Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

टेक्सस- प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली सेवाग्राहीलाई राहत मिलेको छ ।  करिब ७० दिनअघि स्थापना भएको महावाणिज्यदूतावासबाट एक हजार २६० जना नेपालीलाई ‘कन्सुलर’ सेवा प्रदान गरिएको हाे  ।

नेपाल-अमेरिका पत्रकार संघ (नेजा)द्वारा ड्यालसमा आयोजित स्थानीय पत्रकार तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा दूतावासका प्रवक्ता प्रवीण भट्टराईले दूतावास खुलेको छोटो अवधिमा ६९२ जनालाई पासपोर्ट र ५६

८ जनालाई मन्जुरीनामा, ट्राभल डकुमेण्टसहितको कन्सुलर सेवा प्रदान गरेको जानकारी दिए । 

Hardik health

यसैगरी महावाणिज्यदूत सुरेश अधिकारीले नेपाली समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा कार्यालय खुलेसँगै सेवाग्राही उत्साहित भएको  उल्लेख गर्दै सेवाग्राहीको मागबमोजिम छिटोछरितो ढंगबाट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यालय समयभित्र आएका कुनै पनि सेवाग्राही सेवा नलिई फर्कनु नपर्ने गरी दूतावासले काम गरिरहेको जानकारी दिँदै आवश्यक सूचनाका लागि दूतावासको फेसबुक पेज तथा वेबसाइट अवलोकन गर्न आग्रह गरे  ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार हरिहर वीरहीले प्रवासमा नेपालीहरूको बसोबास उल्लेख्य रूपमा बढ्दै गएको उल्लेख गर्दै नेपाली मिडियाले सामुदायिक पत्रकारितामार्फत समुदायलाई सचेत बनाउने कार्यमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए  ।

यसैगरी पत्रकारहरू नारायण पुरी, विनय देवकोटा, भीमसेन राजबहाक, सुनिल खड्का तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका का प्रवक्ता सन्देश उप्रेतीलगायत सहभागीहरूले महावाणिज्य दूतावासका सेवाहरूलाई अझ प्रभावकारी बनाउने सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।

नेपाल-अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा क्षेत्रीय संयोजक ओम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेजाका सचिव शंकर थापाले ड्यालसमा महावाणिज्यदूतावास खुलेपछि प्रवासी नेपालीलाई राहत मिलेको बताउँदै दूतावासबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आपसी सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP