Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी
घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२

बन्दीपुर-  पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे (घरबास)सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि सञ्चालनमा आएको हो । सुरुआतमा गाउँका २४ मध्ये ११ परिवारको सहभागितामा सञ्चालनमा ल्याइएको घरबास अहिले विस्तार हुँदै गएको छ । 

सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको जनाउँदै घरबासकी अध्यक्ष सावित्री गुरुङले ५० जना पाहुना सहिजै बस्न मिल्नेगरी संरचना बनाइएको बताए । गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका उल्लेख गर्दै उनले भने, “युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेका हौँ ।”

Hardik health

बन्दीपुर-५ को कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहनुभएकी सोममाया गुरुङले भने, “पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो । होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ । आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ ।”

घरबास सञ्चालक चिनिमाया गुरुङले आम्दानीको स्रोत स्थापित हुँदै गएपछि आत्मविश्वास बढ्नुका साथै गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएको बताए । कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उनको भनाइ छ । पाहुनासँग घुलमिल हुँदा हाम्रो संस्कृति, कला, परम्पराका चिनाउन पाउँदा खुसी लाग्ने उनको अनुभव छ ।

घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति रु ८०० को एकमुष्ट योजना (प्याकेज) उपलब्ध गराउने गरिएको चिनिमायाले जानकारी दिए । “यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ । साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ”, उनले भने ।

पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ । त्यस्तै, डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन आइतबार, वैशाख २०, २०८३
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती शनिबार, वैशाख १९, २०८३
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर बिहीबार, वैशाख १०, २०८३
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा मंगलबार, चैत २४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP