Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२

भोजपुर -  परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।

यही माघ ४ गतेबाट सुरु भएको तालिम फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । एक महिनासम्म चल्ने तालिममा स्थानीय पाँचजना महिलाको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । तालिममा भेडाको ऊन प्रशोधनदेखि लिएर परम्परागत ढाँचामा राडीपाखी बुन्नेसम्मका सीप व्यवहारिक रुपमा सिकाइने छ । 

स्थानीय सीपको प्रवद्र्धन गर्दै आर्थिक र पर्यटनसँग जोडेर भेडापालक किसानलाई हौसला प्रदान गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । राडीपाखी उत्पादनलाई पर्यटक लक्षित सामग्रीका रूपमा विकास गर्न सकिने भएकाले भेडापालन र स्थानीय उत्पादन प्रवद्र्धनमा तालिमले महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ । 

Hardik health

“हामीले परम्परागत राडीपाखी बुन्ने सीपको संरक्षण गर्दै यसलाई आर्थिक उपार्जन र पर्यटनसँग जोड्ने योजना बनाएका छौँ,” अध्यक्ष बस्नेतले भने  “यसले स्थानीय महिलाको रोजगारी सिर्जना गर्नुका साथै भेडापालनप्रति आकर्षण बढाउने विश्वास लिएका छौँ ।”

उनका अनुसार मुन्दुम पदमार्ग क्षेत्र टेम्केमेयुङको प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकसित हुँदै गएको छ । सो पदमार्ग आसपास हाल करिब ११ वटा भेडीगोठ सञ्चालनमा रहेका छन् ।  गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार पुर्खौली रुपमा गरिँदै आएको भेडापालन पेसाबाट उत्पादन हुने ऊनको स्थानीयस्तरमै प्रयोग बढाउने र यसमा संलग्न किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिमले परम्परागत सीपको संरक्षणसँगै सीपको पुस्तान्तरणमासमेत सहयोग पुर्‍याउने उनको भनाइ छ । राडीपाखी किरात समुदायको संस्कार, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको वस्तु भएकाले यसको संरक्षण आवश्यक रहेको उपाध्यक्ष राईको भनाइ छ । स्थानीय महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउँदै सांस्कृतिक सम्पदाको संरक्षण गर्न तालिमले टेवा पुग्ने उनको भनाइ छ । 

गाउँपालिकाले आगामी दिनमा तालिममा सहभागी महिलालाई उत्पादित राडीपाखीको बजारीकरण, प्रदर्शनी तथा पर्यटनसँग जोड्ने कार्यक्रमसमेत अघि बढाउने तयारी गरेको छ । यसले स्थानीय सीप, संस्कृति र अर्थतन्त्रलाई एकसाथ मजबुत बनाउने सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP