Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • उम्मेदवारी दर्ता आज
प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी दर्ता आज
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ ६, २०८२
  • उम्मेदवारी दर्ता समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म
  • दलीय र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्न पाउने
  • तडकभडकविना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पुगेर 
  • उम्मेदवारी दर्ता गर्नुपर्ने
  • उम्मेदवारी दर्ता गर्न उम्मेदवारहरू निर्वाचन क्षेत्रमा 

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले टुंगो लगाएका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउँदै छन् ।

निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले दिएको जानकारीअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । उम्मेदवारी दर्ता गर्न उम्मेदवार निर्वाचन अधिकृतको कार्यालय पुगेनन् भने वारेसमार्फत पनि उम्मेदवारी दर्ता गराउन सकिने उनले बताइन् ।

मनोनयन दर्ता गर्न जाँदा कसैले पनि बाजागाजालगायत बजाउँदै तडकभडक नगर्नुहोला ।
रामप्रसाद भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

‘मनोनयन दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको छ,’ उनले प्रभावसँग भनिन्, ‘यदि, निर्धारित समयमा कुनै उम्मेदवार पुग्न सक्ने स्थिति नभए वारेसमार्फत पनि उम्मेदवारी दर्ताको कानुनी व्यवस्था छ, सो अनुसार उम्मेदवारहरूले गर्न सक्नुहुन्छ ।’

Hardik health

आयोगले निर्वाचनमा उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ । सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्थापित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने व्यवस्था आयोगले मिलाएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्तामा जाँदा तडकभडक नगर्न दलहरूलाई निर्देशन दिएका छन् । आयोग कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मनोनयन दर्ता गर्न जाँदा कसैले पनि बाजागाजालगायत बजाउँदै तडकभडक नगर्नुहोला ।’

निर्वाचन आयोगका अनुसार तडकभडक गर्नु निर्वाचन कानुनतः पूर्णरुपमा निषेध छ । आचारसंहिताअनुसार पनि पूर्ण निषेध हो । जेन-जी विद्रोहपछि सुशीला कार्की सरकारले अवधि छँदै प्रतिनिधिसभा विघटन गरेसँगै दोस्रो मध्यावधि निर्वाचन हुन लागेको हो । पहिलोपटक २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । यसपटकको निर्वाचनमा सयभन्दा बढी राजनीतिक दल सहभागी हुने भएका छन् ।

धेरै राजनीतिक दलले उम्मेदवार टुंगो लगाइसकेका छन् । कांग्रेससहितका केही दलले सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरू टुंगो लगाइसकेका छैनन् । बेलुकी ५ः०० बजेसम्ममात्रै उम्मेदवारी दर्ताको समय हुनाले त्यसअघि नै उम्मेदवार टुंगो लगाएर मनोनयन दर्ता गराउनुपर्ने बाध्यतामा दलहरू छन् ।

उम्मेदवारी दर्ताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । उनले आज झापा-५ मा उम्मेदवारी दिँदै छन् । उनले आठौंपटक उम्मेदवारी दिन लागेका हुन् । २०४८ यता लगातार उनी निर्वाचन लड्दै आएका छन् । उनीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) जनकपुरबाट झापा पुगेका छन् । बालेन काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् । ओली र बालेन दुवै भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं- ४ हो । यसपटक उनी सोही क्षेत्रबाट उठ्छन कि परिवर्तन गर्छन् ?  निश्चित भइसकेको छैन । तर, जहाँबाट उम्मेदवारी दिए पनि आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गर्ने थापाको तयारी छ । उनी पनि भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार नै हुन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल पनि निर्वाचन क्षेत्रतिर लागेका छन् । सोमबार दिउँसो उनी हवाईमार्गबाट रुकुम पश्चिम पुगेका हुन् । त्यहाँबाट रुकुम पूर्व जाने छन् । यसपटक दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिँदै छन् । यो माओवादीको राम्रो जनमत भएको जिल्ला हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन-२ मा उम्मेदवारी दिन जनकपुरबाट फर्किएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उम्मेदवारी दर्ताका लागि गृहजिल्ला झापा जाँदै छन् । उनी निर्वाचन लड्दै आएको झापा-३ हो । यसपटक पनि उनले यही क्षेत्रबाट निर्वाचन लड्ने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी गएर उम्मेदवारी दिने भएका छन् । उनले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सप्तरी-३ बाट उम्मेदवारी दिने भएका हुन् । नेकपा सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट पुगिसकेका छन् । उनले रौतहट-१ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेका छन् । उनले पनि गोरखा-२ बाट उम्मेदवारी दिँदै छन् । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले काठमाडौं-३ मा उम्मेदवारी दिने भएका छन् । उनी पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका हुन् । यसअघि उनी गृहजिल्ला रामेछापबाट निर्वाचन लड्ने चर्चा हुँदै आएको थियो । सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री भएका घिसिङले निर्वाचन लड्ने तयारी गरेपछि राजीनामा दिएका थिए । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । यो क्षेत्र उनको गृहनगर धरान भएको क्षेत्र हो । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि गृहजिल्ला सप्तरीमै छन् । उनले पनि सप्तरी-२ बाट उम्मेदवारी दिने भएका छन् । 

निर्वाचन आचारसंहिता लागू
प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्ने छ ।

स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संठनलाई आचारसंहिता लाग्ने आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनले बताइन् ।

यसबाहेक उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने उल्लेख छ । 

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्णरुपमा आचारसंहिताको दायरामा छन् ।
 


प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP