजाय माफी दिएको हो । दोषबाट मुक्ति दिएको होइन । आममाफी र दोषमुक्ति फरक हो ।’

दोषमुक्त नभएकै जन्मकैदको सजाय पाएका व्यक्ति कारण प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार उम्मेदवार बन्न अयोग्य हुने र त्यस आधारमा रेशमको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत कार्यालयको तर्क छ । यसरी रेशमको उम्मेदवारी खारेज हुनु नागरिक उन्मुक्ति पार्टीका लागि सामान्य झट्का होइन । यो दलको बलियो प्रभाव कैलाली-१ छ । तर, संरक्षक रेशम स्वयं मैदानमा उत्रिन नपाउने भएपछि अब पार्टीले कसलाई अगाडि सार्छ वा रणनीति नै फेरिन्छ ? अन्योल भएको छ । 

यहीबीच चौधरीले निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालत जान सक्ने संकेत गरेका छन् । ‘म न्याय खोज्छु, यसबारे सोच्दैछु,’ उनले प्रभावसँग भने ।  रेशमलाई निर्वाचन लड्न अघिल्लोपटक पनि बाधा पुगेको थियो । उनी भने त्यसबेला पनि निर्वाचन लड्न चाहन्थे । 

यस्तै, उम्मेदवारी खारेज सार्वभौम नागरिक पार्टीकी उम्मेदवार कमलादेवी गुरुङको पनि भएको छ । उनी रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ कि उम्मेदवार थिइन् । उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा थियो । त्यही भएर उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । 

कर्जा सूचना केन्द्रकै कालोसूचीमा रहेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको पनि उम्मेदवारी खारेज भएको छ । उनी काठमाडौं क्षेत्र नम्बर- १० मा उम्मेदवार थिइन् । तर, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

तर, भक्तपुरका दुई उम्मेदवारविरुद्ध दर्ता भएको उजुरी भने निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । खारेज भएको उजुरी रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्ध थियो । 

रास्वपा उम्मेदवार जगदीशलाई आयोगको स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा उम्मेदवार जगदीश खरेललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बिहीबार आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई स्पष्टीकरण साधेको हो ।  निर्वाचन आचारसंहिता, २०८२ उल्लघंन गरिएको भन्दै उनलाई तीन दिन भित्र पेस गर्नेगरी स्पष्टीकरण सोधिएको कानुन अधिकृत मोहनराज जोशीले बताए । 

‘उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताका खण्डहरूको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ (पच्चीस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि तपाईले माथि उल्लेख भएजस्तो कार्य गर्नु भएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही गर्नु नपर्ने हो ? यस पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
 


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP