Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
निर्वाचनको संशय तोड्ने पहल राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, पुस ९, २०८२
  • राष्ट्रपतिको संयोजनमा साढे तीन महिनापछि प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता 
  • प्रतिनिधिसभा निर्वाचनको राजनीतिक वातावरण बन्ने संकेत 
  • भेटवार्ताले राजनीतिक गतिरोधलाई तोड्ने अपेक्षा

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र तीन मुख्य दलका नेतृत्वबीचको संवादहीनता मंगलबार तोडिएको छ । अन्तरिम सरकार गठन भएको साढे तीन महिनापछि पहिलोपटक राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतृत्वबीच भेटवार्ता भएको हो । यो वार्ताले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा चुनावप्रति उत्पन्न संशय तोड्ने आशा जगाएको छ ।

शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग करिब तीन घण्टा छलफल गरेका थिए । उक्त छलफलमा फागुन २१ मै निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यद्यपि, प्रधानमन्त्री निवास बालुवाटारमा फेरि विस्तृत छलफल गरेर समझदारीलाई टुंगोमा पुर्‍याइने भएको छ । 

देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो ।क यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एकमात्र दायित्व हो ।
रामचन्द्र पौडेल
राष्ट्रपति

छलफलमा राष्ट्रपति पौडेलले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने र त्यसमा लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका थिए । ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एकमात्र दायित्व हो,’ राष्ट्रपति पौडेलको भनाइ थियो । 

Hardik health

उनले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरे । प्रधानमन्त्री कार्कीले पनि तोकिएकै समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको दोहोर्‍याइन् । कांग्रेस सभापति देउवाले पनि चुनावकै पक्षमा आफ्नो धारणा राखेका थिए । तर, एमाले अध्यक्ष ओली भने सुरक्षाको विषयलाई उठाउँदै २१ फागुनमा निर्वाचन नहुने बताए । नेकपाका अध्यक्ष दाहालले निर्वाचन हुने सुनिश्चित नभए प्रतिनिधिसभा पुनस्थापना गर्नुपर्ने धारणा राखेको बताइएको छ ।

लामो संवादहीनताले निर्वाचन प्रक्रिया नै अन्योलमा परेको थियो । यस्तो अवस्थामा राष्ट्रपति पौडेलले अग्रसरता लिएर प्रधानमन्त्री र प्रमुख दलका नेतृत्वबीच छलफल गराएका हुन् । छलफललाई राजनीतिक गतिरोध तोड्ने र निर्वाचनको वातावरण बनाउने प्रारम्भिक कदमका रूपमा हेरिएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्की देउवा, ओली र दाहालसँग संवाद नगर्ने भनेर कठोर बनेकी थिइन् । कतिसम्म भने उनले यी नेताहरूको मुख पनि नहेर्ने भनेकी थिइन् । राजनीतिशास्त्री डा. भेषराज घिमिरेको विश्लेषणमा निर्वाचन वातावरण बनाउने सन्दर्भमा कार्कीलाई आफ्नै उक्त अभिव्यक्ति भारी परेको थियो । ओली र दाहालले सार्वजनिक रूपमै उनको अभिव्यक्तिको आलोचना गरेका थिए ।

यसबीच कार्कीले बोलाएको छलफलमा कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेताहरू मात्रै गएका थिए । छलफलमा जान देउवा, ओली र दाहालको अरुचि थियो जसले निर्वाचनको वातावरण बन्न सकेको थिएन । जबकि, कार्की सरकारको गठन नै आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्नेगरी भएको हो । तर, प्रतिनिधिसभा निर्वाचन हुनेमा संशय प्रकट भयो । यस्तोबेला राष्ट्रपति पौडेलको संयोजनमा प्रधानमन्त्री कार्की, देउवा, ओली र दाहालबीच मुख्यतः निर्वाचनबारे भएको छलफललाई सकारात्मक रूपमा लिइएको छ । 

प्रधानमन्त्रीलाई लागेको हुन सक्छ कि लोकतन्त्रलाई ट्र्याकमा ल्याउन ठूला दलहरूसँग संवाद गर्नुपर्छ । ठूलो जनमत भएको कांग्रेस, एमाले र नेकपाको सहयोगले मात्रै निर्वाचन हुने हो, सेना र प्रहरी लगाएर मात्रै चुनाव हुँदैन ।  -डा. भेषराज घिमिरे
राजनीतिशास्त्री

प्रधानमन्त्री कार्कीले पनि तोकिएकै समयमै निर्वाचन हुने भन्दै आए पनि उनी समर्थित कतिपय जेन–जी समूहहरूले निर्वाचन यथास्थितिमा नहुने बताउने गरेका छन् । निर्वाचन नभए देशमा संकट झन् गहिरिने चिन्ता प्रकट भइरहेको छ । विघटित प्रतिनिधिसभामा बहुमत रहेका कांग्रेस र एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई पनि सशक्त उठाउँदै आएका छन्, जसले प्रतिनिधिसभा निर्वाचनबारे संशय उत्पन्न गरेको हो । 

तर, मंगलबारको भेटवार्तालाई निर्वाचन वातावरण बनाउने मामिलामा ‘आइसब्रेक’ मानिएको छ । राजनीतिशास्त्री डा. घिमिरे लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारले प्रमुख दलका नेताहरूसँग संवाद गरेर निर्वाचन गर्न चाहेको देखिएको बताउँछन् ।‘ठूलो जनमत भएको कांग्रेस, एमाले र नेकपाको सहयोगले मात्रै निर्वाचन हुने हो, सेना र प्रहरी लगाएर मात्रै चुनाव हुँदैन र प्रधानमन्त्रीलाई विगतमा आफूले गल्तीको रियलाइजेसन पनि भयो होला,’ उनले भने, ‘जेन–जीहरूले पनि सरकारविरुद्ध तथानाम बोल्न थाले । त्यसो हुँदा प्रधानमन्त्रीलाई लागेको हुन सक्छ कि लोकतन्त्रलाई ट्र्याकमा ल्याउन ठूला दलहरूसँग संवाद गर्नुपर्छ ।’

सरकार र प्रमुख दलहरूबीच संवाद खुल्नुले निर्वाचन आयोग, सुरक्षा संयन्त्र र प्रशासनिक तयारीलाई समेत मनोवैज्ञानिक बल दिएको विश्लेषकहरु बताउँछन् । राजनीतिक सहमतिविना निर्वाचन सम्भव हुँदैन भन्ने यथार्थलाई सरकारले स्वीकार गरेको संकेत पनि मंगलबारको संवादले दिएको उनीहरुको भनाइ छ ।तर, निर्वाचन सम्पन्न गर्ने चुनौती अझै बाँकी छ । सरकार र प्रमुख दलहरूबीच विश्वासको खाडल पूर्णरूपमा पुरिएको छैन ।

राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान राजसंस्था पक्षधर शक्तिहरूलाई पनि प्रधानमन्त्री कार्कीले विश्वासमा लिनुपर्ने छ । ‘प्रधानमन्त्रीले प्रमुख तीन दलका नेतासँग संवाद गरेर निर्वाचनको वातावरण बनाउन खोजेको देखिन्छ तर राजतन्त्रवादी फ्याक्टरलाई पनि मिलाउनुपर्ने छ,’ उनले भने । उनका अनुसार यी कार्य प्रधानमन्त्री कार्कीमार्फत हुने कि प्रतिनिधिसभा पुनर्स्थापना गरेर सर्वपक्षीय सरकार गठन गर्ने भन्ने विषय टुंगिन बाँकी छ । तर, संवाद भने नयाँ ढंगले चलेको बताए ।

प्रतिनिधिसभा पुनस्र्थापना गरेर सर्वपक्षीय सरकारको पक्षमा कांग्रेस र एमाले छन् । नेकपा पनि निर्वाचन नहुने अवस्थामा प्रतिनिधिसभा पुनस्र्थापनाकै पक्षमा उभिएको छ । मोक्तान भन्छन्, ‘नेकपाभन्दा कांग्रेस र एमालेकै लाइन प्रभावशाली रहन्छ र प्रतिनिधिसभा एक दिन पुनर्स्थापना गरेर संविधान संशोधन गरी निर्वाचनमा जान सकिन्छ ।’

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका नेताहरूसँग संवाद गरेकै दिन जेन–जी विद्रोहको क्रममा भएको आगजनीले पुर्‍याएको क्षतिको अनुगमनमा सरकारी टोली पुगेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र प्रधानमन्त्री कार्कीकी मुख्य सल्लाहकार अजयभद्र खनाल अनुगमनमा गएका थिए । यो मुख्य दलहरूलाई सान्त्वाना दिँदै निर्वाचनको वातावरण बनाउने प्रधानमन्त्री कार्कीको रणनीतिको रूपमा अर्थ्याइएको छ ।
 


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP